[Latest News][6]

10

Translate

नमाज को विशेषता(लेखक:असगर रिदा,गोर्खा हाल अल-अज़हर इस्लामिक युनिभर्सिटी,मिश्र )

मानव जाति लाई यस धर्ती मा सृष्टि गर्ने मुख्य उद्देश्य बारे अल्लाह ताला ले पवित्र कुरान मा बर्णन गर्नु भएको छ । وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنْسَ إِلَّا لِيَعْبُدُونِ नेपाली अनुवाद : “ र मैले जिन्न र मानव जाति लाई केबल आफ्नो उपासना को निम्ती मात्र सृष्टि गरेको हूं । ( सुरह ज़ारियात , आयत नं ५६ ) यसरी अल्लाह तआला ले जिन्न र मानव जाति लाई केबल उसको उपासना को निम्ती मात्र सृष्टि गर्नु भएको हो । र उपासना तथा आज्ञा पालन द्वारा नै उसने मानव जाति लाई सर्वश्रेष्ठ प्राणी बनाई उस लाई सज्जन भद्र तथा सर्वगुण ले संपन्न बनाई आखिरत को अमर जीवन प्रदान गर्नू भयो । र उसलाई जन्नतको अनगिन्ती वरदान हरु द्वारा पुरस्कृत गर्ने प्रतिबद्दता जनाउनु भएको हो । त्यसैकारण यसका मुख्य उद्देश्यलाई पुरा गर्नको निम्ति उहाँले मानवजातिलाई हजारौ प्रकारको उपासना को विधिहरु तथा समयहरू तोकेर सिकाउनुभएको छ । तर ती अन्य हजारौं प्रकारका उपासना हरु को विषय सूचीमा सर्बोकृस्ट तथा सर्वोत्तम उपासना भनि नमाजलाई विशेष स्थान दिनुभएको छ । त्यस्तै कारण उपासना हरु मध्ये जब कुनै पनि व्यक्ति इस्लामको घेरा भित्र दाखिल हुन्छ भने सर्वप्रथम उ माथि नमाज अनिवार्य हुन्छ हामी रात र दिनमा पाँचपटक मुखले तथा क्रियात्मक रुपले ती सम्पूर्ण कुराहरु को इज्हार गर्छौं ,जसप्रति हामीले आस्था राखेका हुन्छौँ | त्यसैकारण नमाजको समयमा अल्लाहको सामु सिर निहुरयाइ सर्वप्रथम हामी एकेश्वरवाद को प्रतीज्ञा गर्दछौं । उहाँको रसूल सत्य हुन् र उहाँको रसूल प्रश्चात अन्य कुनै नबी या रसूल यस धर्तीमा आउने छैनन् । उहाँ नै सबैभन्दा अन्तिम सन्देषता हुन् भन्ने कुरा को साक्षि बन्छों । उसैसँग मदत र सहयोग माग्दछौ र उसैसंग सत्यमार्ग प्राप्तीको प्रार्थना गर्दछौं । र उसैको उपासना गर्ने प्रतीज्ञाका साथ उसको दण्ड तथा सजायबाट मुक्ति पाउने आशालाई पटकपटक उसैको सामु दोहर्याउँदछौं । साथै हामी यस सांसारिक खुसियालीमा मग्न भए सृष्टिकर्ताको यादबाट बेपरवाह न होऊं । शैतानी शक्तिहरुसँग युद्ध गर्न सकियोस् | इमानको बगैचामा कहिल्यै खडेरी न लागोस र हामी यस नमाज द्वारा आफ्नो अन्तर आत्मालाई सधैं सफा र पवित्र राख्न सकौँ र आफ्नो आचरणलाई असत्य कार्यहरुबाट बचाई सत्य र शुशील बनाउन सकौं भन्ने कुराहरुलाई अल्लाहको सामु हामी प्रस्तुत गर्दछौं |
लेखक:असगर रिदा,गोर्खा हाल अल-अज़हर इस्लामिक युनिभर्सिटी,मिश्र

जसरी कुनै राज्यको राजा आफ्नो प्रजाको उत्तरोन्नति र इच्छ्या प्राप्ति को लागि कुनै बिशेष दिन आफ्नो महानता तथा कृपा द्वारा प्रजाहरुलाई दान प्रदान गरोस र प्रजालाई राजासँग कुराकानी गर्न पाउने अवसर प्राप्त होस् र प्रत्येक व्यक्तिले आफ्नो इच्छा चाहनालाई राजाको सामु पेश गर्न सकोस् भन्ने उद्देश्य ले आम भेला आयोजित गर्दछ | यसैगरी यस धर्तीका सृष्टिकर्ताले पनि आफ्नो सम्पूर्ण प्राणीहरुलाई थुप्रै वरदान हरु द्वारा पुरस्कृत गर्नुभयो । र आफ्नो कृपाद्वारा यति धेरै मात्रामा प्रदान गर्नुभएको छ कि प्रत्येक व्यक्ति उक्त महाराजाको दरबारसम्म सजिलै पुग्न सक्दछन । र आफ्नो इच्छा चाहना उसको सामु बिना कुनै अवरोध पेश गर्न सक्दछन | धनी-गरिब पुरुष-महिलाको कुनै भिन्नता तथा भेदभाव बिना नै सारा मानव जातिहरु ऊसको दरबारका दासी हुन् र ती सम्पूर्ण दासीहरू मध्य सर्वश्रेष्ठ र महान त्यो हो जो अल्लाह को आज्ञा पालना गर्दछ । उसको भय द्वारा आफूलाई प्रत्येक कुकर्म देखि टाढा राख्दछ । र उसको प्रत्येक आदेशमा आफूलाई सधैं उपस्थित राख्दछ तर यसप्रकारको भेलालाई केवल साधारण बेलामा मात्र सीमित नराखी प्रत्येक मानवजाति बौद्धिक तथा शारीरिक , मानसिक रुपमा स्वस्थ व्यक्ति प्रति दैनिक पाँचपटक उसको दरबारमा उपस्थितिलाई अनिवार्य गरिएको छ । ताकि प्रत्येक व्यक्तिको सम्बन्ध आफ्नो सृष्टिकर्ता मजबुत दृढ तथा अटुट रहोस । प्रजा र महाराजाको सम्बन्ध दृढ रही रहोस | मानवको हृदयमा सुस्ति तथा लापर्वाही को पर्दा कदापि नपरोस । यसरी नमाज वास्तवमा अल्लाह को महान दरबार मा उपस्थिति तथा उक्त सर्व शक्तिमान सृष्टिकर्ता सँग कुराकानी गर्न सक्ने त्यो एउटा माध्यम हो जसद्वारा एक साधारण मानव आफ्नो सृष्टिकर्ता सँग एक विशेष सम्बन्ध तथा जोड कायम गर्न मा सक्षम हुन्छ र जुनसुकै नमाज पनि शुद्द मन , सफा मनशाय र पवित्र विचार का साथ पढिन्छ भने त्यो पक्कै पनि अल्लाह को दरबारमा स्वीकृत हुन्छ |

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search