[Latest News][6]

10

Translate

नमाज.......नमाज......नमाज

म चाडो चाडो अफिसबाट घर आए ..........र आमालाई खाना पस्किनु भन्दै म नमाज का निम्ति वुजु (पवित्रता) गर्न हिडे मग्रिब(पाचौ नमाज मध्य चौथौ नमाज ) को समय सक्किनै लागेको थियो ....जसरि तसरी वुजु गरे अनि नमाजका निम्ति नियत(इरादा) बाँधे ............नमाज पढदा पढदा केहि ख्याल मन भित्र आउदै थिय र आफ्ना भिजेको अनुहारलाई आफ्नो बाहुलाले पुछ्दै पनि थिय जब रुकुमा जान्थे यो ख्याल आउथ्यो कि"आमाको औषधि त ल्याउन भुलेछु ,...फर्किदा बच्चाहरुको फिसका निम्ति ATM बाट पैसा निकाल्नु थियो त्यो पनि भुलेछु जब सज्दामा गए त्यहा पनि घरेलु जिम्मेदारीहरु एक एक गर्दै ख्याल आउदै थिय ...............थकानले गर्दा नमाजमा कयौं पटक निन्द्राले सताउदै थियो अत:सज्दामा निन्द्को एउटा तुफान आयो र म निदाउन पुगेछु निन्द्रामा अचम्मको कुरा देख्द छु "मान्छेको एक हुल ......हर एक यता उता दौडी रहेका थिय ...केहि मान्छे कागज बाडी रहेका थिय .....मेरो नजिक आयर एक जनाले मलाइ पनि कागज मेरो हातमा राखी दियो ..जुन कागजमा मेरो नाम लेखियको थियो सोध्दा भनियो कि यो मेरो नामा ए आमाल(मेरा जीवन भरिका असल अनि खराब कार्यहरुको सुची राख्ने एउटा किताब ) हो अब यसलाई त्यहा गयर दिनुहोला जहा सबैले गयर दिदै छन् ....अनि तेस्पस्चात नाम बोलाइने छ नतिजाका निम्ति "...मैले पनि त्यहा गयर त्यो कागज दिय जहाँ अरु सबैले दियका थिय फर्केर आफ्नो नाम बोलाइने बेला सम्म धैर्य गरेर बसे ...नाम बोलाउन लागियो "फला बिन फला ..जन्नत " "फला बिन फला ...जन्नत "तेस्रो नम्बरमा मेरो नाम बोलाइयो ..मेरो होस् हवासले काम गर्न छोड्यो मेरो पैतालाबाट धर्ति भासिदै गयको भान हुन् लाग्यो .......केवल एकै सोच हाबी हुदै गयो "या अल्लाह अज्ज़-व-ज़ल अब मेरो के हुने हो ?र अन्त्यमा मेरो नतिजा मलाइ सुनाइयो "जहन्नम"मलाइ आफ्नो कान प्रति भरोषा भयन ......केहि कदम अगाडी केहि मान्छे आय र मलाइ घिसार्न लागे .......म चिच्याउन लागे पर्ख पर्ख ...सायद यो अरु कसैको नाम हुनु पर्छ ...मेरो त् "जन्नत" वाला हरुको नाम मा आउनु पर्ने "तर मलाइ रिसमा चुप लगाइयो "हाम्रा यहा नतिजामा कुनै प्रकारको त्रुटी हुदैन "मलाइ जहन्नम(नर्क) तर्फ धकेली रहेका थिय र मा सहयोगका निम्ति चिच्याई रहेको थिय "न म झुठ बोल्थे....न कसैलाई धोका दिन्थे ...न कसैलाई ठगि खान्थे .....न रक्सि र जिना(अनैतिक सम्बन्ध ) जस्तो पाप कार्यमा नै लाग्थे ..अनि म जहन्नममा कसरि ??तर मेरा कुरा कसले सुन्ने जहन्नमको तातोराफ मैले अनुभव गर्न थाले ........अँध्यारो ठुलो खाल्डोमा मलाइ फालिने तयारि गरियो .मलाइ अचानक मेरो नमाजको ख्याल आयो म कराय :नमाज......नमाज........नमाज.. कहाँ छौ तिमि ??नमाज पनि चुप ........जहन्नमका आगका बेडीहरु आतुर थिय मलाइ आफ्नो चपेटमा लिन ...र मलाइ जहन्नममा धकेली दिय ...मलाइ जब धक्का दिइयो म खस्ने लागेको थिय "मलाइ एक जना सेतो कपडा लगायका एक बृद्ध (बुजुर्ग) ले हात समाई मलाइ त्यो अँधेरो अनि तातो ठाउबाट निकाल्दै थिय "म डरले काम्दै थिय ..सोधन लागे "हजुर को हुनुहुन्छ र मलाइ किन यो अजाबबाट निकाल्नु भयो?"उहाले भन्न लाग्नु भयो" म तेरो नमाज हु "म रिसले चिच्याय .........अहिले आउदै छौ जब मलाइ यो जह्न्नम भित्र फालिदै थियो "यदि तिमि सहि समयमा न आयको भय म त् जहन्नममा जाने रैछु ?"........पहिलै आउन सक्दैन थियौ ?"ती बृद्ध(बुजुर्ग) ले भन्न लागे"जसरि तिमि मलाइ ढिलो गरि पढद थिऔ ,कहिले सहि समयमा पढेनौ तेसरी नै म पनि ढिलो आयको हु कहिले तिमीले मलाइ सहि समयमा पढेनौ अनि म कसरि सहि समयमा आउ 'मेरा सास फुल्न थाले म अचेत झैँ भय ""छोरा ठिकै त् छौ ..नमाज नमाज नमाज भन्दै थियौ त् सज्दमा के भयो ?" नेपथ्यबाट मधुरो मधुरो अवाज आय झैँ लाग्यो मेरो आखा खुल्यो म सज्दामा रहिछु अनि मेरी आमाले मलाइ बोलाउदै हुनु हुँदो रैछ म झसंग झस्किय मेरो बोलि बन्द भयो मैले आफैलाई नियाल्न थाले कि म जिउदै त् छु मलाइ लाग्यो मैले दोस्रो जुनी पाय अनि मैले पक्का इरादा (संकल्प) गरे कि अब उपरान्त मेरा नमाजहरु कहिलै ढिलो हुने गरि पढने छैन अहले म जहा जान्छु मलाइ केवल नमाजकै चिन्ता हुन्छ ...कान सदैव अजान सुन्नका निम्ति आतुर रहन्छन ....अब म अबेला हुन् चाहन्न नमाजमा मित्र हरु चाहे दुनियाको कुनै कुनामा किन नहौ ....जतिनै वेस्त रहु ....धर्तीलाई यहा बाट त्यहा नै किन नगरियोस ... ..केवल यो याद राखौ ...."नमाज आफ्नो समयमा जसरि पनि पढ्नु छ "

"खुट्टा मेरा आफै नमाजका निम्ति हिड्न लागे
जब आफ्ना उमेरका साथिलाइ मैले मृत्युका क्षणमा देखे "


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search