[Latest News][6]

10

Translate

राष्ट्रप्रेम, राष्ट्रीय जनावर गाईकाे रक्षा र हाम्राे जिम्मेवारी: लेखक: जाहिदा बानू ,अर्घाखॉची

आफ्नाे देशलाई मायॉ गर्नु, धर्मनिष्ठ र देशभक्ती बन्नु र सामूहिक रुपमा समाजकाे कृतार्थ र विकासकाे ईच्छा राख्नु नै राष्ट्रप्रेम हाे| आफ्नाे देश र देशवासीलाई मायॉ गर्नु मुस्लिमहरुकाे असल आचरण हाे जस्ताे की हुजुर(صلی اللہ تعالی علیہ وسلم) भन्नुहुन्छ,"आफ्नाे देशलाई मायॉ गर्नु ईमानकाे हिस्सा हाे|" अर्थात अल्लाह र इस्लामलाई माया गर्नका लागी आफ्नाे देशलाई माया गर्न जरुरी छ|
इतिहासका पानाहरुलाई पल्ट्याएर हेर्याैं भने कयाैं महान याेद्दाहरुले आफ्नाे देश र जातीकाे रछ्याका लागी पहिलाे पटक तल्वार उठाए र आत्मिक तथा भाैतिक रुपमा आफ्नाे साहसिक कामकाे निशानी मानव इतिहासमा संधैका लागी छाेडेर गए त्यस्तै विद्वानहरुले पहिलाे पटक कलमबाट आवाज उठाए जाे ऐतिहासिक किताब र कलमकाे संसारमा आज माेती झैं चम्किरहेका छन| अल्लाह तआलाले सबैभन्दा पहिला हजरत आदम र हव्वा अलैहिस्सलामकाे रचना गर्नुभयाे| सबै मानिस,जाती,बर्ग र रंग उहॉकै सन्तान हुन त्यसैले काेइ पनि एकअर्काेभन्दा उच्च छैन| मानिसलाई माटाेबाट बनाइएकाे हाे त्यसैले उसकाे वास्तविक पहिचानलाई हेर्दा काेइ पनि मानिस विभिद छैन| तर परीवारमा एउटै बुवा-आमाबाट जन्मिएका दाईभाईहरुलाई व्यक्तिगत रुपमा छुट्याएझैं मानिसहरु विभिन्न देश र मातृभूमीकाे आधारमा आफूलाई विभाजित गर्छन| सबै मानिसकाे माैलिक पहिचान राष्ट्रीयताकाे आधारमा रहेकाे हुन्छ| अल्लाहकाे रसुल(صلی اللہ تعالی علیہ وسلم) मक्कालाई माया गर्ने गर्नुहुन्थ्याे किनकी त्याे जमीन अति नै प्याराे थियाे त्यसैले हामीले पनि हाम्राे ठॉउ राज्यलाई मायॉ गर्नुपर्छ किनकी याे एक अम्बिया-ए-किराम, सहाबा-ए-किराम र सालहिन(असल मानिस)काे तरिका हाे र हामीले पनि आफूलाई असल व्यक्तीकाे रुपमा परिचत गर्नुपर्छ| हाम्रा हरेक कृयाकलापहरु देशसंग जाेडिएका हुन्छन| मातृभूमी हाम्राे घर र परीवार हाे| हामी जमीनमा जन्मियाैं, हुर्कि़ायाैं र बसिरहेका छाैं, हावाबाट स्वास लिइरहेका छाैं, पानी पिइरहेका छाैं र हाम्राे निश्चित सीमान्त रहेकाे छ| एक नागरिककाे हैसियतले देशकाे शुरछ्या गर्नमा आफूलाई परित्याग गर्नु,शत्रु तथा बाहिरी आक्रमणबाट बचाउनु र नैतिक सिद्धान्तकाे रुपमा कानुन र संस्कृतीकाे विकास गरेर आफ्नाे गाैरव बढाउनु मानिसकाे कर्तव्य हाे| जस्ताे की कुरआनमा अल्लाह तआला भन्नुहुन्छ,"यदी समुदाय अन्य देश(शत्रु)बाट आक्रमण भएकाे छ भने जिहाद(युद्ध)का लागी लडाइमा जानुपर्छ| कुरआन अनुसार, मुस्लिम मानिसहरु जहॉ बस्छन त्यहांकाे कानुन, सरकार र नियमहरुकाे पालना गर्नुपर्छ| अर्थात देशकाे रछ्याकाे साथै त्यहांकाे नीतिनियम तथा कानुन विरुद्ध कुनै कार्य गर्नुहुदैन| जब इस्लामले अन्याय र निर्दयतामा दुख मान्दछ तब यसले हाम्राे कामहरुमा एक नैतिक परिधी प्रदान गर्छ| पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) भन्नुहुन्छ,"न्याय नगर्ने शासककाे अदालतमा सत्यकाे एउटा शब्द बाेल्नु नै उत्तम युद्ध हाे|" देशकाे भाैतिक र नीतिशास्त्र मान्यताहरु जगाउनु हाम्राे कर्तव्य हाे| देशकाे मायाले जीवनकाे विविध पथहरुमा सफलताकाे लागी मनाेवृद्दी प्रदान गर्दछ| आज हामीले आफूलाई नेपाली भनेर गाैरव गरिरहेका छाैं| नेपाल राज्यलाई जाेगाउनमा वीर गाेर्खाली पृथ्वीनारायण शाहकाे ठूलाे भूमिका रहेकाे छ| जसले भनेका थिए,' मेरा साना दुखले आर्ज्याकाे मुलुक हाेइन याे चार वर्ण छत्चिस जात सबैकाे साझा फूलबारी हाे'(This is not the nation gained by my trifle efforts this is the garden of all kinds of flowers and may all of awere of this) हामीले नेपालकाे इतिहास, संस्कृती र सम्पत्तिलाई राम्ररी बुझ्नुपर्छ| राष्ट्रीय महत्व बाेकेकाे राष्ट्रीय जनाबर गाईकाे पहिचान हुनु नै देशलाई माया गर्नु हाे| गाई लाई माया गर्नुपर्छ| यसकाे रछ्यामा हामीले कदम उठाउनुपर्छ र लाेप हुनबाट बचाउनु पर्छ| गाईबाट मानिसले धेरै फाइदा लिन सक्छ| गाई पालनबाट आम्दानी प्राप्त हुन्छ| गाईकाे मलजलबाट खेतीपाती गर्न सकिन्छ जुन बढी उब्जाउ दिन्छ| मानिसलाई पाैष्टिक तत्व मिल्छ| गाईकाे रछ्या गर्नलाई राज्यबाट पहल नभएकाे खण्डमा दबाब दिनुपर्छ|
लेखक: जाहिदा बानू ,अर्घाखॉची
लेखक: जाहिदा बानू ,अर्घाखॉची

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search