हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) को संछिप्त जीवनी भाग-३
एक चोटी हजरत अलि (رضی اللہ عنھ) घरमा आउनु भयो तर वहाको अनुहारमा त्यो उज्यालो थियन जुन सदैव हुने गर्थ्यो त्यो देखेर हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले वहा संग सोध्नु भयो अनि हजरत अलि (رضی اللہ عنھ)ले भन्नु भयो कि "आज हजरत उस्मान ए गनी (رضی اللہ عنھ)ले नबि ए करीम (صلى الله عليه وسلم)) लाइ असहाबा ए करामका साथ आफ्नो घरमा निक्कै सानदार (दावत)भतेर गराउनु भयो र जति कदम नबि ए करीम (صلى الله عليه وسلم)) हिडेर हजरत उस्मान ए गनी (رضی اللہ عنھ) को घर सम्म पुग्नु भयो तेती नै गुलाम(नोकर ) हजरत उस्मान ए गनी (رضی اللہ عنھ)ले आजाद(फुकुवा ) गरिदिनु भयो "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)ले भन्नु भयो "हजुर पनि नबि ए करीम (صلى الله عليه وسلم)लाइ दावत् दिनुहोस "
हजरत अलि (رضی اللہ عنھ)ले भन्नु हुन्छ "दावत त् दिने तर हामि संग यत्रो सम्पति कहाँ छ कि हरेक पाइला पिछेई एक जना गुलाम(नोकर) आजाद (फुकुवा) गरौ "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)) भन्नु हुन्छ " हजुरले दावत को निम्ति तय्यारी त् गर्नुस "
हजरत अलि (رضی اللہ عنھ) नबि ए करीम (صلى الله عليه وسلم) को बारगाहमा उपस्थती भै वहालाई आफ्नो घर दावतको निमन्त्रणा पेस गर्नु हुन्छ
नबि ए करीम (صلى الله عليه وسلم) आफ्ना असहाबा ए करामका साथ हजरत अलि (رضی اللہ عنھ) को घरमा उपस्थित हुनु भयो
पाहुनाहरुलाई खाना ख्वायर हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) मुसल्ला बिछ्याई सज्दामा गइ दुवा माग्नमा एकचित्त हुनुभयो जब वहा सज्दाबाट उठ्नु भयो अनि हजरत अलि (رضی اللہ عنھ) ले सोध्नु भयो वहाले जवाब दिनु भयो "मैले अल्लाह अज्ज़-व-जलको बारगाहमा बिन्ति गरि नबि ए करीम (صلى الله عليه وسلم)को हरेक कदम को बराबरमा उम्मतिहरुलाई जहन्नमबाट छुट्कारा दिलाय "
===============================================
तेस्तै एक चोटी नबि ए करीम (صلى الله عليه وسلم) बिरामी हुनुभयो अनि हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) त्यहा उपस्थित हुनु भयो
नबि ए करीम (صلى الله عليه وسلم)ले वहालाई देखेर भन्नु भयो "स्वागत छ ए मेरी छोरी"
अनि मायाले आफ्नो नजिकै बसाइ वहाको कानमा केहि कुरा भन्नु जसलाई सुनेर वहा रुनु भयो नबि ए करीम (صلى الله عليه وسلم)ले उनको यो न्याउरोपना देखेर फेरी बिस्तारै बिस्तारै केहि कुरा वहालाई भन्नु भयो
जसबाट हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) मुस्कुराउनु भयो
उम्म्मुल मोमिनिन हज़रते आइशा सिद्दिकाرضی اللہ عنھا) ले हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) संग सोध्नु भयो"नबि ए करीम (صلى الله عليه وسلم)ले तपाइसंग के कुरा गर्नु भयो जसबाट पहिले हजुर रुनु भयो पछी हास्नु भयो "
हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले भन्नु भयो "म नबि ए करीम (صلى الله عليه وسلم)का राज हरु खोल्न चाहन्न "
नबि ए करीम (صلى الله عليه وسلم)को विसाल पछी उम्म्मुल मोमिनिन हज़रते आइशा सिद्दिकाرضی اللہ عنھا) ले हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا)लाइ भन्नु भयो" म तपाईलाई कसम दिन्छु र तपाइँ माथि मेरो अधिकारको वास्ता मलाइ त्यो राजबाट खुलस्त पार्नुहोस "
अनि हजरते सय्यदा फातिमा जहरा (رضی اللہ عنھا) ले भन्नु भयो " अब यो राजलाइ खुलस्त पार्नु कुनै अप्ठेरो छैन कुरा यो छ कि नबि ए करीम (صلى الله عليه وسلم) पहिले जुन कुरा भन्नु भयो "ए फातिमा हरेक बर्ष जिबराइल (अलेही सलाम) ले मसंग एक चोटी कुर-आनको दौरा गर्नु हुन्थ्यो तर यो बर्ष म संग दुइ चोटी कुर-आन को दौरा गर्नु भयो मलाइ लाग्छा कि मेरो विसालको समय नजिकै छ र ए मेरी छोरी म तिमिसंग छुटिने वाला छु तर तिमि अल्लाह अज्ज़-व-जल संग डराई राख्नु अनि धैर्य गर्नु यो सुनेर म रोयकी थिय "
"पछि फेरी नबि ए करीम (صلى الله عليه وسلم)मलाइ धेरै दुखि देख्नु भयो अनि दोस्रो पटक भन्नु भयो के तिमि मन्जुर छैनौ कि तिमीलाई सम्पूर्ण संसार कि अनि जन्नत कि सम्पूर्ण स्त्री कि सरदार (मुखिया) बनौ ? र मेरो अहले बैतमा सर्वप्रथम तिमि म संग मिल्नु "यो सुनेर म खुसीले मुस्कुरायकी थिय
==================
No comments:
Post a Comment