☪️ नमाजका वाजिबातहरु☪️
नमाजका वाजिबात (गर्ने पर्ने ) जो नमाजमा छुट्यो भने कि त नमाज पुन पढ्नु पर्ने हुन्छ या सज्दा ए सहब गर्नु जरुरि हुन्छ
के हो सज्दा ए सहब ?
यो त्यो सज्दा हो जुन नमाज पढदा नमाजका कुनै वाजिबातहरु छुटन गयमा गरिन्छ।
सज्दा ए सहब गर्ने तरिका के हो ?
सज्दा ए सहबको सहि तरिका जब अन्तिम काइदामा अत्ताहियात पढिन्छ तेस्पछि एक चोटी दाया तर्फ सलाम फेरनी अनि दुइ चोटी पुन अरु नमाजमा झैँ सज्दा गर्ने र पुन अत्ताहियात पढेर अरु नमाज झैँ दुवै तर्फ सलाम फेरी नमाज पूर्ण गर्ने
नमाजमा वाजिब गरियका चिजहरु यदि कसैले जानी जानी छोड्छ भने त्यो गुनाहगार (पापी) हुन्छ र उक्त वेक्तिलाई त्यो नमाज पुन पढ्नु पर्ने हुन्छ तेस्लाई अब सज्दा ए सहबले मात्र हुदैन
यदि भुलबस कुनै वाजिबहरु छुट्न गयमा केवल सज्दा ए सहब गर्दा मात्र नमाज सहि हुन्छ
हेरौ नमाजमा कति वटा वाजिबात हरु छन्
१-तक्बिर ए तहरिमा (जब नमाजका निम्ति हामि उठछौ अनि दुवै हातलाई कानसम्म लगी "अल्लाहु अकबर" भनि नियत बाधछौ यसलाई नै तक्बिर ए तहरिमा भनिन्छ )मा "अल्लाहु अकबर" भन्नु वाजिब हो
२-सुरा-फ़ातिहा पूर्ण रुपमा पढ्नु यसमा एउटा आयात अझ भनौ एउटा शब्द छोड्नु पनि वाजिब छोड्नु हो
३-अल्हम्दुलिल्लाह शरिफ पढे पस्चात कुर-आन मजिदका कुनै एक सानो सुराह या तीन सानो आयात या एक या दुइ जुन तीन सानो आयात बराबरको होस् पढ्नु
३-फर्ज़ नमाजको पहिलो दुइ रकाअतमा किरात गर्नु (किरात भन्नाले अल्हम्दुलिल्लाह पछि सहि मुखारिज़का साथ कुर-आनको अर्को कुनै एक सुरह या केहि आयात हरुलाई पढ्नु )
४-फर्ज़ नमाजको पहिलो दुइ रकाअत र अरु नमाजहरु(सुन्नत,वित्र,नफ़्ल) का हरेक नमाज हरुमा अल्हम्दुलिलाह शरिफ पछि अरु सुरह मिलाई पढ्नु
५-सुरह फातिहा अरु सुरह भन्दा पहिलो पढ्नु
६-हरेक रकाअतमा दोस्रो सुरह भन्दा पहिलो एक चोटी सुरह फातिहा पढ्नु
७-सुरह फातिहा र दोस्रा सुरहका बीच "आमिन"भन्नु र “बिस्मिल्लाह हिर्रहमाँ निर्रहीम” पढ्नु बाहेक अरु केहि न-पढ्नु
८-किरात पश्चात तुरुन्तै "रुकु' मा जानु
९-एउटा सज्दा पछि अर्को सज्दाको बिचमा कुनै पनि प्रकारका केहि "रुक्न" हरु न हुनु
१० -सन्तुष्टि-पूर्ण सबै अरकानहरु पुरा गर्नु (रुकु ,सुजुद,कौमा र जलसामा कम से कम एक चोटी "सुब्हानल्लाह" भन्नु बराबर थिर रहनु )
११-रुकु पश्चात पूर्ण रुपमा सिधा उठ्नु जसलाई "कौमा" भनिन्छ।
१२-दुइ सज्दाहरु पश्चात सिधा बस्नु यसलाई "जलसा" भनिन्छ
१३-कादा ए उला (दोस्रो रकात पश्चात बसेर अत्ताहियात पढ्नु ) चाहे नफ़्ल नमाज नै होस्
१४-फर्ज़,वित्र,सुन्नत ए मोअकिदामा कादा ए उलामा अत्ताहियात पश्चात केहि पढ्नु यदि भुलेर दुरुद सरिफ़ सुरु गर्नु भयो "अल्लाहुम्मा सल्लि अला मुहम्मादिन” पढ्नु भयो भने सज्दा ए सहब गर्नु वाजिब छ यदि उक्त कार्य जानी जानी गरियो भने नमाज पुन दोहर्याउनु पर्ने हुन्छ
१५-सलाम फेर्दा "अस्सलामु " दुइ चोटी भन्नु वाजिब हो र "अलैकुम व रहमतुल्लाह "भन्नु वाजिब होइन
१६-वित्रमा दुआ ए कुनुत पढ्नु "वाजिब" हो
१७-दुआ ए कुनुत पढ्नु पुर्व "तक्बिर " भन्नु
१८-इदमा पढिने नमाजका "६" तकबिर
१९-इदैन (इदुल फित्र ,इदुल अजहा) मा दोस्रो रकाअतको रुकुको तक्बिर भन्नु
२०-यो तक्बिरका निम्ति "अल्लाहू अकबर " भन्नु
२१-हरेक जहरी (फजिर ,मग्रिब र इशा)को नमाजमा इमामले ठुलो शोरमा किरात पढ्नु
२२-गैर-जहरि (जोहर र असर)को नमाज सुस्त आवाजमा किरात पढ्नु
२३-रुकु हरेक रकाअतमा एक चोटी नै हुनु यानी एक भन्दा बढी रुकु नहुनु
२४-सुजुद केवल दुइ चोटी हुनु यानी दुइ भन्दा बढी सुजुद नहुनु
२५-दोस्रो रकाअत भन्दा पहिले कादा नगरिनु
२६-चार रकाअतका नमाजमा तेस्रो रकाअतमा कादा न-गरिनु
२७-आयात ए सज्दा पढियो र सज्दा ए तिलावत गर्नु
२८-भुलेर गलती भयमा सजदा ए सहब गर्नु
२९-दुइ फर्ज़ या दुइ वाजिब या वाजिब र फर्ज़का बिचमा तीन चोटी सुब्हानल्लाह भन्नु बराबरको ढिलाई गर्नु
३०-इमाम ठुलो या सुस्त आवाजमा किरात गर्दा पछाडिका मुक्तदीहरु चुप लाग्नु
३१-किरात भन्दा अरु सम्पूर्ण वाजिबातका चिजमा इमामलाइ पछ्याउनु
के हो सज्दा ए सहब ?यो त्यो सज्दा हो जुन नमाज पढदा नमाजका कुनै वाजिबातहरु छुटन गयमा गरिन्छ।

2 comments:
14 No ko ma ali prasta huna sakina bujai dinu henexa vanne aasa gardachu
जी यसको खुलासा यो हो कि फर्ज़ नमाजमा ,वित्रको नमाजमा या सुन्नत ए मोअकिदाको नमाजमा जब हामीले नमाज सुरु गर्छौ अनि दुइ रकाअत पुरा गरि बसेर जुन "अत्ताहियातो लिल्लाहे " पढ़छौ नि
तेतिबेला मात्र तहसुद "अत्ताहियातो" मात्र पढने र उठने अब यहा हामीले भुलेर या जानी जानी "अत्ताहियातो " पछि दुरुद पढ्न लागेउ र यति सम्म पढ़ेउ कि "अल्लाहुम्मा सल्लि अला मुहम्मादिन”सम्म पुगेउ भने हामीले सज्दा ए सहब (यदि भुलेर हो भने) गर्नु पर्ने हुन्छ
र जानी जानी गरेउ भने नमाज पुन पढ्नु पर्ने हुन्छ र जब चार रकात या तीन (मग्रिब को फर्ज़) मा पुरा रकात सकेर अन्तिममा तहसुद "अत्ताहियातो "मा बस्छु हो यति बेला बल्ल तहसुद पछि दुरुद पढी नमाज पूर्ण गर्नु पर्छ
Post a Comment