[Latest News][6]

10

Translate

झिंगा खान शरियत् (इस्लामी कानुन)मा कस्तो हुक्म(आज्ञा) छ

अस्सलामु अलैकुम
जुम्मा मुबारक
के तपाइलाई थाह छ ?
झिंगा खान शरियत् (इस्लामी कानुन)मा कस्तो हुक्म(आज्ञा) छ झिंगा माछा हो होइन आउनुस एक छिन येही बिषयमा केहि कुरा बुझौ
प्रश्न =झिंगा खान सरियेतले कस्तो हुक्म(आज्ञा) देको छ ?
उत्तर= माछा बाहेक पानीका अरु जीव खान हराम (वर्जित) छ जस्तै कि हनफी उल्मा ए किराम(र.अ) भन्नु हुन्छ
पानीका हरेक जीव खान हराम(वर्जित) छ माछा बाहेक माछा खानु हलाल (बैध) छ
(फतवा आलमगिरि खण्ड :५ पाना :८९)
झिंगा माछा हो कि होइन ?
यो बिषयमा उल्मा ए किराम हरुमा इख्तिलाफ (मतभेद) छ हाम्रा इमाम इमाम अहले सुन्नत मुज़द्दिदो दिनो मिल्लत अहमद रजा खान (अ.र) को नजिक यो माछा कै एक प्रजाति हो
वहा(र,अ) को कथन छ "फकिर ले (यानी मैले) अनुवादका किताबहरुमा जस्तै कुतुबे लुगत (arabi dictionry) कुतुबे तिब् (medical scince book) कुतुबे इल्मे हयवान (books of zoology) मा हेरे कि झिंगा एक प्रकार कै माछ हो "
(फतवा रज़विया खण्ड ३० पाना =३३६-३३९)
सदरुस्सरिया हजरत अल्लामा मौलाना मुफ्ती मुहम्मद अम्ज़द अलि आज़मी (र.अ) किताब बाहारे शरियेतमा लेख्नु हुन्छ "झिंगाको बारेमा इत्ख्लाफ (मतभेद ) छ यो हेर्दा माछा झैँ भएता पनि यो एउटा किरा झैँ लाग्दा छ तसर्थ यसलाई खान बाट बचौ
(बहारे शरियेत खण्ड-३ पाना ३२५)
आला हजरत (र.अ) ले कहिले आफ्नो जीवनमा झिंगा खानु भएन वहा भन्नु हुन्छ "यो फकिर( र,अ) ले आफ्नो जीवन भर यो (झिंगा) खाएन र घरका परिवारलाइ पनि यसलाई खान रोक गरे "
प्रश्न २- केकडा(गंगेटा) खान हलाल (वैध) या हराम (वर्जित) ?
उत्तर = केकडा(गंगेटा) खान हराम (वर्जित) जस्तै हामिले माथि भनि सकेउ कि पानिका जीवमा केवलमा माछा हलाल (वैध) छ बाकि जम्मै हराम( वर्जित) आला हजरत(र.अ) भन्नु हुन्छ " केकडा(गंगेटा) खान हराम (वर्जित) छ "
(फतवा रज़विया खण्ड २४ पाना २०८)
साथै सरियेत यो पनि भन्छ कि हराम (वर्जित) चिज लाइ किन्नु अनि बेच्नु इ दुवै नै हराम(वर्जित) हराम हुन्

पुनश्च = सम्पूर्ण इस्लामिक दाजु भाइलै म यो अवगत गराउन चाहन्छु कि मैले जति पनि लेख तपाई सामु राखे यो मेरो आफ्नो वेक्तिगत सोच होइन मैले त् ति उल्मा ए अहले हक का किताबलाइ मात्र अनुवाद गरेको हु कुनै इस्लामिक दाजु भाइलाइ केहि शंका उपशंका भए कृपया म संग सम्पर्क गर्नु होला इन्शाल्लाह म ति किताब तपाई सामु पेस गर्ने छु
दुवा को तलबगार मुबारक मिया अत्तारी पोखरा -१३ मियापाटन नेपाल

ये अल्लाह त्आला यो लेखमा यदि कहिँ कतै कुनै प्रकारको गल्ति हुन् गयको रहिछ भने म तौबा गर्छु त्यो शब्द प्रति जसमा मेरो ध्यान पुगेको छैन .....अस्तग्फेरुल्लाह 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search