[Latest News][6]

10

Translate

के हो तसहुद(अत्ताहियात) ?



अस्सलाम व अलैकुम
==========================
आउनुस आज जानौ तस्सहुद(अत्ताहियात) जुन हामीले नमाजमा पढने गर्छौ के हो ?
कसरि सुरु भयो ?
यो एउटा महत्व पूर्ण दुवा हो जब यसको महत्व मैले बुझे मेरो हृदयलाई निक्कै सकुन मिल्यो
के हो तसहुद(अत्ताहियात) ?
तसहुद(अत्ताहियात) वास्तबमा कुराकानी हो अल्लाह अज्ज़वज़ल र उसका प्रिय अन्तिम संदेष्ठा मुहम्मद (صلى الله عليه وسلم) बिचको
प्रिय अन्तिम संदेष्ठा मुहम्मद (صلى الله عليه وسلم)जब अल्लाह अज्ज़वज़लसंग भेटन पुग्नु भयो वहाले अल्लाह अज्ज़वज़ल लाइ सलाम गर्नु भएन् र अस्सलाम व अलैकुम भन्नु भएंन
वास्तवमा अल्लाह अज्ज़वज़ललाइ सलाम पेस गर्न सकिन्न किनकि सम्पूर्ण सलामती उनै अल्लाह अज्ज़वज़ल बाट नै आउने हुदा कसरि कसैले अल्लाह अज्ज़वज़ल लाइ सलाम गर्न मिल्छ
तसर्थ प्रिय अन्तिम संदेष्ठा मुहम्मद (صلى الله عليه وسلم)ले अल्लाह अज्ज़वज़ल लाइ सलाम न गरि यो शब्द भन्नु भयो "अत्तहिय्यातू लिल्लाही वस्सलवातू वत्तह्यीबात"
तर्जुमा एकन्जुल इमान "(तमाम बोल से अदा होनेवाली और बदन से अदा
होनेवाली तमाम इबादते अल्लाह के लिए है)
तेस्पछी अल्लाह अज्ज़वज़लले यसरि जवाब दिनु भयो "अस्सलामु अलैका या अय्यूहनबी वरहेमतुल्लाही
वबरकातूहू"
(सलामती हो तूमपर या नबी, और रहेम और बरकत
हो)
फेरी नबि ए करीम (صلى الله عليه وسلم)ले भन्नु भयो
"अस्सलामू अलैना वला इबादीस्साॅलेहीन"
(सलामती हो हमपर और अल्लाह आपके नेक
बन्दो पर"
(यहा हाम्रा आका व मौला नबि ए करीम (صلى الله عليه وسلم) सलामति हो म माथि भन्नु भएन वहाले सलामति हो "हामि सबै माथि "भन्नु भयो )
यी सबै कुरा फरिस्ता हरुले सुनेका थिय सुने पश्चात फरिस्ताहरुले यो भने
"अश्हदू अल्लाह इलाहा इल्लल्लाहु व अश्हदु
अन्न मुहम्मदून
अब्दुहू व रसूलूहू"
(हम गवाही देते है की, अल्लाह के सिवाह कोई
इबादत
के लायक नही है और हम गवाही देते है की, हजरत
मोहम्मद सल्लल्लाहु अलैही वस्सल्लम अल्लाह
के नेक बन्दे
और रसूल है)
प्रिय इस्लामिक दाजु-भाइहरु सोच्नुस त् हामीले कति महत्वपूर्ण दुवा हरेक नमाज मा पढ्छौ
मैले आज सम्म कुनै पोस्टमा पनि हजुरहरु संग सेर गरिदिनु होला भनेको छैन तर कृपया यो पोस्टलाइ धेरै भन्दा धेरै शाझा (सेर) गरिदिनु होला
👀👀👀नोट :: मैले तर्जुमा हिन्दि मै राखिको कारण यो हो कि म कुनै आलिम या तराजिममा दक्ष राक्ने वेक्ती होइन यदि तर्जुमा गर्दा (खासमा कुरानका आयात हरु) कुनै एक शब्द तलमाथि हुन् गए मेरो आखिरत बर्बाद हुने छ तसर्थ इस्लामिक भाइ हरु संग एउटा निवेदन यो छ कि आफ्नो दिमाग लगाई कुरान का कुनै पनि शब्दको तर्जुमा नगरिदिनु होला यदि कुनै शब्द बुझ्नु भयको छैन भने नजिकै का ओल्मा ए हक संग सम्पर्क गर्नु होला 👀👀

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search