[Latest News][6]

10

Translate

कुरआन मानवलाई पथप्रदर्शन गर्ने अल्लाह तआलाको अन्तिम किताब हो । लेखिका:जायदा बानु ,अर्घाखाची

जति पनि कु-आनका आयात छन् ति कन्जुल इमान (हिन्दि अनुवाद) को भाषान्तरण गरियको छ नेपालि उल्मा ए हकबाट 

हजरत जिब्रइल अलैहिस्सलाम मार्फत चरणबद्द रुपमा पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) माथी अवतरित अल्लाह عزوجل का शब्दहरु नै कुरआन हाे| कुरआन मानवजातिका लागि अल्लाहकाे अन्तिम आकाशवाणी तथा इस्लाम धर्मकाे सबैभन्दा ठूलाे पवित्र ग्रन्थ हाे| यसबाट जीवन जिउने कानुनी तरिका र उपदेश प्राप्त गर्न सकिन्छ जसले परलाेकलाई तयारी गर्नमा मद्दत पुर्याउंछ|यसले सिद्धान्त,कानून,आचरण,गाैरव,कृपा इत्यादी मानवसंग सम्बन्धित सम्पूर्ण विषयहरुकाे सामना गर्दछ।कुरआनको आधारभूत प्रसंग भनेकाे अल्लाह र उसका शृष्टीहरुबीचकाे संबन्ध हाे| यसले एउटै समयमा समाज र निश्पक्छ्य आर्थिक पद्धतीलाई पथप्रदर्शन र समग्र शिक्षा प्रदान गर्छ| यसले सबै मुस्लिमहरुलाई अल्लाहकाे मूल आशय बताउदछ| मानवका लागि अल्लाहकाे व्यवहारिक कृपा पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) माथी अवतरित कुरआन विश्वास र महत्वका साथ हामीलाई प्रदान गरेर पूर्ण हुन्छ| कुरआनकाे अतिशुद्ध भाषा र यथायाेग्य सन्देशले मानव दिललाई सभ्यता र राज्यहरुकाे विकासका लागी अनुराेध गरेकाे छ| कुरआनले तिनीहरुलाई निरन्तर रुपमा पथप्रदर्शन गर्नेछ जाे सदैब इमान्दार दिलका साथ अल्लाहतर्फ हुनेछन|
कुरआन विश्वका दुई महान शक्ती(राेमन र इरान)हरु समक्ष मात्र प्रकट नभएर यसले रेगिस्तानका अनपढ मानिसलाई यस्ताे सभ्य बनाइदियाे की पुरै विश्वभरी यस सभ्यताकाे छाप करडाैं वर्षपछि यसका निशानीहरु यथास्त मिल्छन| कुरआनबाट नै साबित हुन्छ की पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) नबी हुनुहुन्थ्याे| स्वयं कुरआनमा कुरआन शब्द ७० पटक बयान भएकाे छ| यसबाहेक पनि कुरआनलाई अन्य नाम; अल हिक्म(बुद्धिमता), धिक्र(बर्णन/याद)र मशहफ(लेखिएकाे) बाट सम्बाेधन गरिएकाे छ| कुरआनमा अल्लाहले २५ अम्बियाकाे नाम वर्णन गर्नुभएकाे छ| यसमा जम्मा ११४ अध्याय छन जसलाई सुरा भनिन्छ| हरेक सुरामा वाक्यहरु छन जसलाई आयत भनिन्छ| ऐतिहासिक रुपबाट याे सिद्ध भएकाे छ की यस धर्तीमा प्राप्त हरेक कुरआनका प्रति त्यही मूल कुरआनका कपी हुन| अल्लाहले यस धर्तीमा कुनै व्यक्तीविशेषहरुलाई उत्तराधिकारी बनाएर आफ्नाे सन्देश मानव समक्छ्य पुर्याउनका लागी ती दूतहरुलाई पठाउनुभयाे| यस सिलसिलाका अन्तिम दूत पैगम्बर मुहम्मद(صلی اللہ تعالی علیہ وسلم) हुनुहुन्छ| अल्लाहकाे अन्तिम किताब उहॉकाे हातमा छ| हरेक शताब्दीमा निरन्तर आउने दूतहरुकाे एउटै सन्देश अल्लाहकाे आदेशअनुसार मानवलाई जिउन सिकाउने थियाे| कुरआन कसैले पनि कहिल्यै बदल्न नसक्ने र यसलाई स्वयं आफैले रछ्या गर्ने चुनाैती अल्लाहले दिनुभएकाे छ| पश्चिमी विचारक एच.जी.वेल्स(जाे इस्लामकाे विराेधी थियाे)का अनुसार ,"यस धर्तीमा प्रवचन त धेरै गरिए तर ती प्रवचनका आधारमा समाजकाे रचना पहिलाे पटक हजरत मुहम्मद सलल्लाहु तआला अलैहिस्सलामले गरेर देखाउनु भयाे|"
कुरआन कहिले,काे द्वारा र कसमाथी उत्पत्ति भएकाे हाे भन्ने बारे अल्लाह भन्नुहुन्छ,"र रम्जानकाे त्याे महिना हाे जसमा हामीले कुरआन अवतरण गर्याैं|", "त्याे कुरआन अल्लाह बाहेक अरुद्वारा उत्पत्ति गर्न सकिने छैन| वास्तवमा याे एक पूर्ण आकाशवाणी(ताैरित,इन्जिल र स्त्राेप्त)हरुकाे प्रमाण हाे र यस महान किताबले पूर्ण वर्णन गर्छ जसमा कुनै शंका छैन की याे आलमीन(मानव तथा सम्पूर्ण अस्तित्वका विधाता)द्वारा अवतरण भएकाे हाे|"(Surah Yunus) "ए नबी!(صلی اللہ تعالی علیہ وسلم) याे(कुरआन) धन्य किताब हाे जसलाई हामीले तिमीतर्फ यसकाे लागि अवतरण गर्याैं की मानिसहरु यसका वाक्यहरुमाथी ध्यान दिउन र बुद्धीमानी यसबाट पाठ प्राप्त गरुन|"(Surah:Sad) सबै मानवका लागि सत्यताकाे सन्देशका साथ कुरआन एक सत्यकाे किताब र ज्याेती हाे भन्ने कुरा अल्लाह तआला भन्नुहुन्छ;"र वास्तवमा सबै प्रकारका सादृश्य यस कुरआनमा हामीले मानवकाे लागि पूर्ण रुपमा वर्णन गरेका छाैं तर केही मानिस अविस्वासका साथ इन्कार गर्दछन|"
उहॉ(अल्लाह)ले आफ्नाे दास(मुहम्मद صلی اللہ تعالی علیہ وسلم) माथी आकाशवाणी उतार्नुभयाे र उहॉले तिमलाई अध्याराेबाट उज्यालाेतर्फ लैजानुहुनेछ|"  हरेक दृष्टीकोण बाट हेर्दा कुरान शरीफ सम्पूर्ण मानब जातका लागि फाइदै फाइदालै भरिपुण किताब हाे|
लेखिका:जायदा बानु ,अर्घाखाची 
संसारले निरन्तर रुपमा प्रगति गरिरहेकाे छ,
मानव ज्ञान निरन्तर बढीरहेकाे छ|  कुरआनकाे आदेशकाे अर्थ धर्मशास्त्रीहरु र विद्वान(आलिम)हरुले  लिए,तबताबइन(ती मानिस जसले ताबइनलाई देखे),ताबइन(जसले हजरत मुहम्मदका साथी अर्थात सहाबालाई देखे) र सहाबाले के अर्थ लिए यहॉसम्म की स्वयं आफूलाई हजरत मुहम्मद स.अ काे पाउंमा पुर्याए ती खुद सहाबाए किराम कुरआनकाे यस बारेमा अर्थ थियाे|  कुरआन यस्ताे किताब हाे जसकाे आधारमा क्रान्ती ल्याइयाे| कुरआन अल्लाहकाे रसी हाे र यसलाई मज्बुतिका साथ समाउन आदेश रहेकाे छ| हजरत मुहम्मद स.अ का करडाैं चमत्कारहरु विस्वमा उपस्थित छन

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search