[Latest News][6]

10

Translate

हाबिल र काबिल संग आबद्ध केहि प्रश्न उत्तर कुर-आन शरिफ अनि हदिस मुबारकबाट भाग-२



==============================================

प्रश्न:काबिलले हाबिल को लाशलाई कति दिन सम्म लियर हिड्यो ?

उत्तर:हत्या पश्चात काबिललाइ यो चिन्ता पर्यो कि यो लाशलाई के गरु (संसारमा यहिनै पहिलो हत्या थियो अनि हत्या पश्चात गाड्ने तरिका थियन) तसर्थ उसले लाशलाई ४० दिन सम्म लियर हिडी रह्यो ( Ruhul Bayan Jild 1 Page 555 )अर्को रिवायत अनुसार १ बर्ष सम्म आफ्नो काधमा लियर हिडी रह्यो

प्रश्न:काबिलले हाबिलको लाशलाई कसरि दफन गर्यो ?उत्तर:काबिल निक्कै थाकी सकेको अनि यो पत्तो पनि थियन कि यो लाशलाई के गर्ने कहाँ लाने किनकि तेतिबेला सम्म कुनै को हत्या भयको थियन र लाश लाइ गाड्नु पर्छ भन्ने कुरा पनि थाहा थियन अन्त्यमा उसले देखछ कि दुइ काग हरु एक आपसमा लडिरहेका छन् ति दुइ मध्य एक को मृत्यु हुन्छ अनि जीवित रहेको कागले आफ्नो ठुड अनि पन्जाले जमिनलाइ खोस्रेर खाल्डो पार्छा नि त्यो मृत कागलाई उक्त खाल्डोमा पुर् यो सबै देखेर काबिललाइ लाश लाइ जमिनमा खाल्डो खनेर पुर्नु पर्ने रैछ भन्ने ज्ञान हुन्छ र उसले हाबिलको लाशलाई पनि खाल्डो खनी गादिदिन्छ उक्त दफन गरियको लाश नै संसार को पहिलो दफन भयको लाश हो (Khazaenul Irfan Para 6 Ruku 9 )



प्रश्न:हाबिल को हत्या भयको खबर हजरत आदम(عليه السلام)ले कति दिन पश्चात थाह पाउनु भयो अनि कसरि ?
उत्तर:जब हजरत आदम(عليه السلام) हज बाट फर्कनु भयो उनका सम्पूर्ण छोराहरु वहाको स्वागत का निम्ति आउनु भयो केवल हाबिल बाहेक हजरत आदम(عليه السلام)ले हाबिललाइ नदेख्दा वहाको बारे सोध खोज गर्नु भयो तर कहिँ कतै बाट हाबिल को खबर आयन हजरत आदम(عليه السلام) निक्कै आतिनु भयो जब ८ दिन बित्यो हजरत आदम(عليه السلام)ले एउटा सपना देख्नु भयो कि हाबिल उठेर चिच्याउदै आदम(عليه السلام) लाइ बोलाउदै छन् आदम(عليه السلام) आतिदै चिल्लाउदै बेहोस हुनु भयो जब होस् आयो त् अगाडी रुहुल अमिन उभिनु भयको देख्नु भयो आदम(عليه السلام)ले भन्नु भयो "जिब्रिल हाबिल को बारे कुनै जानकारी छ मैले भखरै उसलाई देखेको छु उ मलाइ बोलाउदै थियो "जिब्राइल(عليه السلام)ले भन्नु भयो "अल्लाह तआला फर्माउनु हुन्छ तिम्रो सवाब निक्कै बढेको छ जब काबिलले हाबिललाइ हत्या गर्यो"( Auraaqe Gham Page 12 )

प्रश्न :आदम(عليه السلا) हाबिलको पिडामा कति समय सम्म रुनु भयो ?उत्तर:आदम(عليه السلا) हाबिलको पिडामा ४० बर्ष सम्म रुनु भयो ( Albadaya Jild 1 Page 80 )र १००बर्श सम्म उअहलाई हासो आयन ( Ajaibul Quraan Page 96 )

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search