[Latest News][6]

10

Translate

यदि कोरोना भाइरस न आएको भए ... !!!

* यदि कोरोना भाइरस न आएको भए कसले विश्वास गर्न सक्थ्यो  ???


के कसैले सोचेको थियो....... ??


* डाक्टर कोरोना भाइरस का शिकार भएर मर्नेछन् तर बिरामी हरु स्वास्थ्य लाभ प्राप्त गर्नेछन् ।

कसले विश्वास गर्छ .......??


* युद्ध  जित्न का निमित्त हिजो सम्म दुई देश का बिच फौज हरु पठाइएको थियो तर आज उनिहरु लाई नै ज्यान बचाउन का निम्ति युद्ध भुमी बाट टाढा पठाइएको छ ।

यो तितो सत्य लाई कसले स्विकार्छ...... ???


* मस्जिद हरु बन्द गरिएका छन् , सामुहिक रुपमा नमाज लाई पुर्ण रुपमा बन्द गरिएको छ तर ...... ती राष्ट्र हरु मा अजान भैरहेको छ जहाँ यी सम्पुर्ण कार्य हरु गैर कानूनी थिए ।

कसले सोचेको थियो ......???


* एक ताकतवर फौज मजबूत इकोनोमी को मालिक शक्तिशाली राष्ट्र हरु जो हिजो सम्म हामिलाइ कसैको डर छैन , सर्व शक्तिमान हामी हौँ भन्ने गर्दथे , आज तिनिहरु नै डर र त्रास को जिन्दगी मा जीवन् र मृत्यु को बिचमा युद्ध लडिरहेका छन् ।

कसले पत्याउन सक्छ ..... ??


* इटली का एक जना राजदूत जो कि सोमालिया जस्तो गरिबी को चरम रेखा मुनि पर्न बाध्य मुलुकमा थिए, तर एक भाइरस का कारण शुखसैल को सम्पुर्ण जेथा छोडेर आफ्नो स्वदेश फर्कन अस्वीकार गरिदिए ,र साथ्साथै सोमालिया का रास्ट्रपति सँग उक्त देशको आधिकारिक नागरिक बन्न दिने अनुमति माग्न थाले ।

छ कोइ बिश्वास गर्ने व्यक्ति ....???


* सोमालिया का प्रधानमन्त्री ले आफ्नो कार्यकाल समाप्त गरेर ऐश र आराम को जीवन यापन गर्न बसाइँसराइ गरेर बेलायत गए , तर विडम्बना , कोरोना का कारण बेलायत मै उसको मृत्यु भयो ।

कसलाइ पत्यार लाग्ला र .....??


* अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले मेक्सिको का गैर कानूनी घुसपैठ लाइ अमेरिका मा प्रवेश गर्न बाट रोक्न का लागि दुबै राष्ट का बिच जुन पर्खाल बनाएका थिए ....
आज अमेरिकी गैर कानुनी घुसपैठ हरु लाई रोक्न का निमित्त मेक्सिको ले स्वही पर्खाल को प्रयोग गरिरहेको छ ।

कसले स्वीकार गर्न सक्थ्यो .....???


* त्यही ह्वाइट हाउस मा कुरआन को तिलावत गरिनेछ , जहाँ यसलाइ आतंकवाद को चिन्ह सम्झिने गरिन्थ्यो , र अमेरिकी जस्ता धर्म देखि घृणा गर्ने पश्चिमेलि मुलुकमा हदीसे नबवी को व्याख्या गरिनेछ ।

कोइ छ बिश्वास गर्ने .....???


* जो डाक्टर प्राकृतिक तरीका हरु द्वारा उपचार गर्ने कुरा को विरुद्ध थिए , तिनीहरु आज आफ्नो पेशागत उपचार मा असफलता का कारण आज यस महामारी को उपचार का निम्ति प्राकृतिक उपचार को खोजी मा छन् ।

यी सम्पुर्ण कुरा हरु यदि आज भन्दा ३/४ महिना पहिले भनिन्थ्यो भने हामी मध्य कसैले पनि स्वीकार गर्न सक्थेन । सायद यश प्रक्रार को कुरा गर्ने व्यक्ती लाई अर्ध पागल नै सम्झीइन्थ्यो होला । तर मेरो पालनहार मालिक को शान नै सर्वोच्च र महान छ जसले असम्भव कुरा लाई पनि सम्भावना को केन्द्र मा ल्याएरै छोडी दिनु भयो ।
अन्तमा ,
अल्लाह तआला संग दुआ गर्दछु कि , रब्बे कदीर हामी सम्पुर्ण मानव जाती लाई यस महामारी बाट छिटो उन्मुक्ति प्रदान गरगरुन

आमीन या रब्बल आलमीन 


✍🏻Razaa Azhari

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search