[Latest News][6]

10

Translate

रमजान शरीफको रोज़ा का लागी जाननै पर्ने अत्यन्तं जरूरी मसाईलहरु

*रमजान शरीफको रोज़ा का लागी जाननै पर्ने अत्यन्तं जरूरी मसाईलहरु*
 *खालिद सैफुल्लाह निजामी*
इस्लामी रीसर्च इस्कालर अल-अजहर यूनिवर्सिटी मिस्र(Egypt) 
1- इस्लामी पात्रो अनुसार दुई (2)हिजरी शअबान महिनाको 10 (दस) तारीखका दिन रमजान शरीफको रोज़ा(व्रत) अनिवार्य(फर्ज)भएको थियो। यो भन्दा अगाडी मोहर्रम महिनाको आशूराको रोज़ा अनिवार्य थिए,नबी ए करीम सलल्लाहु अलैहि व सल्लम ले *नौ(9)वर्ष* रमजान महिनाको रोज़ा राख्नु भयो।
2- विना कारण रमजानको रोज़ा छोड़नु हराम हुन्छ।रोज़ाको इन्कार गर्नु वा मजाक उडाउनु कुफ्र हो।
3-सेहरी र इफ्तारी को समय टाईम टेबलका अनुसार गर्नु होला किन भने अजान दिन ढिलाई पनी भएको हुन सक्छ। त्यसैले सके सम्म सहरी तथा इफ्तारीमा टाईम टेबलको प्रयोग गरौ।
4-कोरोनाका कारण वा बिना कुनै कारण रोज़ा नछोड़नु होला।यदि कसैलाई कुनै रोग छ र कुनै मुस्लमान डॉक्टरले रोज़ा राख्न मना गरेको छ भने उसको लागी अलग हुक्म रहेकोछ।
5-सेहरीमा विना खानपिन पनी रोज़ा राख्न सकिन्छ तर उत्तम यो हुन्छ की केही खानेकुरा सहरीमा खाएर मात्र रोज़ा राखौ।
6-रोज़ाको निय्यत राति नै गर्न भलेको खण्डमा दिउसो (ज़ोहर भन्दा पहिला)निय्यत गरियो भने पनि रोज़ा हुन्छ, निय्यत जुबान बाट नै गर्नु पर्छ भन्ने पनी छैन मन-मनमा निय्यत गरे पनी पूरा हुनेछ जुबान बाट नियत गर्नु मुस्तहब मात्र हो।
7- यदि कुनै कारणले सहरीमा उठन ढिलो भयो केही खान पाएन भने रोज़ा हुन्छ शर्त यो छ की दिनमा केही खान भएन।
8-रोज़ाको अवस्थामा शरीरमा ग्लूकोज चढाउन सकिन्छ यदि अति अवश्यक परेको खण्डमा मात्र।
9-इनहैलर लिदा रोजा टूटने छ।
10-रोज़ाको अवस्थामा ब्लड (रगत) निकालन सकिन्छ।
11- रोज़ाको अवस्थामा ईन जैक्शन लगाउन सकिन्छ ।
12- रोज़ाको अवस्थामा आमाले आफ्नो बच्चा लाई स्तनपान(Feeding) गराउन सक्छ।
यदि बच्चा सानै छ र आमाले रोज़ा राख्दा बच्चा भोकले मरने वा बच्चामा केही समस्य देक्खा पर्ने डर तथा गर्भवती महिलाले रोज़ा राख्दा कमज़ोर हुने डर छ भने यो अवस्थामा रोज़ा छोड़न जायज छ।
13-जब नारी लाई हैज (माहवारी) शुरू भए देखि अंतिम दिन अर्थात ब्लड रोकिएको दिन सम्म रोज़ा नामज़ छोड़ पर्दछ, तर ईद पछि जती दिन ब्लड आएको थियो त्यति दिन सम्मको रोज़ा क़ज़ा गर्नु पर्दछ नामज़ को क़ज़ा गर्नु पर्दैन।
14-रमजानको महीनामा राती श्रीमान श्रीमती बिच शारिरिक सम्पर्क गर्न सक्छन।
15- नापाक (जसमाथि गुस्ल वाजिब भएको हुन्छ) बिहान ननुहाई सहरी खायो र दिन भरी नापाकीको हलातमै बस्यो भने पनी रोज़ा त हुन्छ तर जती सक्दो छिटो नुहाउनु पर्दछ किन भने नमाज़ क़ज़ा गर्नु छोड़नु पनी गुनाहे कबीरा हो ।
16-दिनमा सुतेको बेला नापाक (एह्तालम) भयो भने रोज़ा टूटदैन बस नमाज़को लागी नुहाउनु पर्द छ धेरै बेर सम्म नापाक बस्न हुदैन।
17- *बिना कुनै कारण*जान-जानी*दिनमा खुल्लमखुल्ला खाना खानु हराम हो।
18- रोज़ाको अवस्थामा रोज़ा राखेकोछू भनेर थाहा हुदा हुदै श्रीमती संग शारीरिक सम्पर्क राख्नाले रोज़ा टूटद छ यस्तो गर्ने व्यक्ति माथी रोज़ाको कज़ा र कफ्फारा दुबै अनिवार्य हुनेछ।यदि भूलेर गर्यो र याद आउदै अलग भयो भने रोज़ा बाकि रहन्छ।
19-आफ्नो थूक हाथमा लिएर फेरी निल्यो भने रोज़ा टूटदछ।
20-ईदको दिन रोजा राख्नु हराम छ यदि कसैले राख्यो भने तोड़ीदिनु पर्दछ उस्माथि कज़ा अनिवार्य हुनेछैन।
21-कोलगेट (ब्रश/मंजन) गर्दा निलिदैन भन्ने पूरा यकीन छ भने ब्रश गर्न सकिन्छ तर कोलगेटको स्वाद महसूस भयो भने जायज़ छैन सबै भन्दा राम्रो मिस्वाक वा निमको हागाको मिस्वाक बनाएर दात सफा गर्नु उचित हुन्छ त्यो संभव न भएको खण्डमा सेहरी गरेर अज़ान हुनु अगाड़ी नै मंजन गर्नु राम्रो।
22-सेहरीका लागी कुनै खास दुआ छैन कुनै पनी दुआ गर्न सकिन्छ न गरे पनी कुनै आपत्ति छैन समय भए सम्म भलाईको दुआ गर्नु उचित हुन्छ रोज़ाको नियत हुन ज़रूरी छ।
23-इफ्तारीको दुआ इफ्तारी गरिसके पछि गर्नु पर्दछ।
24-टाईम टेबलको हिसाबले इफ्तारी गर्ने वा इफ्तारीको समयमा अज़ान भयो भने पनि इफ्तारी गर्न सकिन्छ अज़ान पूरा भएपछि मात्र गर्छु भनेर कुरेर बसिरखन पर्देन किन भने इफ्तारीको लागी ढीला गर्नु उचित हुदैन।
25-यदि खुद ब खुद उल्टी आयो भने रोज़ा टूटदैन।
26-रोज़ाको अवस्थामा सबै तीर बाट ढाकीएको ठाउमा सबै कपड़ा निकालेर नुहाउदा रोज़ा टूटदैन।
27-रोज़ा राखेको मान्छेले कुनै कारण बस नमाज़ वा तरावीह अदा गर्न सकेन भने पनी रोज़ा टूटदैन तर नमाज़ छोडनुको अलगै गुनाह हुनेछ नमाज़ छोड़न हुदैन।
28- रोजा तोङने निय्यत गर्दैमा रोज़ा टूटदैन जब सम्म रोज़ा टूटने कुनै काम गर्दैन जस्तै खानपिन आदि।
29- झुटचुग्ली ,गिबत ,बद निगाही ,गाली दिनु शरिअतको इजाजत नहुँदा नहुँदा पनि अरु को दिल दुखाउनु ,दाह्री खौरिनु (clean shave) गर्नु अबैध (नाजाइज) र हराम हो ,रोजा मा झन हराम यस्ता कार्य ले रोजा को आध्यात्म (रुहानियत) मा असर गर्दछ र रोजा को नुरानीय्यत जान्छ |
30-भूलेर खाना खायो वा पानी पियो भने रोज़ा टूटदैन।
31-झींगा वा धुंवा,धुलो,गहुँ पिस्दा पीठोको धुलो मुखमा गयो भने रोज़ा टूटदैन।
32-तेल वा सुरमा लगाउनाले रोजा टूटदैन।
33- श्रीमती लाई चुंबन गर्दैमा रोज़ा टूटदैन तर यसबाट बचनु पर्दछ शावत पैदा हुने डर हुनेछ।
34-स्नान गर्दा वा वाजू गर्दा कुल्ली गरेर पानी फेकिदियो तर मुखमा भएको वसिलो पन ले रोज़ा टूटदैन साथै दात बाट रगत निस्कियो तर मुख मै जम्मा गरेर ननीली फेकियो भने रोज़ा टूटदैन।
35-कसै-कसै लाई कुरा गर्दा ओठमा थूक निक्लेर जम्मा हुने गर्दछ येस्तो अवस्थामा निलियो भने रोज़ा टूटदैन।
36-कुनै झींगा वा किरा मुख भित्र छिर्यो भने पनी रोज़ा टूटदैन।
37-भूलेर केहीखाने कुरा खादै वा पिउदै थियो तर याद आउने बित्तिकै फेकिदियो भने रोज़ा टूटदैन।
38-चुगली (अरुको कुरान काटनु) गर्दैमा रोज़ा टूत्दैन तर चुगली गर्नु महापाप हो यसबाट बचनु पर्दछ।
39-तिल वा तिल को बराबर कुनै चीज चबाएर थूक संगै निल्यो भने रोज़ा टूटदैन तर स्वाद आयो भने रोज़ा टूटदछ।
40-सिगरेट गुटखा आदि लागुपदार्थ सेवन गर्नाले रोज़ा टूटदछ।
41- पानी कान भित्र पस्यो भने रोज़ा टूटदैन।
42-आंसू वा पसीनाको थोपा मुख भित्र पस्यो भने रोज़ा टूटदैन तर धेरै रहेछ भने रोज़ा टूटदछ ।
43-अझै सेहरीको समय छ भन्ने सोचेर सेहरी खादै थियो तर पछि थाहा भयो की समय सक्की सकेको रहेछ भन्नेर यस्तो अवस्थामा कज़ा वाजिब हुनेछ।
45- बिरामी तथा मुसाफिर (बटुवा) हरुका लागी रोज़ा छोड़न अनुमति छ।
46-बच्चा जब दस वर्षको हुन्छ ऊ भित्र रोज़ा राख्ने क्षेमता छ भने उसलाई रोज़ा राखन आदेश दिनु कि उसको बानी बस्दै जावस।
47-रोज़ाको अवस्थामा कुल्ली गर्दा र नाकमा पानी चढ़ाउदा ध्यान दिनु पर्नेहुन्छ कुल्ली गर्दा हलक बाट पानी तल नजाओस र नाकमा भित्र पानी चढ़ाउदा धेरै भित्र नजाओस में पानी।
48-रोज़ाको अवस्थामा चिसोपनका लागी कुल्ली गर्नु नाकमा पानी चढ़ाउनु तथा स्नान गर्न जायज छ।
4-मुख़मा थूक जम्मा गरेर निल्दा मकरूह हुन्छ ।
50-सामान्य बिरामी ले रोज़ा राख्दा रोग बढ़ने,ढिलो निको हुने संभाबन वा वरिष्ठ डॉक्टरको सल्लाह वा आफ्नो भोगाई छ भने रोज़ा तोड्न सकिन्छ।
51- नारीको माहवारी शुरूभए देखि नै रोजा टूटछ।
माहवारी भएको बेला लुकेर खाना खान आवस्यक छैन।
52-कुनै विशालू जिव (सर्प/बिच्छु) ले टोक्यो र ज्यान जाने संभाबना भए रोज़ा तोड्न सकिन्छ।
53-कुनै व्यक्तिको नाममा अर्का व्यक्तिले रोज़ा राख्न सक्दैन।
54-घरमा यस्ता बुजुर्ग वृद्ध/वृद्धा छन जसले रोज़ा राख्न सक्दैनन र अब आउने दिन हरुमा पनि रोज़ा राख्न सक्दैनन भने उनीहरूले रोज़ाको बद्लामा मिस्कीन फ़क़ीरहरुलाई खाना खुवाउने अथवा हरेक रोज़ाको बद्लामा सदका फ़ित्राको रक़म फकीर लाई दिने ।
55- रमजानको महिनामा रोज़ा छुट्ने डर छ भने धेरै गारो काम नगर्ने वा कम काम गरेर आराम गर्दा राम्रो हुन्छ तर काम को लागी रोज़ा नाछोडनु।
56- *नोट:-*
यो वर्ष लोकडाउन रहने संभाबना धेरै रहेको छ फेरी पनी कोई चन्दा उसूली गर्न आउन सक्छन न बुझी ज़कात को पैसाको प्रयोग नगर्नु होला ज़कातको पैसा गलत ठाउमा न जाओस र आवस्यक परीकले मात्र पाउन याद राख्नुस मदरसामा ज़कात दुई शर्तमा मात्र दिन जायज़ रहेकोछ
*1-दीनी तालीम दिदै आएको होस*
*2-
 मदरसामा साच्ची कै पैसाको अवश्यकता भएको होस ।*
यो दुई शर्त मध्य एक पनी पाइएन भने उनिहरु लाई ज़काटको पैसा दिन आवश्यक छैन *कुरआने पाकमा ज़कात कहा खर्च गर्ने व कसलाई दिने भनेर प्रष्ट छ *
*
फकीर,ग़रीब,मिस्कीन आदी लाई ज़कात दिनु पर्दछ त्यसैले उनिहरुको हक नमारी दिनु होला उनिहरुको हक उनिहरुको हातमा पुगोस *

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search