नराम्रो मृत्यु-वरण (लेखक:अस्गर अलि बर्काती-मियापाटन-१३ पोखरा)
मिन्हाजुल आबेदीनमा उल्लेख छ कि" हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)ले आफ्नो एक शिष्यको नज्अ (मृत्यु हुनु भन्दा केहि अगाडी) त्यहा पुग्नु भयो र संगै बसेर "यासिन शरिफ" पढन लाग्नु भयो उनका उक्त शिष्यले भन्नु भयो "कृपया यो पढन बन्द गर्नुहोस "
पुन हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)ले कल्मा शरिफ पढन लगाउनु भयो तर ति शिष्यले " म कल्मा शरिफ पढन बाट बन्चित छु" यो शब्द मुखबाट निस्कदै उसको मृत्यु भयो
हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)लाइ आफ्नो शिष्यको उक्त नराम्रो मृत्यु-वरणको साह्रो पछुतो रह्यो यहासम्म कि हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही) आफ्नो घरमा कसैसंग पनि बोल-चाल नगरी ४० दिन सम्म रुदै बस्नु भयो
अत:४० दिन पश्चात हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)ले सपनामा आफ्ना उक्त शिष्यलाइ फरिस्ताहरुले (इशदुत) मिलेर जहन्नम (नर्ग)तिर धकेली रहेको देख्नु भयो
हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)ले यो सबै वृतान्त देखेर उक्त शिष्यलाइ सोध्नु भयो ""यो सबै के हो तिम्रा सबै पुण्य-कर्महरु खै ?
किन तिमीबाट तिम्रा ति पुण्य-कर्म खोसियो ?
तिमि त् मेरो शिष्य भयता पनि म भन्दा केहि बढिनै ज्ञानकार थियौ "
उक्त शिष्यले उत्तर दिन्छ "मेरा तीन कुकर्म थिय जसले गर्दा मेरा सबै पुण्य हरु खोसिय र मलाइ आज यो अजाब(सजा) भोग्नु पर्दैछ ती तीन कुकर्म या प्रकार छन्
१-चुगली(कसैको पछाडी उ बिरुद्ध उसका कुरा गर्नु) म मेरो मित्रजन संग हुदा अर्कै कुरा गर्थे हजुर सामु हुदा अर्कै कुरा
२- हसद( इर्ष्या) म सदैव आफ्ना साथि-भाइहरुको हसद( इर्ष्या) गर्थे
३-म रक्सि सेवन गर्थे हरेक बर्ष एक गिलास
देख्नु भयो साथि-भाइहरु तपाइले गुनाह (पाप) को लालच( लोभ) को परिणाम कति भयङ्कर हुदो रैछ
हजरते सय्य्दुना फुजैल बिन इयाज (रह्मतुल्लाह अलेही)का शिष्य जो वहा भन्दा बडी इल्म(राख्थे) उसका सम्पूर्ण पुन्य ,नेकीलाइ केवल तीन गलत कार्यले मेटाई दियो जसको बदला उसलाई जहन्नम जस्तो डरलाग्दो ठाउको भागीदार हुन् पर्यो
के हामीले कहिले आफ्नो अन्तर-आत्मालाई नियालेर हेरेका छौ कि हामि भित्र कति गुनाह हुर्किदै छन् हामीबाट दैनिकी कति गुनाह( पाप) हुदै छन् हामीबाट एउटा पुन्य हुन् सकेको छैन भने हाम्रो ठेगाना कहा होला
हाम्रो दैनिकी कसरि गुज्रिदै छ सोचेका छौ ?
मृत्यु हरेक प्राणीका निम्ति भोग्ने पर्ने एउटा सत्य चिज हो यसबाट कुनै राजा महाराजा ,ज्ञानी,अग्ज्ञानी बलियो ,कम्जोर गरिब धनि कुनै बचेका छैनन तपाइँ हाम्रो के हैसियत याद राखौ जतिपनि संसारिक विलाशी ,मनोरंजन या सम्पति छन् ति यहि नै रहने छन् हामि संग केवल हाम्रो पुण्य मात्र जाने छ
तसर्थ सम्पूर्ण साथि-भाइ आउनुस हामी सुधरिउ हाम्रा पाप(गुनाह) बाट तौबा गरि असल कार्य तिर अगर्सर हौ
"या अल्लाह अज्ज़-व-ज़ल नबि ए करीम (अलेही सलाम) को वासीला अनि तमाम सहाबा(अलेहीम रिदवान) र जति पनि वली-औलिया छन् उहाहरुको सदाकामा हामि सम्पूर्ण मुसलमानलाइ यस्ता गुनाहको आदत बाट छुटकारा दिलाई हामि सम्पूर्ण म्मुसल्मानलाइ भित्रि हृदयबाट तेरो इबादत गर्ने वाला बना


No comments:
Post a Comment