[Latest News][6]

10

Translate

ज्ञानको गुणहरु( इल्म् का फज़िलत ) लेखक(भाषान्तर) असगर अलि बर्काती मियापाटन -१३

प्रतेक मुसलमानलाइ(जो बालीक भैसकेका छन्) चाहे त्यो केटा होस् या केटि "طَلَبُ الْعِلْمِ فَرِيضَةٌ عَلَى كُلِّ مُسْلِمٍ" आषय "इलम(यति इस्लामिक ज्ञान कि हराम (बैध) हलाह(अबैध) र कुनै पनि दीनी समस्यालाई सजिलै किताबका माद्यम बाट हाल गर्न सकोस) सिक्नु हरेक बालीक मुसलमानका निम्ति फर्द( अनिवार्य) छ"
यहासम्म कि आमाको काख देखि कब्र(चिहान)को चिर निन्द्रा सम्म
इमाम अबु मुहम्मद यहया बिन यहया (रह्मतुल्लाह अलेही ) एक दिन हजरत इमाम मालिक (अलेही रहमा)ले पढाइ रहेका कक्षामा मा सामेल हुनुहुन्थ्यो
एकाएक कक्षा कोठामा हल्ला-खल्ला हुन् थाल्यो कसैले भन्यो " हाथी आयो हाथी " यतिकैमा कक्षा-कोठाका सबै बिद्यार्थी कक्षा छोडी हाथी हेर्न बाहिर निस्किन थाले
तर इमाम अबु मुहम्मद यहया बिन यहया (रह्मतुल्लाह अलेही ) अनुसासित भै अध्यनमा नै तल्लिन रहनु भयो
त्यो देखेर उस्ताज (गुरु) इमाम मालिक (अलेही रहमा)ले भन्नु भयो " यहया तपाइको देश(उन्दुकुस)मा हाथि हुदैनन तसर्थ जानुस हाथी हेर्नु होस् बाकि कक्षाका बिद्यार्थी पनि गयका छन् "
उस्ताज(गुरु) का कुरा सुनेर इमाम अबु मुहम्मद यहया बिन यहया (रह्मतुल्लाह अलेही )ले भन्नु हुन्छ "हजुर म आफ्नो देश (उन्दुकुस) बाट यहा हाथी हेर्न आयको होइन म यहा इलम ( ज्ञान) सिक्न आयको हु "
===============================================
देख्नु भयो हाम्रा इमामहरु कति रुचिका साथ् इल्मे दीन (इस्लामिक ज्ञान) सिक्नक निम्ति मरिहत्य गर्नु हुन्थ्यो
तर........आज हामि छौ कि केवल अनावशेक गल्फतिमा आफ्ना समय खर्ची रहेका छौ
दुनियाका हेरक समस्यालाइ हामीले जान्ने र बुझ्ने कोसिस गर्द छौ घन्टौ संजालमा बसी आफ्नो समय बर्बाद गर्द छौ
गीत-संगीत, फिलिम ,ड्रामा, बिधुतिय खेल लगायत बिभिन्न माध्यम बाट हामि संसारिक मनोरंजन प्राप्त गरि रहेका छौ
तर..........कति दुख-पूर्ण कुरा छ कि हामीलाई इस्लामिक ज्ञान सिक्ने समय छैन
हामीलाई यो थाहा छैन कि नमाज का कति फराइज़ हुन्छन
नमाज अगावै पवित्र हुन् वुजु गर्नु पर्ने हुन्छ हामीलाई वुजुका फराइज़ कति छन् थाहा छ ?
गुस्ल( नुहाउन)मा पनि फर्ज़ हरु छन् के ति फर्ज़ हामीलाई थाहा छ ?
यस्तै दैनिकी गरिने नित्य-कार्यहरुमा पनि हाम्रा निम्ति कुनैमा फर्ज़ कुनैमा वाजिब गरियको छ के ति कुरा हामीलाई थाहा छ ?
कठै........हामि अनि हाम्रो समाज कुन बाटोमा जादै छ केहि हेक्का पनि गरेका छौ
इस्लाम को आधारभूत शिक्षा लिनु केवल आलिम(धर्म गुरु) का निम्ति मात्र होर ?
यस्तै रहन गयामा अब आउने हाम्रा सन्ततिले नमाज,रोजा,हज,जकात, जस्ता इस्लामिक आधारभुत खम्बा हरुलाई केवल किताबमा मात्र देखने छन्
आउनुस हामि पहिले आफै इस्लामका आधारभूत शिक्षालाइ सिक्ने प्रयत्न गरौ अनि आफुले सिकेका ति ज्ञानलाई हाम्रा नजिकका आफन्त,साथि अनि छिमेकीलाई सिकाउ अनि हेरौ हाम्रो समाजले कसरि परिवर्तन को मुहार फेर्ने छ
===============================================
अन्त हामिलाइ आफ्ना प्यारा नबि ए करीम (صلى الله عليه وسلم) को गुलामी आमा-बाबाको आज्ञाकारी र आफ्नो पिर-मुर्सिदको प्यारो हुने तौफिक अता गरुन
आमिन सुम्म आमिन               
                                                                       
👉👉👉👉👉लेखक:अस्गर अलि बर्काती ,मियापाटन-१३👈👈👈👈

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search