[Latest News][6]

10

Translate

चारित्रिक गुण र इस्लामी आचरण(लेखिका:जाहिदा बानू , अर्घाखाँची)

लेखिका:जाहिदा बानू , अर्घाखाँची
इस्लामिक धर्मशास्त्र र दर्शनशास्त्रमा कुनै व्यक्तिकाे व्यवहार,चरित्र,आचरण,गुण,नैतिकता,प्रकृति र स्वभाव नै अख्लाक हाे|अख्लाक आत्मकाे एक अवस्था हाे जसले प्रभाव र वितर्ककाे आवश्यकता बिना नै कृयाकलाप तर्फ उत्तेजित गर्छ|जब अल्लाह तआलाले मानव जातिकाे उत्पत्ति गर्नुभयाे तब यसलाई आन्तरिक(आत्म/नफ्स)र वाह्य(शरीर) गरी दुई भागमा रचना गर्नुभयाे|आत्म त्याे स्वर्गीय(जन्नतुल)तत्व हाे जसले शरीरलाई काममा लगाउँछ र यसका विविध इन्द्रियहरुलाई लछ्य र उद्देश्यमा ध्यानाकर्षण गराउँछ|इस्लाममा असल आचरण भनेकाे आत्मकाे लागी खुराक हाे|यदी हामीले यसलाई निरन्तर खुवायाैं भने याे खुशियाली र स्वस्थ्य रहन्छ|इस्लामकाे आध्यात्मिक महत्व र सिद्धान्तलाई व्यवहारिक र नैतिक मतमा परिवर्तन गर्न सक्ने इस्लाम संग अद्वितीय छ्यमता छ किनकी असल चरित्रले खराब व्यक्तिकाे साेंचाइलाई पनि परिवर्तन गर्न सक्छ|वास्तवमा याे एक माैन हाे तर प्रभावकारी उपदेश हाे|इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद मुस्तफा(صلی اللہ تعالی علیہ وسلم)का अनुसार इस्लाम धर्म केही हैन तर एक असल आचरण हाे र आचरण हाम्राे दुबै शारीरिक र आत्मिक शुद्धता संग सम्बन्धित छ|असल चरित्रले इस्लाम धर्म र ईमान(आस्था)काे महत्वपूर्ण साधक निर्माण गर्दछ| मानवजाति एक अर्कामा शान्ति र आपसी सहयाेगका साथ जीवन बिताउन भनेर उनीहरुलाई मानवता,मायाँ र पवित्र व्यवहारमा बाेलाउनका लागी इस्लाममा नियम कानुन निर्माण भएका छन र अल्लाह तआलाले पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم)लाई यस संसारमा पठाउनुभएकाे थियाे|कुरआन अनुसार उहाँ आदरयाेग्य र उच्चतम चरित्रका प्रतिक हुनुहुन्छ|"हे! तिमी असल चरित्रका छाै|"(Surah Al Qalam) "मलाई सबैभन्दा प्यारा तिनीहरु छन जसका गुण र आचरण उत्कृष्ट छन|"(बुखारी) अर्थात उहाँले निश्चित गर्नुभएकाे छ की अल्लाह र उसका सन्देष्टालाई मायाँ गर्ने र समीप हुन सकिने उत्तम उपाय भनेकाे असल आचरण हाे|""अल्लाहलाई सबैभन्दा प्याराे त्याे छ जाे चरित्रमा उत्कृष्ट छ|"(बुखारी) अंग्रेजीमा एउटा भनाई छ,'The eyes are the windows to the soul) अर्थात हामी जे देख्छाैं त्यसले प्रत्यछ्य हाम्राे आत्मलाई प्रभाव पार्छ|यदी हामीले त्यस्ता चिज देख्याैं जुन हराम(अवैध) गरिएका छन भने नफ्सलाई इन्कार गरेर त्यसदेखी सचेत रहन्छाैं भने वास्तवमा हामीले इमानलाई अझ बढी मज्बुत गरिरहेका हुन्छाैं|आन्तरिक शक्ति आत्मकाे त्याे शक्ति हाे जुन तालिम,शिछ्या र असल आचरणकाे निरन्तर अभयासद्वारा अस्तित्वमा आउँछ||असल चरित्रका साथ जीवन बितायाैं भने विविध पथहरुमा फाइदा लिन सक्छाैं|हजरत मुहम्मद(صلی اللہ تعالی علیہ وسلم)लाई जन्नतमा जान सकिने सहज उपाय के हाे भनेर साेधिदा उहाँले जवाफ दिनुभएकाे थियाे,"असल गुण र असल आचरणका साथ अल्लाहप्रतिकाे भय|"(तिरमीजी) उहाँ(صلی اللہ تعالی علیہ وسلم)काे जीवन केबल आदेश र उपदेशमा मात्र सीमित थिएन|परीवार, आफन्तजन र साथीहरुसंग काम र सुख दुख बाड्नुमा थियाे|युद्धमा लड्नुमा थियाे|मस्जिद निर्माण र मदिनाकाे किल्लाबन्दीमा रहेकाे ढीक खन्नुमा थियाे|कष्ट र भाेक धैर्यतासाथ सहनुमा थियाे|हरेक सत्य र असल काम गरेर उदाहरण कायम गर्नुमा थियाे त्यसैले हामीले पनि सुन्नतकाे पूर्ण पालना गरेर असल चरित्रकाे पात्र बन्नुपर्छ| हजरत सैयदना उमर बिन खत्ताब रजियल्लाहु अन्हुबाट वर्णन गरिएकाे छ की एउटा व्यक्ति हुजुर(صلی اللہ تعالی علیہ وسلم)काे नजिक आएर उहाँका घुंडा मुबारकमा आफ्ना घुंडा मिलाएर बस्याे र प्रश्न गर्याे,"व का ल या मुहम्म्द अखबिरनि अनिल इस्लामी?" हे! रसुलल्लाह सलल्लाहु अलैही वसल्लम मलाई इस्लामकाे बारेमा भनिदिनुस,उहाँ(صلی اللہ تعالی علیہ و سلم)ले जवाफ दिनुभयाे,"अल्लाहसंग अरु कसैलाई साझेदार नमान्नु,नमाज स्थापित गर्नु,जकात दिनु र रम्जानमा ब्रत बस्नु|" फेरी प्रश्न गर्याे,व का ल या मुहम्मद अखबिरनी अनिल ईमान?" आस्था के हाे? जवाफ दिनुभयाे"अल्लाह र उसका फरिश्ता(इस्वरीय दूत),उसकाे धर्म पुस्तक(कुरआन),उ संगकाे भेट,कयामत(महाप्रलय) र भग्यमा विश्वास राख्नु|" पुन: प्रश्न गर्याे," व का ल या मुहम्मद अखबिरनि अनिल एहसान?" मलाई उपकारकाे बारेमा भनिदिनुस? जवाफ दिनुभयाे,"आफूले देखे पनि नदेखे पनि अल्लाहले देखिरहेकाे छ भनेर उ संग डराउनु) र केही बेर पछि हुजुर(صلی اللہ تعالی علیہ وسلم) हजरत उमर बिन खत्ताब रजियल्लाहु अन्हुलाई संबाेधित गरेर भन्नुहुन्छ,"का ल फ इन्नहु जिब्रीलु अताकुम युअल्लिमुकुम दी नकुम"यी जिब्राईल थिए तिमीलाई तिम्राे धर्म सिकाउन आएका थिए(मिश्कात शरीफ) जब इस्लाम र आस्थाकाे बारेमा साेधियाे तब क्रमैसंग नीति नियमहरुकाे अंश बताउनुभयाे र जब उपकारकाे बारेमा साेधियाे तब नीतिहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयाे र यसै आधारमा मुस्लिमहरुले विद्दा(इल्म)काे तालिमलाई विभाजित गरेका छन|फिक्ह(The Science of Islam)बनाए जबकी अकिदाले ईमानकाे महत्व अध्यन गर्छ र सुफिज्मले एहसान अध्यन गर्छ| अन्त्यमा,असल चरित्रले नै मानिसलाई व्यवहारिक उचाइमा पुर्याउंछ त्यसैले हाम्राे प्रत्येक अभ्यास,तालिम तथा शिछ्याकाे प्रमुख उद्देश्य भनेकाे आलिम,हाफिज, कारी, फाजिल, मुफ्ती,डाक्टर,इन्जिनियर,शिछ्यक,व्यवस्थापक इत्यादी बन्नु नभएर यसकाे माध्यमबाट एक असल चरित्र निर्माण गर्ने हुनुपर्छ|आधारभूत दीनी तालिम हासिल गर्नुका साथै व्यवहारिक जीवनमा पूर्ण अमल गर्नुपर्छ|रिस र घमण्डदेखी टाढा रहनुपर्छ|हामीले मायाँ प्रेम इज्जत र भाइचाराकाे भावना राख्नुपर्छ| अल्लाह तआलाले हामीलाई सुन्नतमा जमेर बस्ने हिदायत प्रदान गरुन.आमीन नाेट: लेख्ने क्रममा केही गल्तिहरुहरु भएका छन भने सच्याउनका लागी सुझाव दिनुहुन अनुराेध गर्दछु| लेखक: जाहिदा बानू , अर्घाखाँची

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search