🌖🌖 शबे बरआत🌖🌖
अस्सलाम व अलैकुम
सम्पूर्ण आस्थावान नेपाली मुस्लिममा आउदो शबे बराअतको धेरै शुभकामना सहित म ति सम्पूर्ण कुराहरुको लागि हजुर समक्ष माफी माग्दछु जुन मैले जानेर या न-जानी गरे हुला तपाइको हृदय मेरो कुनै सानो-ठुलो कुराले दुख्यो होला तसर्थ मलाई आफ्नै दाइ-भाइ सम्झी केवल अल्लाह त्आलाको मन्जुरीका निम्ति माफ (क्षमा) गरिदिनु होला र म पनि ति सम्पूर्ण कुराहरु लाइ भुल्दछु र अल्लाह त्आलाकै मन्जुरीको लागि माफ पनि गर्दछु ति सम्पूर्ण साना-तिना भुल चुकलाइ जो जानेर या नजानी गरियका थिय
शबे बराअत त्यो रात हो जुन रात हाम्रो बार्षिक हिसाब किताब ( असल खराब कार्य ) को लेख जोखा गरिन्छ यानी हाम्रो आमालको रजिस्टर फेरिन्छ
हजरत इब्ने अब्बास (रजियल्लाहु त्आला अन्हु) बाट वर्णन गरियको छ "सम्पूर्ण हिसाब किताबको निर्णय शअबान को पन्द्रहौ रातमा हुन्छ "
(रूह उल मआनी १४ पेज १७४)
हजरते सय्यिदतुना अाइशा सिद्दिका
رضي الله عنھا
बाट रिवायत छ :प्यारा नबी ﷺ ले भन्नु भयो :-म निर जिब्रैइल علیہ السلام आएर भने यो शा 'बन को पन्ध्रौ रात हो ,यस्मा अल्लाह عَزَّوَجَــــل नरक बाट यती धेरै लाई आजाद फर्माउनु हुन्छ जती "बनी कल्ब "को बाख्रा हरु को रौं छन तर काफिर ,झगडालु (अदावत वला ) ,नाता तोड्ने वला ,कपडा लट्काउने वला ,आमा बाबा को आदेश नमान्ने वाला ,जड्या (सराब को आदी ) को तर्फ रहमत को नजर फर्माउनु हुन्न |
(पवित्र हदिस सरीफ को आसय)
شعب الإيمان ج 3 ص 384 حديث 3837
(हदिस सरीफ मा "कपडा लट्काउनेवाला "को जुन व्याख्या छ ,यस्को आसय ति मानिस हरु हुन जस्ले पाजामा वा पैन्ट घमण्ड को साथ कुर्कुच्चा भन्दा तल जमिन मा घिस्रिने गरी लगाउने गर्दछन |"
हजरते सय्यिदुना इमाम अहमद बिन हम्बल رحمه الله ले हजरते सय्यिदुना अब्दुल्लाह इब्ने अम्र رضي الله عنه बाट जो रिवायत नकल फर्माउनु भएको छ ,त्यस्मा हत्यारा पनि समाबेश गर्नु भएको छ|
(पवित्र हदिस सरीफ को आसय)
مسند الإمام أحمد ج 2 ص 589 حدیث 6653 دار الفكر بيروت
हजरते सय्यिदुना कसिर बिन मुर्रह رضي الله عنه बाट रिवायत छ ,प्यारा नबी ﷺ ले फर्माउनु भयो :अल्लाह عَزَّوَجَــــل शा'बान को पन्ध्रौ मा 'मुश्रिक र झगडालु' बहेक सबै जमिन वाला हरु लाई बख्शी (माफी दिनु )दिनु हुन्छ |
(पवित्र हदिस सरीफ को आसय)
شعب الإيمان ج 3 ص 381 حديث 3830 دارالكتب العلمية بيروت
शबे बराअत को दिन मग्रिब को फज्र सुन्नत आदी नमाजहरु पछी ६ रक्अत नफ्ल नमाज २ -२ रक्अत गरी पढ्ने तरिका हाम्रा अौलिया
رحمهم الله تعالىहरु रहेको छ |पहिलो २ रक्अत भन्दा पहिला यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई सम्मानजनक इज्जत वाला लामो आयु (दराजिये उम्र बिल खैर )प्रदान गर्नुहोस् |दोस्रो २ रक्अत मा यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई भबितब्य आपत बिपत्त दु:ख कस्ट (बलाअो )बाट रक्षा गर्नुहोस् |तेस्रो २ रक्अत मा यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई तपाईं भन्दा अरु माथि निर्भर नबनाउनुस् यानी मलाई केबल तपाईं को भर पर्ने वाला बनाउनुहोस् |ई ६ रक्अत मा सुरतुल फातिहा पछी जुनै पनि सुरह सरीफ पढ्न सकिन्छ तर हरेक रक्अत मा सुरतुल फातिहा पछी तीन -तीन पटक सुरतुल इख्लास सरीफ पढ्नु राम्रो हुन्छ |हरेक २ रक्अत पछी २१ पटक सुरतुल इख्लास सरीफ वा १ पटक यासिन शरीफ पढ्नुहोस् वा सकेसम्म दुबै पढ्नुहोस् अथवा एक जना ले यासिन सरीफ तिलावत गरेर अरु ले सुन्दा पनि हुन्छ याद गर्नुहोला होला सुन्न को लागि उपस्तित सबैजना ले ध्यानपुर्बक चुप भै कान लगाएर सुन्नु पर्दछ |
إن شاء الله रात सुरु हुँदै (सवाब )पुण्य को बर्षात हुन्छ |हरेक पटक यासिन सरीफ पछी "नीस्फे शबान "को दुवा पनि पढ्नुहोस|
तसर्थ यो रात धेर धेर अल्लाह तआलाको इबादत (पुजा) मा कटौ देश लगायत संसार भरि फैलियाको यो माहामारीलाइ मध्य नजर गर्दै हाम्रा आलिम दिन (धर्म गुरु)ले सबै माझ यहि नै संदेश दिनु भयको छ कि जति पनि इबादत गरिने छन् ति पूर्ण रुपमा घरमै रहेर गरौ जसरि पहिले बितेका सालहरुमा हामि हाम्रा मर्हुमिन(बितेका ) का लागि कबर्स्थानमा गइ दुवा र इसाले सवाब गर्दथेउ त्यो अहिले आफ्नै घरमा रही उक्त कार्यहरु गर्ने गरौ
ज्यान बचाउनु पनि एउटा फर्ज़ हो यसको पालना गरौ
सम्पूर्ण आस्थावान नेपाली मुस्लिममा आउदो शबे बराअतको धेरै शुभकामना सहित म ति सम्पूर्ण कुराहरुको लागि हजुर समक्ष माफी माग्दछु जुन मैले जानेर या न-जानी गरे हुला तपाइको हृदय मेरो कुनै सानो-ठुलो कुराले दुख्यो होला तसर्थ मलाई आफ्नै दाइ-भाइ सम्झी केवल अल्लाह त्आलाको मन्जुरीका निम्ति माफ (क्षमा) गरिदिनु होला र म पनि ति सम्पूर्ण कुराहरु लाइ भुल्दछु र अल्लाह त्आलाकै मन्जुरीको लागि माफ पनि गर्दछु ति सम्पूर्ण साना-तिना भुल चुकलाइ जो जानेर या नजानी गरियका थिय शबे बराअत त्यो रात हो जुन रात हाम्रो बार्षिक हिसाब किताब ( असल खराब कार्य ) को लेख जोखा गरिन्छ यानी हाम्रो आमालको रजिस्टर फेरिन्छ
हजरत इब्ने अब्बास (रजियल्लाहु त्आला अन्हु) बाट वर्णन गरियको छ "सम्पूर्ण हिसाब किताबको निर्णय शअबान को पन्द्रहौ रातमा हुन्छ "
(रूह उल मआनी १४ पेज १७४)
हजरते सय्यिदतुना अाइशा सिद्दिका
رضي الله عنھا
बाट रिवायत छ :प्यारा नबी ﷺ ले भन्नु भयो :-म निर जिब्रैइल علیہ السلام आएर भने यो शा 'बन को पन्ध्रौ रात हो ,यस्मा अल्लाह عَزَّوَجَــــل नरक बाट यती धेरै लाई आजाद फर्माउनु हुन्छ जती "बनी कल्ब "को बाख्रा हरु को रौं छन तर काफिर ,झगडालु (अदावत वला ) ,नाता तोड्ने वला ,कपडा लट्काउने वला ,आमा बाबा को आदेश नमान्ने वाला ,जड्या (सराब को आदी ) को तर्फ रहमत को नजर फर्माउनु हुन्न |
(पवित्र हदिस सरीफ को आसय)
شعب الإيمان ج 3 ص 384 حديث 3837
(हदिस सरीफ मा "कपडा लट्काउनेवाला "को जुन व्याख्या छ ,यस्को आसय ति मानिस हरु हुन जस्ले पाजामा वा पैन्ट घमण्ड को साथ कुर्कुच्चा भन्दा तल जमिन मा घिस्रिने गरी लगाउने गर्दछन |"
हजरते सय्यिदुना इमाम अहमद बिन हम्बल رحمه الله ले हजरते सय्यिदुना अब्दुल्लाह इब्ने अम्र رضي الله عنه बाट जो रिवायत नकल फर्माउनु भएको छ ,त्यस्मा हत्यारा पनि समाबेश गर्नु भएको छ|
(पवित्र हदिस सरीफ को आसय)
مسند الإمام أحمد ج 2 ص 589 حدیث 6653 دار الفكر بيروت
हजरते सय्यिदुना कसिर बिन मुर्रह رضي الله عنه बाट रिवायत छ ,प्यारा नबी ﷺ ले फर्माउनु भयो :अल्लाह عَزَّوَجَــــل शा'बान को पन्ध्रौ मा 'मुश्रिक र झगडालु' बहेक सबै जमिन वाला हरु लाई बख्शी (माफी दिनु )दिनु हुन्छ |
(पवित्र हदिस सरीफ को आसय)
شعب الإيمان ج 3 ص 381 حديث 3830 دارالكتب العلمية بيروت
शबे बराअत को दिन मग्रिब को फज्र सुन्नत आदी नमाजहरु पछी ६ रक्अत नफ्ल नमाज २ -२ रक्अत गरी पढ्ने तरिका हाम्रा अौलिया
رحمهم الله تعالىहरु रहेको छ |पहिलो २ रक्अत भन्दा पहिला यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई सम्मानजनक इज्जत वाला लामो आयु (दराजिये उम्र बिल खैर )प्रदान गर्नुहोस् |दोस्रो २ रक्अत मा यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई भबितब्य आपत बिपत्त दु:ख कस्ट (बलाअो )बाट रक्षा गर्नुहोस् |तेस्रो २ रक्अत मा यसरी निय्यत गर्नु पर्दछ 'या अल्लाह عَزَّوَجَــــل यो दुई रक्अत नमाज को बरकत बाट मलाई तपाईं भन्दा अरु माथि निर्भर नबनाउनुस् यानी मलाई केबल तपाईं को भर पर्ने वाला बनाउनुहोस् |ई ६ रक्अत मा सुरतुल फातिहा पछी जुनै पनि सुरह सरीफ पढ्न सकिन्छ तर हरेक रक्अत मा सुरतुल फातिहा पछी तीन -तीन पटक सुरतुल इख्लास सरीफ पढ्नु राम्रो हुन्छ |हरेक २ रक्अत पछी २१ पटक सुरतुल इख्लास सरीफ वा १ पटक यासिन शरीफ पढ्नुहोस् वा सकेसम्म दुबै पढ्नुहोस् अथवा एक जना ले यासिन सरीफ तिलावत गरेर अरु ले सुन्दा पनि हुन्छ याद गर्नुहोला होला सुन्न को लागि उपस्तित सबैजना ले ध्यानपुर्बक चुप भै कान लगाएर सुन्नु पर्दछ |
إن شاء الله रात सुरु हुँदै (सवाब )पुण्य को बर्षात हुन्छ |हरेक पटक यासिन सरीफ पछी "नीस्फे शबान "को दुवा पनि पढ्नुहोस|
तसर्थ यो रात धेर धेर अल्लाह तआलाको इबादत (पुजा) मा कटौ देश लगायत संसार भरि फैलियाको यो माहामारीलाइ मध्य नजर गर्दै हाम्रा आलिम दिन (धर्म गुरु)ले सबै माझ यहि नै संदेश दिनु भयको छ कि जति पनि इबादत गरिने छन् ति पूर्ण रुपमा घरमै रहेर गरौ जसरि पहिले बितेका सालहरुमा हामि हाम्रा मर्हुमिन(बितेका ) का लागि कबर्स्थानमा गइ दुवा र इसाले सवाब गर्दथेउ त्यो अहिले आफ्नै घरमा रही उक्त कार्यहरु गर्ने गरौ
ज्यान बचाउनु पनि एउटा फर्ज़ हो यसको पालना गरौ
No comments:
Post a Comment