[Latest News][6]

10

Translate

इस्लाम र प्रारम्भिक तालिम लेखक: जाहिदा बानू ,अर्घाखॉची

मानव जीवनका तीन चरणहरुमध्ये बाल्यपन त्याे महत्वपूर्ण र उत्तम समय हाे जहॉ बच्चाहरुलाई केही बनाउनका लागि सही बाटाेमा डाेर्याउन सकिन्छ| भनिन्छ बच्चाकाे दील र दिमाग ऐना जस्तै हुन्छ हामी जस्ताे तस्विर चाहान्छाै त़्याे फिट गर्न सक्छाैं| दीनी तालिम मानिसकाे आधारभूत आवश्यकता हाे त्यसैले इस्लामले दीनी तालिम हासिल गर्न फर्ज(अनिवार्य ) बनाइदिएकाे छ| अल्लाहकाे रसुल(صلی اللہ تعالی علیہ وسلم) भन्नुहुन्छ,"बुवा-आमाकाे तर्फबाट सन्तानकाे लागि उत्तम उपहार भनेकाे राम्राे तालिम र नेतृत्व हाे|" समयकाे परिवर्तन, आवश्यकता र शाैक अनुसार सांसारिक शिक्षा पनि दिआैं तर एक मुसल्मान हुनुकाे नाताले इस्लामिक तालिम जरुर दिलाआैं ताकि हाम्राे खान्दान आफ्नाे जीवनकाे प्रमुख उद्देश्य समझिन सकुस किनकी यस संसारलाई नै सबै साेंचेर परलाेक(आखेरत) लाई बिर्सनु ध्वस्तकाे बाटाे हाे सफलताकाे हैन| याे पनि याद राखाैं की दीनी तालिमकाे अर्थ बच्चाहरुलाई आलिम, हाफिज,फाजिल,कारी,मुफ्ती बनाउनु हैन बरु तिनीहरुलाई यति जानकार बनाउनु(इस्लामका आधारभूत शिक्षा) हाे की नमाज,राेजा,पाकी-नापाकी,जायज-नाजायज,हलाल-हराम,फर्ज,वाजिब,सुन्नत आदी कुरालाई बुझुन र व्यवहारमा लागु गरुन| आज अंग्रेजी चलन हामी माथी नराम्राेसंग हावी भएकाे छ| यस्ताे माहाेलमा दुष्टकाे अध्याराेमा इस्लामी दयाकाे दिया जलाउनु हाम्राे इस्लामी जिम्मेवारी हाे| मुसलमान हुनुकाे हैसियतले हाम्राे जिम्मेवारी याे हाे की हामी आफ्ना भाइबहिनीहरुलाई दीनी उपदेश दिउं| यसैकारण अल्लाहले हामीलाई संसारकाे सबैभन्दा उत्तम जात भन्नुभएकाे छ| कुरआनमा भन्नुहुनछ,"मुसलमानहरु! तिमी संसारकाे सबैभन्दा उत्तम जात हाै, तिमी त मानिसलाई राम्राे काम गर्नका लागि भन्दछाै र खराबीपनबाट तिनलाई राेक्दछाै|" खुद आफू पनि इस्लामिक चलन सिकाैं अप्नाआैं र घरकालाई पनि इस्लामी रंगमा रंगाउने काेसिस गराैं| अफसाेस त ती मानिसका विचारप्रती लाग्छ की तालिमकाे अर्थ सांसारिक शिक्छ्यालाई साेंच्दछन र दीनी तालिमलाई बेवास्ता गर्छन| यस्ताे लापरबाहीकाे नतिजा याे निस्किरहेकाे छ की आफ्नाे आवश्यकता अनुसार कमाउन खान त सके तर दीनबाट अन्जान भए यहॉसम्म की उनीहरुलाई हलाल र हराम तथा जायज नाजायज समेत पहिचान रहेन| दीनी तालिम हासिल गरेपछि या साथमै चाहे सांसारिक शिक्षा हासिल गरुस या दीनी तर कुनै पनि शिक्षाकाे प्रमुख उद्देश्य असल चरित्रकाे निर्माण गर्ने हुनुपर्छ| किनकी कुर-आन पनि भन्दछ,आषय "तिमीहरुमध्ये सबैभन्दा उत्तम त्याे हाे जाे संग राम्राे चरित्र र राम्राे आचरण रहेकाे छ|" त्यसैले समाजलाई उंचाई र खुशीयाली गन्तव्यमा पुर्याउनका लागि तालिम र दीनी क्रान्तिकारी ल्याउनु पर्छ| हरेक खर्चलाई कटाैती गरेर बच्चाहरुलाई दीनी तालिम दिनुपर्छ ताकी दीनी सामाजिक जरुरत पूरा गर्न सकाेस फातिहा र बाख्रा जिबह गर्नका लागि इमाम साहबलाई पर्खिन नपराेस| समाजमा यस्ताे जागरुकता दीनी तालिमबाट नै हुन सक्छ|

                              लेखक: जाहिदा बानू ,अर्घाखॉची


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search