[Latest News][6]

10

Translate

तलाक(सम्बन्ध-बिच्छेद ) को मुख कारण के ? यसका जिम्मेदार को ?

अस्सलाम व-अलैकुम(السلام عليكم ورحمة الله وبركاته
)
===============================================
आज हाम्रो समाजमा तलाक(सम्बन्ध-बिच्छेद )का घटना निक्कै सामान्य भै सकेको छ
आखिर तलाक(सम्बन्ध-बिच्छेद ) को मुख कारण के ?
यसका जिम्मेदार को ?
आज भोलि केहि कथित आधुनिक बिचार-धारा भिरेका युवा-युवती संचार-क्षेत्र,टिभी या समाज भित्र ठुला ठुला अवाजमा तलाक(सम्बन्ध-बिच्छेद )को बिषयलाई शरियत(इस्लामी कानुन) जिम्मेवार मान्दछन
के कहिले तिनका आमा-बाबा लगायत ति युवा-युवतीले उनको निकाह(बिवाह) पुर्व केहि सोधपुछ गरेका थिय ?
कि केटालाई दिनको बारे केहि ज्ञान छ कि छैन ?
पाचै वटा नमाजको पावन्द छ कि छैन ?
पूर्ण इमान-वाला छ छैन ?
हलाल(वैध) कमाइ कमाउछ कि कमाउदैन ?
कुनै समस्या पर्यो भने शरियत(इस्लामिक कानुन) अनुसार रही त्यो समस्याको समाधान गर्न सक्छ कि सक्दैन ?
होइन यस प्रकारको सोध-खोज कुनै आमा-बाबा या युवा युवतीले गर्दैन्
सबै जना यो हेर्दछन कि
कति कमाउछ
हराम (अवैध) हलाल (वैध ) संग कुनै प्रकारको मतलब छैन मात्र कति कमाउछ
कस्तो देखिन्छ,देखिन्छे
घुम-घाम गराउछ कि गराउदैन
कुनै अर्कै केटासंग बोल्दा कराउने त् होइन
दाढी पालेको त् छैन या बुर्कावाली त् होइन
पार्लर जान त् दिन्छ जुवा तास खेल्न रोक्ने त् होइन
प्यारा प्यारा इस्लामिक दाजु-भाइ तथा दिदि-बहिनि यदि हामीले यस्ता कुरामा भन्दा यी कुरालाइ मनन गरेका भय 👇👇
दिन प्रति आस्थावान छ कि छैन ?
साचो मोमिन र आसिके रसुल (صلى الله عليه وسلم) छ कि छैन ?
उसलाई निकाह(बिवाह) का इस्लामिक कानुन थाह छ कि छैन?
इस्लाममा श्रीमती या श्रीमानको आ-आफ्नै हुकुक हुन्छन त्यो ज्ञान उसमा छ कि छैन ?
जसलाई सम्बन्ध को अर्थ राम्रो संग थाहा छ कि छैन ?
इस्लाममा तलाक(सम्बन्ध बिच्छेद ) कसरी हुन्छ त्यो कुराको ज्ञान छ कि छैन ?
जब तपाइँ खुद कुनै फिल्मका नायक-नायीका झैँ बनेर आफ्नो जीवन-साथि खोज्न निस्कनु हुन्छ भने जानियाकै कुराहो तपाईलाई वर या वधु पनि तेही अनुरुपका मिल्ने छन्
तपाईलाई एउटा जिम्मेवार लोग्ने या वफादार श्रीमती कसरि मिल्न सक्छ
यदि शरियत अनुसारको जीवन साथि रोज्नु हुने थियो भने तपाइको जीवनमा तलाक(सम्बन्ध बिच्छेद ) भन्ने शब्द पनि सुन्नु पर्ने थियन
निकाह(बिवाह) गर्ने समयमा युवा-युवती अनि आमा-बाबालाइ शरियतको कुनै ध्यान रहेन तर जब तलाक (सम्बन्ध बिच्छेद ) को कुरा निस्कियो अनि औला उठाउन थाल्छन शरियत माथि कस्तो बिडम्बना ?
तिमि आफैले रोजेका हौ तिम्रा जीवन साथि जसलाई शरियतको (श) पनि थाहा थियन
तिमि पनि भागेदारी हौ यो तलाक (सम्बन्ध बिच्छेद ) को
यदि कुनै पनि अभिभावकले आफ्ना छोरा छोरीलाई इस्लामिक ज्ञान नभयका घरमा दिन्नौ भनि सोच राख्ने हो भने हरेक अभिभावकले आफ्ना सन्तानलाइ इस्लामका आधारभूत शिक्षा दिन बाध्य हुन्छन जसरि दुनियाको ज्ञान दिन रातो दिन खटिन बाध्य छन् किनकी सन्तानलाइ त् समाज भित्रै बिबाहिक जीवनमा बाधिदिनु छ
तेसरिनै हाम्रा युवा युवतीले पनि यो प्रण गरौकी जो संग आफ्नो बैबाहिक नाता गासिने हो उसले इस्लामका आधारभूत शिक्षा लियकै हुनु पर्ने छ अन्येथा "म" यो सम्बन्धमा गासिन्न
अनि हेर्नुस हाम्रो समाज भित्र जरो गाडेर बसेको यो भयावह रोग कसरि निस्कने छ
अनि कसरि सुखमय हुने छ तपाइँ हाम्रो बैबाहिक जीवन

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search