[Latest News][6]

10

Translate

हाबिल र काबिल कुर-आन शरिफ अनि हदिस मुबारकबाट

हाबिल र काबिल संग आबद्ध केहि प्रश्न उत्तर कुर-आन शरिफ अनि हदिस मुबारकबाट 

प्रश्न: हाबिल र काबिल संग-संगै जन्मेका केटीहरुको नाम के के हुन् ?
उत्तर:हजरत हव्वा ( رضي الله عنها) कोखबाट हरेक चोटी एउटा केटा एउटा केटि जन्मिन्थ्यो
काबिल का साथमा जुन केटि जन्मिन उनको नाम अक्लिमा थियो भने हाबिल्का साथ् जन्मिने केटीको नाम लायुदा थियो
(Khazaen Paara 6 Ruku 9)
एउटा अर्को रिवायत यो पनि छकी हाबिलका साथ् जन्मेकी केटि को नाम यलुदा थियो
( Jalalain Hashiya 17 Page 98)
प्रश्न:हाबिल र काबिलले कुर्बानी का निम्ति के के चिज प्रस्तुत गरेका थिय ?
उत्तर: कुर्बानिका निम्ति काबिलले गहु अनि हाबिलले एउटा बाख्रा प्रस्तुत गरेका थिय
( Khazaenul Irfaan PAARA 6 RUKU 9)
त्यो कुर्बानिको संछिप्त बयान यस्तो छ
हजरत हव्वा ( رضي الله عنها) कोखबाट हरेक चोटी एउटा केटा एउटा केटि जन्मिन्थ्यो र उनीहरु बीच बैबाहिक सम्बन्ध गासिन्थ्यो तर यसको तरिका यस्तो थियो पहिलो पटक जन्मेको केटा अनि दोस्रो पटक जन्मेको केटीलाई एक आपसमा निकाह पढ़ाइन्थ्यो किनकि मान्छे आदम (عليه السلام) कै सन्तानबाट जन्मदै थिय यो संसारमा मानिसको संख्या बढाउनु थियो तसर्थ एकै कोखका (तर यहाँ यो सोच्नु पर्ने छ कि एकै कोख भयता पनि एकै चोटि जन्मेका संग निकाह गरिन्थेन ) संग निकाह पडाइन्थ्यो
अनि यहि अनुरुप काबिलसंग अक्लिमा जन्मिन उनि निक्कै सुन्दर थिइन् अनि हाबिलसंग जन्मने लायु दा उनि जतिकै सुन्दर थिनन जब यी चारै जना बैबाहिक जीवनमा बाधिने उमेरमा पुग्य तेही अनुरुप हजरत आदम (عليه السلام) ले रिवाज अनुसार लायुदा लाइ काबिलका निम्ति अनि अक्लिमालाइ हाबिलका निम्ति जोडी बनाउनु भयो
तर काबिलले यस प्रकार को जोडी अनि निकाह आफुलाई स्वीकार नभयको कुरा राखे किनकि लायुदा अक्लिमा भन्दा सुन्दर अनि अक्लिमा आफु संगै जन्मेको हुदा अक्लिमासंग निकाह गर्ने पहिलो हक उसको हुनु पर्ने तर्क प्रस्तुत गर्यो
हजरत आदम (عليه السلام) ले भन्नु भयो "अक्लिमा तिमिसंगे जन्मेकी हुनाले ति तिम्री बहिनि हुन् उनीसंग तिम्रो निकाह हलाह (बैध) हुदैन "
काबिलले जोड गर्यो कि "त्यो तपाइको बिचार हो الله جوزيل ले यस्तो आज्ञा त् दिनु भयको छैन "
हजरत आदम (عليه السلام) ले भन्नु भयो "ठिकै छ तिमीहरुले एउटा एउटा कुर्बानी गर्नु जसको कुर्बानी स्वीकार्य हुन्छ तेही अक्लिमाको दाबेदार हुन्छ "
त्यो जमानामा जुन कुर्बानी स्वीकार्य हुन्थ्यो तेस्लाई आकाशबात एउटा आग आयर खान्थ्यो
हाबिलले एउटा बाख्रा कुर्बानी को निम्ति ल्यायो उसले गाइ बाख्रा पालन पनि गर्दथ्यो
अनि काबिलले कुर्बानी का निम्ति गहु ल्यायो
अचानक आकासबाट एउटा चट्त्यांग चम्कियो अनि हाबिलको बाख्रालाइ लियर गयो काबिलको गहुलाई छोडिदियो
काबिल एकै चोटी रिसले मुर्मुरिन थाल्यो र हसद(इर्ष्या) गर्न थाल्यो हाबिलको हत्या गरिदियो
( Khazaenul Irfan para 6 Ruku 9)
प्रश्न:जति बेला काबिलले हाबिल को हत्या गरेको थियो त्यो समयमा दुइ जना को उमेर कति थियो अनि
हजरत आदम (عليه السلام) को उमेर कति थियो ?
उत्तर:जतिबेला काबिलले हाबिलको हत्या गरेको थियो तेती बेला काबिलको उमेर २५ अनि हाबिल को उमेर २० बर्षको थियो तेस्तै हजरत आदम (عليه السلام)को उमेर शरिफ १२५ बर्ष थियो
(alkamil Fil Tarikh Jild 1 Page 18
Ajaibul Quraan Page 95 ) ( RuhUl Bayan Jild 2 Page 555)
प्रश्न:काबिलले हाबिललाइ कसरि हत्या गरेको थियो ?
उत्तर :यो सम्बन्धित धेरै प्रकारका उत्तर हरु छन्
१-हबिल सुतेका थिय अनि काबिलले एउटा ठुलो ढुंगाले टाउकोमा हानि हत्या गरेका थिय
२-काबिलले फलामले हानि हाबिल को हत्या गरेका थिय
३-कुनै भन्छन हिर्न्षक जनावर बात मार्न लगायका हुन्
४-कसैको यो पनि भनाइ छ कि काबिलले हाबिलको घाटी थिची मरेका हुन्
५-यो पनि भनाइ छ कि शैतानले देख्यो कि काबिललाइ हत्या गर्ने ढंग छैन अनि उसले एउटा जनावरलाइ समात्यो र त्यो जनवारमाथि एउटा ढुंगा राख्यो अनि तेस्माथी अर्को ढुंगा ले हान्यो
यो सबै देखेर हाबिलले पनि आफ्नो भाइलाई तेही अनुरुप हत्या गर्यो
जब इब्लिश ल-इनले यो देख्यो कि हाबिललाइ काबिलले हत्या गर्यो उ दौडिदै हजरत हव्वा ( رضي الله عنها) भयको ठाउमा पुग्यो अनि भन्यो "काबिलले हाबिलको हत्या गरिदियो "
हजरत हव्वा ( رضي الله عنها) भन्नु भयो " यो हत्या भनेको के ?
शैतान मर्दुदले भन्यो " न केहि खान्छ न बोल्छ न हिड्-डुल नै गर्छ "
हजरत हव्वा ( رضي الله عنها) भन्नु भयो "सायद उसलाई मृत्यु आयछ "
( Ibne Kaseer Para 6 ruku 9 )
प्रश्न:काबिलले हाबिललाइ कुन दिन हत्या गरेको थियो ?
उत्तर : यो घटना मंगलबार भयको थियो
प्रश्न:जति बेला उक्त घटना घटेको थियो हजरत आदम (عليه السلام) कहाँ हुनुहुन्थ्यो ?
उत्तर :हजरत आदम (عليه السلام) हज बैतुल्लाह का निम्ति मक्का सरिफ तिर प्रस्तान गर्नु भयको थियो अर्को एउटा लेख अनुरुप हजरत आदम (عليه السلام) जंगलमा पशु चराउदै हुनुहुन्थ्यो
क्रमस ...........................

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search