[Latest News][6]

10

Translate

लकडाउनका बेला तरावीहको नमाज़ र एअतकाफ कसरी कायम गर्ने?

लकडाउनका बेला तरावीहको नमाज़ र एअतकाफ कसरी काय
म गर्ने?


بسم اللہ الرحمن الرحیم
लकडाउनका बेला तरावीहको नमाज़ कसरी कायम गर्ने?
कोरोना वाईरस )COVID-19) का कारण संसार भरी लकडाउन गरिरहेको अवस्था छ जून नेपालमा पनि 15 बैशाख सम्म लॉकडाउन रहने सुचना सबैलाई थाहा छ अझै बढ़ने संभाबना रहेको हुदा हामी मुस्लिम समुदाय ले पवित्र महिना रमज़ानमा कसरी तरावीहको नमाज़ कायम राख्ने भन्ने विषयले चिंतित बनाएको छ,त्यसैले अहिलेको अवस्था लाई मध्यनज़र गर्दै हामीले आफ्नो संरक्षण आफै गर्दै 5 टाइमको अनिवार्य नमाज़ र तरावीहको नमाज़ कसरी पढने भन्ने बारे निम्न लिखित कुरा हरु लाई ध्यन दिनु अति आवश्यक रहेको छ:
1.   सरकारको तर्फ बाट जती जना लाई मस्जिदमा गएर नमाज़ पढ्न अनुमति मिलेकोछ त्यतिमात्र मस्जिदमा उपस्थित भई 5 टाइमको नमाज़को जमाअत कायम तथा रमज़ान मुबारकको रातमा तरावीहको नमाज़ अदा गर्ने,र बाकीले आफ्नो-आफ्नो घरमा जमाअतका साथ पढ्न सकिन्छ भने जमाअतका साथ सकिदैन भने एक्लै-एक्लै 5 टाइमकोनमाज़ तथा तरावीह पढने,मस्जिदमा भीड़ लगाएर अफुले आफुलाई जोखिममा न पार्ने,
2.   तरावीहको नामज़का लागी जमाअत “सुन्नते किफ़ाया” हो त्यसैले मस्जिदमा केही व्यक्ति मिलेर पढ़ियो भने पनी काफ़ी हुन्छ,अरु व्यक्तिहरु आफ्नो-आफ्नो घरमा संभव भए सम्म जमाअत मा र संभव न भए एक्लै-एक्लै 5 टाइम को नमाज़ र तरावीह पढने
3.   घरमा जमाअत बनाएर नमाज़ पढ्दा इमाम हुन योग्य व्यक्ति लाई इमाम बनाउनु र इमाम योग्य कोई छैनन भने एक्लै एक्लै नमाज़ पढने,घरमा जमाअत बनाउदा पनी प्रशासन ले जाती जाना लाई अनुमति दिएकोछ त्यों भन्दा बढ़ी जम्मा नहुने,
एअतकाफ को मसअला
एअतकाफ पनि एक “सुन्नते किफ़ाया” वाला अमल हो यदि कुनै शहर,बस्ती वा गाउमा एक जनाले मात्र बसे भने पनी सबै गुनाह बाट पाक हुने छन –त्यसैले एअतकाफका दिन सम्म पनि लकडाउन सिमित रहिरहयो भने धेरै जना मस्जिदमा बस्ने कोशिश नगरि आफुले आफुलाई जोखिममा न पार्नु होला,
#  लकडाउनका कारण दैनिक मजदुर गरेर जीविकापार्जन गर्दै आएका लगाएत अन्य दिन दुखीहरुको घरमा चुलो नबलेको हुन सक्छ आफ्ना छरछिमेक मा यस्ता व्यक्ति भेटीएमा आफ्नो क्षेमता अनुसार उनिहरुको सहयोग गरीदिनु होला तर यो अवस्थामा सहयोग गरेर उनिहरु संग फोटो विडियो बनाएर उनिहारको इज्ज़त संग खेलवाड़ नगरिदिनु हुन विनम्र अनुरोध छ,
अल्लाह संग दुआ गर्दछु कि अल्लाह हामी सबै लाई यस महामारी बाट संरक्षण गर्नु जस जस लाई यो वाइरस ले छोको छ उनीहरु लाई छिटो भन्दा छिटो निको पारिदिनु भनी प्रार्थना गर्दछू आमीन,

Khalid Saifullah Nizami
ISLAMIC RESEARCH SCHOLAR
AL-AZHAR UNIVERSITY
Cairo, Egypt

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search