[Latest News][6]

10

Translate

आदिवासी, मुस्लिम र क्रिश्चियन समुदायका लागि ‘अन्त्येष्टि स्थल’ निर्माण गर्न सांसदको माग

पोखरा– गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्। 
बिहीबारको प्रदेशसभा बैठकमा सांसद मनकुमारी गुरुङले प्रदेश सरकारले तत्काल कानुन निर्माण गरी मुस्लिम समुदायको ‘कबरस्थान’, आदिवासी जनजातिको ‘चिहान डाँडा’ र क्रिश्चियन समुदायको ‘समाधिस्थल’ भनेर चिनिने अन्त्येष्टि स्थलहरुलाई आधिकारिता प्रदान गर्नको लागि दर्ता गरी लालपूर्जा दिन माग गरिन्। 
सांसद गुरुङले गण्डकी प्रदेशमा छरिएर रहेका यी समुदायको अन्तिम संस्कार गर्ने ठाउँहरुको अहिलेसम्म राज्यले कानुन बनाएर त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन्। 
अन्तिम संस्कार गर्न पाउने संवैधानिक अधिकार भएको र यसलाई प्रदेश सरकारले आधिकारिक रुपमा सुनिश्चित गर्नुपर्ने उनको माग छ। 
सांसद गुरुङले गोरखाको पालुङटारदेखि ट्याङ्ली लगायत १० वटै वडाहरुमा आधुनिक लिची व्यवसायको लागि उत्तम हावापानी रहेको भन्दै उक्त क्षेत्रलाई आधुनिक लिची खेतीको लागि पकेट एरिया घोषणा गरी विशेष अनुदानको व्यवस्था गर्न पनि माग गरिन्। 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search