[Latest News][6]

10

Translate

सुदूरमा रमाएका मुस्लिम

बयालपाटा, अछाम — बयालपाटा बजारको पूर्वतिर मध्यपहाडी लोकमार्गको बीचैको एउटा मुस्लिम बस्ती । जहिल्यै शान्त । जिल्लाभर मदिरा सेवनले घरेलु हिंसा, सम्बन्धविच्छेद, समाजमा कलह, अशान्ति मच्चाउने घटना दिनहुँ बाहिर आउँदा पनि यो समुदाय आफ्नै लयमा । यहाँ यस्ता कुनै घटना सुनिँदैनन् । यो बस्तीमा मदिरा प्रतिबन्ध जस्तै छ । कुनै निकायले बल गरी मदिरा निषेध भने गरेका होइन । गाउँका कसैले पनि मदिरा सेवन गर्दैनन् । धर्मैले मदिरा निषेध गरेको भन्दै कसैले कसैलाई सम्झाइरहन पर्दैन ।

सामाजिक सद्भाव कायम गर्दै सबैसँग हातेमालो र सहकार्य गर्दै बसेकाले उनीहरू खुसी देखिन्छन् । हिन्दु धर्मावलम्बी बाहुल्यता भएको अछाममा बसोबास रहेको बयालपाटाको मुस्लिम समुदायको इतिहास लामो छ । फरक धर्म भए पनि रहनसहन र वेशभूषामा कुनै भिन्नता छँदै छैन ।

हजार वर्षअघि भारतको लखनउबाट यहाँ आएर बसेको उनीहरू बताउँछन् । समुदायका अगुवा केशर मियाँका अनुसार चुरा बनाउने मुख्य पेसा अपनाउने भएकाले टोलको नामै चुडेल्नी गाउँ राखिएको थियो । यो पेसा व्यवसाय गर्ने क्रम छुटेपछि अहिले गाउँको नामै परिवर्तन गरिएको छ ।

साँफेबगर नगरपालिका ८ मा पर्ने चुडेल्नी गाउँलाई नगरले मियाँपुर नाम राखेको छ । हाल गाउँको नाम मात्रै बदलिएको छैन, आफ्नो धर्म संरक्षणका लागि मियाँपुरका सबैमा एकताको भावनासमेत जागृत भएको छ । अल्पसंख्यक समुदायका रूपमा चिनिने यस गाउँमा २५ परिवार र २१० जनसंख्या रहेको केशर मियाँले बताए ।मियाँलाई अरूले गरिब पिछडिएका भनेर सम्बोधन गर्दा दु:ख लाग्छ । ‘बहुसंख्यक समुदायको जस्तै भीरपाखामा जग्गा छ । बगरमा खेत छन् । अरुभन्दा अचल सम्पत्तिमा धनी छौं,’ उनी भन्छन्, ‘हामी शिक्षामा कमजोर छौं । समयमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने नबुझदा हामीलाई हेर्ने दृष्टिकोण फरक भएको होला । तर हामी मनका गरिब छैनौं ।’
उनका अनुसार अहिले गाउँमै मस्जिद छ । जहाँ नमाज पढिन्छ ।

यसले आफ्नो धर्ममा आबद्ध भएकाहरूलाई अनुशासनमा बस्न सिकाएर गाउँ नै शान्त भएको उनी बताउँछन् । शिक्षाको क्षेत्रमा पछि परेको ठहर गर्दै यहाँका अगुवाहरूको नेतृत्वमा मदरसा दारुल कुरआना प्राथामिक विद्यालय ०६६ मा स्थापना गरे । कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा धार्मिक शिक्षा र विद्यालयको शिक्षा दिने गरिएको शिक्षक शम्भु मियाँले बताए । ‘गाउँमा शिक्षाको अवस्था धेरै कमजोर भयो ।

हजार वर्षअघि आएर बस्यौं । हाम्रो पहिचान के हो त भन्ने लाग्यो । संघर्ष गर्‍यौं र गाउँमै मदरसा खोल्यौंं,’ उनले भने, ‘हाल विद्यालयमा एक शिक्षकको दरबन्दी छ । २३ विद्यार्थी छन् । धार्मिक विषय पढाउने शिक्षकले उर्दु भाषाबाट पढाउँछन् । अरुले अन्य विद्यालयको जस्तै पाठ्यक्रम पढाउँछन् ।’

उनका अनुसार गाउँमा पढलेखेका र जागिर गर्नेको संख्या कम छ । गाउँमा स्नातक गरेका एक र अन्य शिक्षा पाएका ५/७ जना मात्रै छन् । अहिलेसम्म सरकारी जागिरमा कोही छैनन् । अरू समुदाय जस्तै मियाँपुरका प्रत्येक परिवारबाट रोजगारीको लागि भारत गएका छन् । ६ जना कामका लागि खाडीतिर भासिएका छन् ।

इस्लाम धर्मका गुरु सुरत मियाँका अनुसार मुस्लिम र हिन्दुको नाम फरक हुन्छन् । तर यहाँ भने फरक छैन । ‘पहिले जन्मेका पुरुषको नाम शम्भु, सुरत, केशर र महिलाको माया, धौली, ममता जस्ता नाम राखियो । यो हिन्दु धर्मको प्रभाव हो,’ धर्मगुरु मियाँले भने, ‘अहिले मुस्लिमबारे बुझ्दै छौं ।अहिले छोराहरूको नाम सोहिल, अब्जल, नसिब, इसाद जस्ता छन् भने छोरीहरूका नाम रुप्सार, अप्सा, सजिना, सैनाज जस्ता ।’ यी नाम मुस्लिमहरूले राख्ने उनले सुनाए । मुस्लिमले जस्तै यहाँ घुम्टो ओढ्ने चलन पनि छैन । भुगोल, ठाउँ परिवेशले पनि प्रत्येक जातजाति, धर्म संस्कारलाई प्रभाव पार्छ ।

मुस्लिम समुदायबाट राजनीति गर्ने, पढाइमा अघि बढ्न चाहनेलाई सहयोग गर्ने र हरेक दु:खसुखमा साथ दिने हिन्दु धर्मावलम्वीको यो समुदायका मान्छे खुलेरै प्रशंसा गर्छन् । ‘धर्म, चाडपर्व रितिरिवाज फरक भए पनि हाम्रो लवाइखुवाई, बोली, भाषा, रहनसहन एकै छ,’ शिक्षक ममता मियाँले भनिन्, ‘आलोपालो काम गर्छौं । मिलेर बसेका छौं । धर्म फरक भए पनि हामीमा कहिल्यै दरार आएन ।’

प्रदेश र संघको निर्वाचन हुँदा वडा सदस्यसम्म पनि एक जनप्रतिनिधि नहुनुले राज्यले यो समुदायलाई नहेरेको उनीहरूको गुनासो छ । मुस्लिम समुदायको अछाम, बाजुरा, डोटी र कैलालीमा बसोबास रहे पनि कुनै पनि क्षेत्रबाट आफ्नो प्रतिनिधित्व नभएको उनीहरूको गुनासो छ ।प्रकाशित : भाद्र ५, २०७६ १२:११

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search