[Latest News][6]

10

Translate

हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को संछिप्त जीवनी भाग-२


हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)का सुमधुर भनाइहरु
१-आफ्ना छोरीहरुलाई सानोबाटै पर्दा(छोप्नु) सिकाउनु जसरि मोती(एउटा अमुल्य ढुंगा)लाइ तेस्को खोलले ढाकेको हुन्छ जसरि गर-गहनाका निम्ति सन्दुक चाहिन्छ तेसरिनै आफ्ना घरका स्त्रीहरुलाई पर्दामा राख्नु जरुरि छ
स्त्रीहरुमा सबैभदा असल ति हुन् जसले गैर-मरहम (अन्जान लोग्ने मान्छे)संग पर्दा गर्छे र उ संग कुनै प्रकार को कुरा कानी नै गर्छे
२-जब घरका स्त्रीहरु घरायसी काममा अनि बच्चाहरुलाई सहि तरिकाले इस्लामिक शरियत अनुरुप पालन-पोषण गर्छे तेतिबेला त्यो स्त्री अल्लाह त्आला को नजिक हुन्छे
===============================================
एक चोटी नबि ए करीम(صلى الله عليه وسلم) ले शहाबा ए किराम(अलेहीम रिद्वान)लाइ भन्नु भयो "भन आइमाईको निम्ति कुन चिज उपुक्त छ?" सम्पूर्ण शहाबा (अलेहीम रिद्वान) चुप लाग्नु भयो कुनै को मुखबाट एउटा शब्द पनि निस्कियन
हजरत अलि (رضی اللہ عنھ) तुरुन्त घरतिर प्रस्तान गर्नु भयो अनि हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) भन्नु भयो "आज नबि ए करीम(صلى الله عليه وسلم) आइमाईको निम्ति कुन चिज उपुक्त छ? भनि सोध्नु भयो ए फातिमा तपाइँ भन्नुस कि म यसको के जवाब दिउ "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) भन्नु हुन्छ "न कुनै स्त्री अन्जान लोग्ने मान्छे लाइ हेरोस, न कुनै अन्जान लोग्ने मानिस ले उसलाई हेरोस "
हजरत अलि (رضی اللہ عنھ) भन्नु हुन्छ कि "जब मैले यो कुरा नबि ए करीम(صلى الله عليه وسلم)लाइ सुनाय नबि ए करीम(صلى الله عليه وسلم)ले हान्नु भयो "फातिमा मेरो मुटुको तुकडा हुन् "
===============================================

एक चोटी हजरत अलि (رضی اللہ عنھ)ले के देख्नु हुन्छ कि घरका काम गर्दा गर्दा हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)को हातका छाला खीइयका छन् वहाले भन्नु हुन्छ "ए फातिमा तपाइँ नबि ए करीम(صلى الله عليه وسلم) को बारगाहमा जानुस अनि यो वृतान्त भन्नु होस् यदि नबि ए करीम(صلى الله عليه وسلم) ले कुनै काम गर्ने मान्छे दिनु भयो भने तपाईलाई काममा मदत हुने छ "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) नबि ए करीम(صلى الله عليه وسلم) को बारगाहमा उपस्थित हुनुहुन्छ तर नबि ए करीम(صلى الله عليه وسلم) लाइ केहि भन्न हिम्मत गर्नु भयन केहि बेर बसेर वहा फर्केर आउनु भयो यो देखेर हजरत अलि (رضی اللہ عنھ)ले सबै कुरा बुझ्नु भयो अनि वहा स्वम नबि ए करीम(صلى الله عليه وسلم) को बरगाहमा उपस्थित हुनु भयो
नबि ए करीम(صلى الله عليه وسلم)ले भन्नु भयो "अलि केहि छिन् अगाडी छोरी फातिमा पनि आयकी थिइन् केहि बेर बसेर गईन के कुनै काम थियो ?"
हजरत अलि (رضی اللہ عنھ) भन्नु हुन्छ "या रसुलल्लाह ((صلى الله عليه وسلم) फातिमा घरका काम गर्दा गर्दा निकै थकित हुन्छिन यदि हजुरले एउटा काम गर्ने मान्छे दिनु भयो भने उसलाई काममा सहयोग हुने थियो "
रसुलल्लाह ((صلى الله عليه وسلم) भन्नु हुन्छ "ए अलि म तिमीलाई यो भन्दा उत्तम उपाय भन्छु फातिमालाई भन्नु कि हरेक फर्ज़ नमाज पछी ३३ चोटी शुब्हान-अल्लाह ३३ चोटी अल्हम्दुलिल्लाह ३३ चोटी अल्लाहू अकबर पढेर आफ्नो शरीरमा दम(फुक्नु ) भयो भने सम्पूर्ण थकान हराउने छन् "
===============================================
क्रमश.........

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search