[Latest News][6]

10

Translate

जीवनको उद्देश्य (लेखिका:जायदा बानु ,अर्घाखाची)

(यो लेखमा कुर-आन का जुन आयात छन् ति आयातलाई अनुवाद : हजरत मुफ्ती नबि बक्स अज्हरी सहाब किब्ला मद्जिद्हुल आलीले गर्नु भयको हो )

सम्पूर्ण शृष्टीका रचयिता अल्लाह عزوجل ले मानिसको उत्पत्ति गर्नुका साथै त्यसको कारण स्वयं कुरआनमा बताउनुभयो,"के तिमी यो ख्याल गर्छौ की तिमीलाई हामीले बिना फाईदा सीर्जना गर्यौ।"(सूरह मूमेनिन) अल्लाह तआलाले मानिसलाई सर्वस्रेष्ठ प्राणी बनाउनुभयो तर सर्वस्रेष्ठ बनाउनु र उपाधी प्राप्त गर्नु दुई बिल्कुल अलग कुरा हो।मानिसहरुमा मानिस वास्तवमा त्यो हुन सक्छ जसले त्यो उपाधीलाई चिन्दछ र हर सम्भव उक्त उपाधी प्राप्त गर्नका लागि आफ्नो बाटोमा आउने हरेक दुविधा र हरेक मुश्किलहरुलाई हिम्मत,हौसला र धैर्यका साथ सामना गर्छ।केबल ती मुश्कीलहरुलाई सहने मात्र नभएर मानिसको भलाईको लागि आफूलाई एक उदाहरणको रुपमा पेश गर्छ। शुरुवाती दुनिया देखी लिएर आजसम्म यस्ता अनगिन्ती मानिस जन्मिदै आएका छन जसको सम्पूर्ण जीवन आफ्नो सही उद्देश्य अर्थात सर्वस्रेष्ठको उपाधी प्राप्त गर्नु रहेको छ।ती खूदाका बन्दाहरुको जीवन त्याग,दु:ख र मुश्कीलहरुबाट ईबादत (प्रार्थना) नजर आउछ।अन्बिया-ए-किराम अलैहिस्सलाम (नबी)जसको  सिलसिला अल्लाह तआलाले हजरत आदम अलैहिस्सलाम देखी शुरु गरेर अन्तिम नबी हजरत मुहम्मद मुस्तफा(صلی اللہ تعالی علیہ وسلم )मा अन्त्य गर्नुभयो।ती सबै छानिएका हस्तीहरुको जीवन केबल त्यही उद्देश्य प्राप्त गर्नमा बित्यो की कसरी मानिस आफूले गुमाएको उपाधी प्राप्त गर्छ केबल त्यही उद्देशीय जीवन हासिल गर्नु मात्र नभएर दुनिया रहुन्जेल सम्मका मानिस उनको सही नेतृत्वको पालना गरोस।आफ्नो त्यो उद्देश्यको लागि अन्बिया ए किरामले जुन हिम्मत,धैर्य र प्रवृत्तिको प्रकट गर्नुभयो त्यो इस्लामिक इतिहासमा सधै रौनक छ। हजरत आदम अलैहिस्सलाम जसलाई अल्लाहले ईल्मुल अस्मा(सम्पूर्ण चिजको नामको ग्यान)दिएर फरिश्ता(ईश्वरीय दूत)हरुमाथी महानता प्रदान गर्नुभयो र त्यही उद्देश्य प्राप्तिका लागि जन्नत (स्वर्ग)बाट उतारिन्छन र फेरी हजार वर्षको माफी र अनुरोधपछि यो कुरा प्रष्ट पारिदिन्छन की मानिस तिम्रो उद्देश्य कति किम्ती छ।नूह अलैहिस्सलाम ९५० साल यही कार्यमा परिभ्रमण हुन्छन की कसरी सर्वस्रेष्ठको उपाधी प्राप्तिका लागि व्यवहारिक प्रमाण बनोस।यहाॅसम्म की संसारमा सबैभन्दा पहिला उहाकै वस्तिमा सजाय मिलेको थियो।ढुंगाहरुको बर्षात (तूफाने नूह) मा यसरी डुब्छनकी अस्तित्व मेटिन थाल्छ र अर्शइलाही हलचलमा आउछ र जिब्रइल अलैहिस्सलामलाई आदेश हुन्छ की जाउ नूहलाई ढुंगाहरुको बोझबाट छुटकारा देउ।कुरआन पाकले उहाॅलाई बनी ईस्राइल आयात नं ३ मा 'शुक्रगुजार बन्दे'को उपाधीले याद गरेको छ।ईब्राहिम अलैहिस्सलामलाई त्यही उद्देश्य प्राप्तिका लागि पंछ्यीहरुलाई जलाइने आगमा फ्याकिदिइन्छ र त्यस आगमा ४० दिन बिताउन पर्छ।अल्लाह तआला आदेश दिनुहुन्छ"हे आग शितल होउ र ईब्राहिममाथी सलामती(शान्ती)बन।"(सूरह अन्बिया आयत ६९)उहॉ अल्लाहको खातिर आफ्ना छोरालाई बलिदान दिन समेत तयार भएका थिए जसबाट खलीलुल्लाह(अल्लाहको साथी),अबुल अन्बिया(नबीहरुको बुवा)को पदवी नाम मिल्यो।केबल त्यसकारण की मानिसलाई प्रष्ट होउस की मानिस आफ्नो उद्देश्य चिनुस र मानिस आफूले गुमाएको उपाधी पुन:प्राप्त गरुस।जक्रिया अलैहिस्सलाम जसलाई आराले दुई टुक्रा बनाइदिन्छन।त्यही उद्देश्य प्राप्तिमा लूत अलैहिस्सलामलाई आफ्नो बस्ती छोडेर शरणार्थी बन्न पर्छ।शोएब अलैहिस्सलाम त्यही उद्देश्यको जंग लड्दै जलजला र चिंघाडीको रुपमा सजाय मिल्छ।समून्द्रको किनारामा अवस्थित उहाको बस्ती अस्हाबुलऐकामाथी बादलको सजाय(सूरह शोरा)अर्थात बादलबाट आग बर्सिन्छ।याकुब अलैहिस्सलाम त्यही उद्देश्यमा आफ्नो छोराको वेदनामा दृष्टी गुमाउछन।युसूफ अलैहिस्सलामलाई आफ्नै भाईहरुले गहिरो कुवामा फ्याकिदिन्छन।मणीको लागी मिस्रको बजारमा निलाम हुन्छन।मूसा अलैहिस्सलामलाई यही उद्देश्यले नदीमा बगाउछ,फिरऔनसंग ३० वर्ष संगै रहन पर्छ।त्यसपछि कलीमुल्लाह (अल्लाह संग कुराकानी गर्नेवाला)को पदवी नाम मिल्छ।यही सर्वस्रेष्ठको त्यो महान उपाधी थियो की हजरत मुहम्मद(उहाॅ माथी शान्ती होउस)लाई जादूगर र शायर भनियो।यही नै त्यो मेराज मानवता थियो जुन खूदासम्म पुर्याउनका लागी शैब अबि तालिबलाई तीन वर्षको दुखको यात्रामा हिड्न पर्यो। यही उद्देश्य थियो बनी आदमलाई रुष्ट गर्नका लागि मानवको खुन आफ्नो अंगमा समेट्न पर्छ।त्यही मणी थियो जसबाट मानवलाई मालामाल गर्नका लागि खैरुलमुर्सलीनलाई मक्का छोड्न पर्यो।त्यही उद्देश्यले बद्र (जंग)मा घोडाहरुको हुंकार,एकईश्वरीय लासहरुको अंगार सहन बाध्य बनायो।अत्याचारमा घोडा दौडाइए।हम्जाको प्रीयलाई चढाइयो।त्यही कारकको नियम मानिसलाई सम्झाउनका लागि अबुहूरैरहका दाॅत शरीफ शहिद गराइए।वास्तविकतालाई खूदादेखी प्राणी सम्म पुर्याउनका लागि नीलको किनारा देखी चीनको शहरसम्म दीनी हकको आवाज गुन्जियो।। त्यही उद्देश्यले एक लाख भन्दा बढी सहाबालाई दफ्नाईन्छ।बनी आदमलाई नीच देखाउन नोमान बिन साबितको जनाजा जेलबाट उठाइन्छ।ईमाम हन्बललाई कोडा खान पर्छ।
हजरत अबूबकरलाई सबै चिज लुटाएर  सबै चिज पाउने उपाधी मिल्यो। मानवतालाई मेराज मानवता सम्म पुर्याउनका लागि जमिनले अनगिन्ती मणी आफूभित्र दबेको देख्छ।अब्दुल अजिजलाई शाहजादे(राजाको छोरा)बाट नोकर बनाउछ। जीवनको  त्यही सत्य रहस्य हो जसलाई सुनाउदा सुनाउदै ईस्लामको ईतिहासमा रुमी,गजाली, अत्तारी गुञ्जिदै रहे।जब तिनको ज्यान,माल,घरबार,स्रीमति र छोराछोरी रहमते हकमा त्यागी भए तब एकाएक रहमते हकलाई जोश आयो र त्यो पल अस्तित्वमा आयो जसले आफ्नो पेटमा ढुंगा बाॅधे तर अरुलाई खुवाए स्वयं आफू प्यासै बसे तर अरुलाई पिलाए र पार लगाए।आफ्नो आउनेवालाहरुका लागि सबै त्याग गरे। यस्तो उपहार दिए की ईन्डोनेशियाका मान्छेले कल्मा ए हक पढ्न थाले। यस्तो कानूनी मान्यता(प्रचलन) मिल्यो की आमाको रुपमा जन्नत(स्वर्ग), छोरीको रुपमा रहमत(कृपा), भाईको रुपमा ताकत र स्रीमतीको रुपमा आधा ईमान(आस्था)को सम्भव पूरा भयो।यस्ता आश्चर्यजनक अस्तित्व इतिहासले देख्यो जसले कृत्रिम चन्द्रमा बनाए।पानीमा किटाणु र त्यसका प्रकार बताए ।साना ठूला मशिन निर्माण गरे। जमिनमा बसेर आकासको उंचाई पत्ता लगाए र तीनलाई समूह र नाममा विभाजित गरे जसबाट जदिद साईन्स अस्तित्वमा आयो। अश्रफुल मख्लुकात अर्थात सम्पूर्ण रचनाहरुमध्ये उत्तम रचना  لقد خلقنا الانسان في احسن تقويم निश्चय नै हामीले मानिसलाई अति उत्तम अन्दाजमा सीर्जना गर्यौं(अल कुरआन) बनाउनुभयो।  उक्त लछ्य(सर्वस्रेष्ठ) प्राप्तिपछि अल्लाह तआलाले मानवलाई प्रष्ट पारिदिनुभएको छ की मानिस तिम्रो लछ्य के हो ? र त्यो लछ्य प्राप्त गर्नको लागि सही बाटो पनि वर्णन गर्नुभएको छ ताकि मानिस दुबै लोकमा सफल बनोस। निगाहे ईश्क व मस्ति में वही आला वही औव्वल वही कुरआन, वही फरकॉ , वही यसीं, वही ताह
लेखिका:जायदा बानु ,अर्घाखाची





















About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search