[Latest News][6]

10

Translate

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को संछिप्त जीवनी अन्तिम भाग

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को विसाल(निधन) हुन् पूर्वका दिनहरुमा हजरत अलि (رضی اللہ عنھ) आफ्ना घरमा केहि भिन्न भिन्न पाराका वेबहार हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को देख्नु हुन्छ
तेस्तै एक दिन हजरत अलि (رضی اللہ عنھ)ले आफ्नो घर भित्र हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) घरायसी कार्यमा निक्कै तल्लिन भयको देखि सोध्नु हुन्छ "ए फातिमा के कारण आज तपाइँ घरका कार्यमा निक्कै बेस्त देखिनु हुन्छ "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले वहालाई भन्नु हुन्छ "ए मेरा सरका ताज तपाइँहरु संग छुट्टिने समय नजिकै हुदा म चाहन्छु हजुरका कपडा धोई दिउ ,तपाईहरु सबैको खाना तयार गरेर राखी दिउ किनकि म यस संसारबाट रुखसत गरि हाले भने पनि हजुर हरुलाई केहि आराम होस् हजुर हरुलाई कुनै समस्या नहोस"
यी कुरा सुनेर हजरत अलि (رضی اللہ عنھ) को आखाबाट आसु निस्कन्छ मुटुमा गाठो पर्छ हृदय पोल्न्छ अनि वहाका मुखबाट केहि शब्द निस्कन्छन "तपाइले हरेक पल धर्य गर्नु पर्ने छ साथै हाम्रा सन्तानको पनि ख्याल राख्नु पर्ने छ "
तेसपस्चात फेरी हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले हजरत अलि (رضی اللہ عنھ)संग केहि वासियत गर्नु हुन्छ कि जसमध्य एउटा यो पनि हो "मेरो जनाजालाइ रात को कुनै एउटा पहरमा निकाल्नु होला र घरका मान्छे मात्र तेस्मा सामेल रहुन जसबाट मेरो पर्दा रही नै रहोस" र त्यो कागज लाइ आफ्नो कबरमा राखन का निम्ति फरमाउनु भयो जसमा अल्लाह त्आलाले हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को मेहरमा उम्मते(अनुयाई) मुस्तफाका मग्फिरत गरियको भनि लेखियको थियो
===============================================
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को विसाल(निधन) ३ रमजान ११ हिजरी (सन् ६३२) मा भयको थियो
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को मज़ार (समाधि-स्थल ) जन्नतुल बाकि मदिना मुनव्वारामा रहेको छ
==============================================
यो हो हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को पहुच (मर्ताबा)
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) का वालिद(बाबा) सरवर ए का-इनात ,खैरुल बसर ,असरफुल अम्बिया हुनुहुन्छ
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) का शोहर (श्रीमान्) शेर ए खुदा ,मौला ए का-इनात .फातिह विलायत हुनुहुन्छ
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) का छोरा जन्नतमा सबै युवा हरुका सरदार (मुखिया) हुनुहुन्छ
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) सय्यदत उन निशा (यानी जन्नतका सम्पूर्ण आइमाईकि सरदार (मुखिया) र खैर-उन- निशा (सम्पूर्ण स्त्रीहरुमा सर्व-श्रेष्ठ) हुनुहुन्छ
===============================================
अल्लाह तआला उसका प्रिय अन्तिम पैगम्बर नबि ए करीम (صلى الله عليه وسلم)को वसीला (जरिया) तथा हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) र अहले बैतको वसीला (जरिया)बाट सम्पूर्ण मुसलमानहरुमा पूर्ण-रुपमा इश्क - ए - रसुल फैलिवोस अनि सम्पूर्ण मुसलमानहरुको इमानको रक्षा गरुन तेही अनुरुप हामि सबैलाई असल मार्गमा हिड्ने सत-बुद्धि प्रधान गरुन साथै हामि सम्पूर्णलाइ संसारिक तथा अध्यात्मिकमा सफलता प्राप्त हुनु का साथै सम्पूर्ण मुसलमानका जायज(बैध) मुराद(इक्ष्या)लाइ पुरा गरुन
आमिन ..............................

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search