[Latest News][6]

10

Translate

🕌 बैतुल मुक़द्दस 🕌

"मस्जिदे हराम " यानी 'काबा मुअज्जमा " यो धर्तीमा निर्माण गरियको सबै भन्दा पहिले मस्जिद हो तेस्पछि "मस्जिद ए अक्सा" यानी "बैतुल मुकद्दस"को निर्माण गरियो
(बुखारी,जिल्द 1,सफह 477 )

उक्त मस्जिदको जग हजरत दाउद अलैहिस्सलामले राख्नु भयो भने यसको सम्पूर्ण निर्माण हजरत सुलेमान अलैहिस्सलाम गर्नु भयको थियो
फतावा रज़वियह,जिल्द 2,सफह 209

हजरत मुसा अलैहिस्सलामले जुन ठाउमा आफ्नो खेमा राख्नु भयको थियो उक्त ठाउमा नै "बैतुल मुकद्दस"को जग हालियाको थियो
📕 नुज़हतुल कारी,जिल्द 7,सफह 558

यसको निर्माण "जिन्नत " द्वारा गराइयको थियो
📕 ख़ाज़िन,जिल्द 5,सफह 233

यस्तो तरिकाले,जब हजरत सुलेमान अलैहिस्सलामको वफात (मृत्यु) को १ बर्ष बाकि रह्यो र "मस्जिद ए अक्सा"का धेरै जसो कार्य अधुरै रह्यको थियो हजरत सुलेमान अलैहिस्सलाम एउटा असा (लौरो)को आडमा उभ्भिनु भयो र :जिन्नात"हरुलाई सम्पूर्ण निर्माण कार्य सम्झाइदिनु भयो ,यसै अवस्थामा वहाको वफ़ात भयो तर वहा त्यो असा(लौरो) को आडमा उभ्भिनै रहनु भयो वहालाई उभ्भियको देखेर "जिन्नात"हरु को हिम्मत भयन निर्माणको कार्यलाई रोक्ने ,रातो-दिन निर्माणको कार्यमा जुटी नै रह्य जब १ बर्ष पुरा भयो अनि "बैतुल मुकद्द्स"को निर्माण कार्य पनि सम्पन्न भयो तस्पस्चात अल्लाह त्आलाको आज्ञाबाट दिमक"धमिरा"हरुले हजरत सुलेमान अलेहिसलामले टेक लगायको त्यो असा (लौरो)लाइ खान सुरु गरे अनि वहाको शरीर मुबारकले धर्ती छुन पुग्यो तेस्पछि "जिन्नात "हरुलाई थाहा भयो कि हजरत सुलेमान अलेहिसलाम को वफ़ात भयको रहेछ भनेर
📕 क्या आप जानते हैं,सफह 79

हज़रत आदम अलैहिस्सलाम देखि लियर हज़रत दाऊद अलैहिस्सलामसम्ममा जति पनि नबिहरुको यो धर्तिमा आगमन  भयो वहा सम्पूर्ण नबिहरुको "किब्ला" काबा नै रहयो र हज़रत सुलेमान अलैहिस्सलाम देखि हजरत इसा अलैहिस्सलामसम्ममा  जति पनि नबिहरुको यो धर्तीमा आगमन भयो वहा सम्पूर्ण नबिहरुको किब्ला "बैतुल मुकद्दस" रहयो यहाँसम्म की इस्लाममा पनि १ बर्ष साढे ५ महिनासम्म "बैतुल मुकद्दस" नै किब्ला रहेको थियो तेस्पछि १५ रजब २ हिजरी "सोमबार "का दिन किब्लालाइ फेर्ने आज्ञा भयो अनि तेस्पछि "काबा मुअज्जम"किब्ला रहन गयो 
मदिना शरिफ बाट २ किलोमिटर टाढा शिमाल भनिने ठाउमा कबिला बनि सलमाको एउटा "मस्जिद"मा हुज़ूर सल्लल्लाहु तआला अलैहि वसल्लमले जोहरको नमाज पढाउदै हुनुहुन्थ्यो र २ रकातपनि पूर्ण भै सकेको थियो कि नमाजकै अवस्थमा वहा माथि "वही" आयो र हुज़ूर सल्लल्लाहु तआला अलैहि वसल्लमले नमाजकै अवस्थामा आफ्नो शरीर मुबारकलाइ "बैतुल मुकद्दस "बाट हटाइ "काबा मुअज्जम" तर्फ फेर्नु भयो तेही दिनबाट उक्त (जुन ठाउमा नमाज पढ़िदै
 थियो)"मस्जिद"लाइ "मस्जिदे किब्ल्तैन"मतलब दुइटा किब्ला भयको मस्जिद भनेर भनिन थालियो
📕 तफ़सीरे नईमी,जिल्द 2,सफह 5
📕 सीरते मुस्तफा,सफह 156

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search