[Latest News][6]

10

Translate

हजरत ख्वाजा मुईनुद्दीन चिश्ती गरीब नवाज(رضی اللہ عنہ) लेखिका:जाहिदा बानू अर्घाखाँची

याे एक प्रख्यात एेतिहासिक तथ्य हाे की इस्लामकाे नैतिक र आत्मिक महत्व फैलाउनमा प्रमुख देन अल्लाहका वली(सन्त)हरुकाे रहेकाे हुन्छ|याे उहाँहरुकाे स्वभाव,मानवताबाद र निष्ठा थियाे जसले हजाराैं मानिसकाे दिलमाथी जित हासिल गर्नुभयाे|मानिसहरुकाबीच जीवन बिताएर सेवा र मायाँका साथ प्रतक्छ्य रुपमा सन्देश सुचित गर्नुभयाे र आन्तरिक तथ्यकाे वास्तविकतामा उनीहरुलाई प्रेरित गर्नुभयाे|भारतका सुल्तान,कुत्ब तथा पूर्वी इस्लामिकका आत्मिक केन्द्र,इस्लाम र सुफीहरुमा अति सम्मानजन्य र सबै ठाँउका प्रख्यात नमूना,आफ्नाे समयका एक महान रहस्यमय,विद्वान हजरत ख्वाजा गरीब नवाजकाे जन्म करीब ५३६ हिज्रीमा खुरासन प्रान्तकाे सन्जर नामक गाँउमा भएकाे थियाे|उहाँकाे पिताकाे नाम गियासुद्दीन हसन थियाे जाे आठाैं पुस्तामा हजरत मुसा काजिमका नाती हुनुन्थयाे र माताकाे नाम बिबी उम्मुलवरा उर्फ माहेनूर थियाे जाे हजरत अली(رضی اللہ تعالی عنہ)काे वंशबाट हुनुहुन्थ्याे|हजरत बिबी उम्मुलवराबाट कथन छ की जुन समय मेराे नूरे नजर(मुईनुद्दीन)मेराे गर्भमा आयाे तब मेराे घर कृपाले भरिपूर्ण भयाे र जब जन्म लियाे तब घर नूर(प्रकाश)ले चम्कियाे| विश्वका चार धाराहरुमध्ये चिश्ती एक सिलसिला हाे जुन तरिका अबु इस्हाक शामी ले इरानकाे शहर चश्तमा प्रारम्भ गर्नुभएकाे थियाे त्यसैले यस तरिकाकाे नाम चिश्तिया रहन गयाे|मानिसलाई प्रेरित गर्ने महान कार्यकाे सिद्धान्त र महत्व हजरत ख्वाजा गरीब नवाजद्वारा पूर्ण हुन्छ|उहाँले कुनै दबाब,शक्ती र सांसारीक सम्पत्तिबिना आफ्नाे मायाँ,त्याग,महान नीति,धार्मिक र विनम्र चरित्रद्वारा मानिसहरुलाई प्रेरित गर्नुभयाे|उहाँकाे अभ्यास सुन्नत र कुरआनकाे नियुक्तीकाे साथमा आधारित थियाे|मानवता र कुरआनी दर्शनशास्त्रकाे उपदेश दिनुभयाे|उहाँ गरीबहरुलाई अत्यन्तै मायाँ र दया गर्नुहुन्थ्याे त्यसैले उहाँलाई गरीब नवाज भनिन्छ|उहाँकाे नैतिक चरित्र इस्लामकाे वास्तविक चरित्र थियाे|जब हजरत ख्वाजा गरीब नवाज व्यापक रुपमा पीर(आत्मिक अगुवाकर्ता)काे खाेजीमा यात्रा गर्नुभयाे जसले उहाँलाई उत्तम आत्मिक नेतृत्वका साथ प्रदान गर्न सकाेस|कुरआनमा छ,"ए तिमी जाे विश्वास गर्छाै!आफ्नाे कर्तव्यप्रती अल्लाह तर्फ सावधान हाेउ र उहाँ सम्म पुग्न सकिने माध्यमकाे अपेछ्या गर र उहाँकाे बाटाेमा प्रयत्न गर ताकी तिमी सफल हाेउ|"(५:३५) र उहाँले साेही अनुसार हजरत उस्मान हारुनी(رضی اللہ عنہ)संग जानुनुभयाे जाे त्यस अवधीका अतूलनीय आत्मिक नेतृत्व र एक विद्वान हुनुन्थ्याे|पहिलाे भेटमा उहाँले आफूलाई मुर्सिद र आत्मिक नेताकाे साथीकाे रुपमा लिनुभयाे|ख्वाजा गरीब नवाज करीब ५२ बर्षकाे उमेरमा सन 1190 तिर आफ्नाे उद्देश्यकाे लागी भारतकाे अज्मेरमा आउनुभयाे|उहाँकाे एकमात्र महान मिसन अदृश्य शक्ती थियाे|त्यतीबेला अज्मेरमा पृथ्वीराज चाैहानकाे शासन थियाे जाे प्रसिद्ध राजपूत राजा थियाे|उसकाे अदालतमा उसंग धेरै संख्यामा शक्तिशाली जादु थियाे र अजयपाल पनि थियाे|ख्वाजा गरीब नवाज अाना सागर नजिक लेकमाथी बस्नुभयाे तर उहाँले आफ्नाे मिसनलाई निरन्तर्ता दिनुभयाे|मानिसलाई सत्यकाे बाटाे देखाइरहनुभयाे|भाैतिक दलदलमा गडिरहेकाे विभिन्न जातजाती र समुदाय जाे ध्वस्तकाे बाटाेमा अगाडी बढीरहेकाे थियाे त्यस्ता समुदाय र जातीलाई एकत्रित गरेर उद्वार गर्नुभयाे|उहाँकाे शिछ्याकाे सुन्दर पाठहरु अल्लाहका शब्दहरुमा रहेका छन जुन बहुसंख्यककाे दिलमा प्रकट हुन्छ| ख्वाजा गरीब नवाजका एक हजार खलिफा(उत्तराधिकारी) र हजाराैं मुरिद थिए|उहाँका शिश्यगणहरुमध्ये प्रमुख कुत्बुद्दीन बख्तियार काकी,बाबा फरीद,निजामुद्दीन आैलिया,हजरत अहमद अलाउद्दीन साबिर कलियारी,अमिर खुस्राे,नसुरिद्दीन चिराग दहलवी,बन्दे नवाज,अस्रफ जहाँगिर सिम्नानी र अता हुसैन फानी हुनुहुन्थ्याे| हजरत ख्वाजा गरीब नवाज काे ८०६ आैं उर्स १४३९ हिज्री अर्थात सन 2018 यही March महिनामा मा आउदै गरेकाेमा अत्यन्त खुशी छु| हम भटक के रह जाते,आकेबत बिगडजाती ख्वाजाका करम कहिये जिसने आ सम्भाला है मैं ताे फिर गदा ठहेरी,ताजदाराेंकाे देखाे
लेखक:जाहिदा बानू अर्घाखाँची      
दस्त-बस्ता हाजिर हैं ऐसा ताज वाला है व गरीब परवर हैं,काैन उनका है सानी बेकसाें,गराबाेंकाे अप्ने दरसे पाला है लेखक:जाहिदा बानू अर्घाखाँची

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search