[Latest News][6]

10

Translate

के कुनै मुसलमानले गीत(गाना) गाउदा या सुन्दा काफिर हुन्छ?

धेरै येस्ता गीतहरु छन् जसमा कुफ्र कलामत (इस्लाममा वर्जित गरिएका शब्दहरु )समाबेश गरिएका छन् यहाँ लेख्ने इक्षा त् थिएन तर उदाहरण को लागि लेख्दै छु यो हाम्रो मजबुरी हो जसलाई तपाई सामु ल्याउनु पर्ने हुनाले लेख्दै छु अल्लाह अज्ज़वज़ल हामि सम्पूर्ण मुसलमानहरु लाइ गाना-बाजाबाट कोसौ टाढा राखी हाम्रो इमानलाइ बचाई राखून १-सीपका मोतिया आसमानकि धुल तु है कुदरत का करिश्मा या खुदाकि भुल "नौजो बिल्लाह यो वाक्यमा "खुदा कि भुल "सम्बोधन गरिएको छ जब कि अल्लाह हर येब बाट पाक(पवित्र) छ हेरौ कुरान का ति आयातलाइ सुरे ताहा आयात ५२ अनुवाद कन्जुल इमान "मेरा रब ना बह्के ना भुले " २-हाए तुझे चाहेंगे अपना खुदा बनायेंगे यहा अल्लाह बाहेक अरु कसैलाई अर्को खुदा या अल्लाह बनाउने कुरा गरिएको छ जुन सरिह (इस्लामिक कानुन) अनुसार कुफ्र हो ३-हसिनो को आते है क्या क्या बहाने खुदा भिना जाने तो हम कैसे जाने "माज़ल्लाह यहा दोस्रो पन्ग्तिमा "खुदा भी ना जाने "जस्ता कुफ्र शब्द समाबेस गरियको छ जब कि अल्लाह हरेक त्यो चिजलाइ जान्दछ जो पहिले थियो जो अहेले छ जुन अब उप्रान्त आउने छ 4-खुदा भी आसमान से जब जमी पर देख्ता होगा मेरे महबुब को किस्ने बनाया सोचता होगा" नौजो-बिल्लाह मिन जालिक यो गीतमा एउटा खुदा नभई खुदाले नै अर्को खुदाको कल्पना गरेको छ जुन तौहिदलाइ गलत साबित गर्नु हो मेरो रब"कुल्हो अल्लाहू अहद,अल्लाहुस समद" अल्लाह अज्ज़-व-ज़ल एक छ " तसर्थ यो गीत हामीले गुन्गुनाउदा हामी खारिज ए इस्लाम हुन् सक्छौ ५-तेरे जैसा यार कहाँ..........यारा तेरी यारी को मैने तो खुदा माना (अस्तगफेरुल्लाह )यो गीतमा कुफ्रियात काहा छ भन्ने कुरा त् पत्तो पाई सक्नु भयो होला यानी यहाँ पनि गैर-खुदालाई खुदा मानियाको छ र इस्लाममा यसलाई शिर्क(दुइ खुदा मान्नु) भनेको छ जो कविरा गुनाह हो र जसले यसलाई हल्ल्का फुल्का लिन्छ जसले यो सोच्ने छ कि केवल गीत मात्र त् हो नि जसलाई शिर्क हो भनि थाहा हुदा हुदा यसलाई गुनागुनाउछ उसका निम्ति यो अक्षम्य हुने छ ६-तुम्हारे सिवा कुच ना चाहत करेंगे कि जब्तक जियेंगे मोहब्बत करेंगे सजा रब जो भी देगा मन्जुर होगी बस अब तो तुम्हारी इबादत करेंगे यो गीतमा २ वटा कुफ्र कलाम छन् १-अल्लाह अज्ज़-व-जलको अजाब (सजा)लाइ एकदम सजिलो मानियाको छ २-गैर ए खुदा(शिर्क) को इबादत गर्ने मनासय गरियको छ ७-मै प्यारका पुजारी मुझे प्यार चाहिय रब जैसा हि मुझे सुदर यार चाहिय (माज़-अल्लाह ) यसमा पनि २ प्रकारका कुफ्र सामेल छन् १-गैर ए खुदाको पूजालाई गर्छु भन्नु २-अल्लाह अज्ज़ा-व-ज़ल जस्तै अरु कुनै पनि छ भन्ने यकिन राख्नुमेरा प्यारा प्यारा इस्लामिक दाजु भाइ यो केवल केहि उदाहरण मात्र हो यहाँ येस्ता लाखौ गीतहरु छन जसले हाम्रो इमान लाइ समाप्त पार्दिने छ र एसको हामीलाई पत्तो सम्म हुने छैन हामि त्यो अल्लाहका बन्दा अनि ति नबि ए करीम(सल्लाहू ताला अलेही वोसल्लम ) का उम्मति (अनुयाई ) है जसले हामिलाइ येस्ता कार्य गर्नबाट रोक्नु भएको छ तर दावा गर्छौ हामि पक्का मुसलमान हौ भनि तर जब सरियेत अनि कुरान करीम को आज्ञा अनि पालना गर्ने कुरा आउछ येसरी फर्किन्छौ मानौ कि हाम्रो अन्तरात्मा लाइ कसैले बेस्सरी समातेको छ हामि यो किन भुल्छौ कि जुन काधमा कसैको जानाजा बोकी कब्र्श्तान पुगी मैयेत लाइ दफन गरेउ भोलि इ सबै हामि माथि अवस्य हुने छ अनि कुन मुखले आफ्नो आमाल देखाउने छौ कहिले सोचेका छौ इस्लाम बाट खारिज हुन् केवल बुत् -परस्त(मुर्ति पुजा) मात्र गर्नु पर्ने होइन या खुद जसतै अर्को खुदा सम्झी तेस्को सज्दा गर्नु मात्र पनि पक्कै होइन यहा हामीले नियालेर हेर्ने हो भने कति यस्ता कार्य हरु छन् जसलाई हामीले सानो सम्झिन्छु तर त्यो निक्कै ठुलो हुन्छ यहा सम्म कि हाम्रो इमान खस्के को हुन्छ तर हामीलाई पत्तो हुदैन हामि कहिँ कतै कुनै कार्यले आफ्नो सवारी साधनमा निस्कन्छौ भने हाम्रो पहिलो प्राथमिकता भनेको सवारी साधन भित्र रहेको संगीत बजाउने भाडोलाइ खोलि हाल्छौ र यस्ता कुफ्रियात संगीत सुनी सुनी आफ्नो गन्तब्यमा पुग्दछौ कहिले सोचेका छौ यदि यसरि कुफ्र कलिमात सुन्दै यदि ......यदि (अल्लाह अज्ह-व-ज़ल कुनै पनि इस्लामिक दाजु-भाइ लाइ यस्तो नगरुन ) बाटोमा हाम्रो दुर्घटना भयो र हाम्रो मृत्यु भयो भने हाम्रो हसर के होला सोचेका छौ .......हामीलाई कहा राखिने छ हाम्रो ठेगाना कहाँ हुने छ छड़िक मनोरंजन(कथित)का निम्ति सदैव जह्न्नमलाइ कसरि ठेगाना बनाउदै छौ यदि सुन्ने पर्ने हो भने इस्लाममा कति तेस्ता नाते पाक छन् जसले हाम्रो दीन दुनिया हान्म्रो अन्तर-आत्मा सबैलाई पवित्र पर्छ तर.........अफसोस त्यता हाम्रो ध्यान जान दिदैन शयातीन मर्दुदले हामि शैतानको अधिनमा भै सकेका छौ हाम्रो अन्तर-आत्माले यस्तै कुरा को खोजि गर्दछ जसमा नफस् खुस होस् हामीलाई अल्लाह अज्ज़-व-ज़ल को कुनै डर छैन हाम्रा सहबा(अलेहीम रिदवान) जब कुनै अजाबको बारेमा सुन्नु हुन्थ्यो त्यो सुनेर बेहोस भै लड्नु हुन्थ्यो अल्लाह अज्ज़-व-ज़ल को डरले काम्नु हुन्थ्यो नमाजमा यसरि रुनु हुन्थ्यो कि मुसल्ला निथ्रुक्क भिज्दथ्यो वहा हरु १००% जन्नती हुनुहुन्थ्यो तरपनि यस्तो खौफे खुदा थियो तर .............हामि ति सहाबा(अलेहीम रिदवान) का धुलो को पनि धुलो को पनि धुलो भन्दा पनि कम हौ तर घमण्ड शैतान मर्दुदको भन्दा धेरै अल्लाह को अजाबलाइ घर-कुली खेले भन्दा हल्का ठान्दछौ ...अजि समय छ आफ्ना पछिल्ला गुनाहलाइ भित्रि हृदयबाट तौबा गरौ पुन कल्मा पढौ समय छ बिचार गरौ

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search