[Latest News][6]

10

Translate

इस्मलाममा महिलाको स्थान(लेखिका:जाहिदा वानु)

ईतिहासलाई नियालेर हेर्यो भने इस्लाममा हजरत मुहम्मद (صلى الله عليه وسلم) दुनियामा आउनु भन्दा पहिला स्त्रीहरुको अबस्था अत्यन्त दयनीय थियो । पुरुषको नजरमा उनीहरुको कुनै अस्तित्व र हैसियतनै थिएन भन्दा फरक नपर्ला । स्त्रीलाई मनोरञ्जनको साधन र नोकर सम्झन्थ्यो साथै किनबेच कार्य पनि गरिन्थ्यो ।
युनान (ग्रीस) त्यो पहिला जमीन हो जहाँ स्त्रीहरुलाई लिलामको सामान बनाएको थियो र यति सुन्दर ढुङ्गाको सट्टामा किनबेच गरिन्थ्यो । इजिप्टमा स्त्रीलाई निल नदिमा भेटि चढाइन्थ्यो । अरबमा छोरी जन्मिदा ज्यादै अप्रसन्नताका साथै लाज महसुस गरिन्थ्यो । भारतमा पैतालाको जुत्ता भनिन्थ्यो भने नेपालमा जब श्रीमानको मृत्यु हुन्थ्यो तब उस्को साथमा श्रीमतीलाई जिउँदै जलाई जस्तो सति प्रथा थियोे भन्ने इतिहास साक्षी छ ।
इस्लाम एउटा यस्तो पबित्र धर्म हो, जस्ले आज भन्दा साढे चौध सय बर्ष पहिलेनै यस सन्सारमा स्त्रीहरुको आगमनको साथै उनीहरुको अधिकारको सुरुवात गरिदियो यति मात्र हैन ती आमाबुबाहरुलाई पनि हकार्यो जो छोरीको जन्ममा अप्रसन्नता व्यक्त गर्दछन र उनिहरुलाई माया प्रेमका साथ पालनपोषण स्वर्गको पुण्य हो भन्ने कुरामा अग्रणी भुमिकालाई उल्लेख गर्यो ।
स्त्री अल्लाहको बरदानहरु मध्ये एक ठुलो बरदान हो । पुरुषको दिल, आत्माको आराम र शरीरको चयन हो । स्त्री संसारको सुन्दर रुपको आँखा हो । सांसारीक र दिन्दारमा स्त्री पुरुषहरुको साथ लगभग बराबर हिस्सेदार छ । स्त्री हुदैनथे भने संसारको रुप कानो हुने थियो । सायद संसार र मानवको अस्तित्व नै नहुन पनि सक्थ्यो । आदम र हौवा अलैहिस्साम बाहेक स्त्री सबै मानिसको आमा हो । त्यसैले उनी सबैको लागि सक्षम र महान छिन् । स्त्रीको अस्तित्व मानव जातिको लागि अत्यन्त जरुरी छ । यदि स्त्री हुदैनथे भने पुरुषको कुनै अस्तित्वनै हुदैनथ्यो । उनी बाल्यकालमा भाई बहिनिलाई, बिवाह पछि श्रीमानलाई र आमा बनेर आफ्नो सन्तानलाई माया गर्छिन् । त्यसैले स्त्री संसारमा माया र प्रेमको ताजमहल हुन् । पैगम्बर मुहम्मदकी छोरी फतिमा मानव जातिको लागी एक नमुना हुन् र एक हदिस बाट पनि साबित छ कि जब “तिमी आफ्नो बच्चा बच्चिलाई केहि बितरण गर्छौ प्रथमतः केटीको साथ सुरु गर“ किनकी आफ्नो आमा बुबाको लागि केटाहरुले भन्दा केटीहरुले बढी माया गर्छन् ।
ईस्लामले स्त्रीलाई जीवनको अनिश्चित र अपमानजन्य परिस्थिती विरुद्ध बचाएको छ्र उसलाई जस्तो किसिमको रहनसहन ठीक हुन्छ त्यस्तै किसिमको वातावरनको सृजना गरेको छ र सुरक्षा दिएको छ्र आत्मिक उन्नतीको ढोका स्त्री र पुरुष दुबैको लागी बराबर रुपमा खुलेको छ । स्त्रीलाई पनि शिक्षित बन्नको लागी आदेश दिइएको छ जुन आदेश पुरुषलाई दिइएको छ । मानवको भिन्न भिन्न विषयमा समाजमा उच्च ओहोदा, उच्च पद, उच्च शिक्षा, उच्च डिग्री र योग्ग्यता भएका धेरै स्त्रीहरुको नाम ईस्लामिक इतिहासमा प्रकाशमान छ जुन यो बयानबाट साबित छ की पैगम्बर मुहम्मद (स.अ.) दुनियाबाट पर्दा भएपछी उहाँका अनुयायीहरु हजरत आएसा संग ज्ञान तथा अन्य कुराको अपेक्षा राख्दथे ।
कुरआन मानवजातीलाई पथ प्रदर्शन गर्ने अल्लाहको अन्तिम आकाशवाणी हो भने हदिस र सुन्नाह प्राथमिक स्रोत हुन जसले स्त्रीको हैसियतलाई प्रष्ट रुपमा उल्लेख गरेको छ की सही कामको पूण्य र गलत कामको सजायमा पुरुष र महिला दुबै बराबर हकदार छन कुनै मानिसको लागी अल्लाहको आदेश दुबैको लागी बराबर थियो र त्यसको नाफरमानीको सजाय पनि बराबर नै जुन हजरत आदम र हव्वा अलैहिस्सलामको लागी थियो । खुद कुरआनमा उल्लेख छ “जो कोही पुरुष अथवा महिला नेक काम गर्छन, विस्वास राख्दछन उसलाई हामी एक नया जीवन दिनेछौ जुन सही र सुद्ध छ उनीहरुलाई कामको आधारमा पुरस्कारले सम्मान गर्ने छौ“
साच्चै नै ईस्लामको अध्य्यन गर्ने हो भने स्त्रीको स्थान यति ठूलो छ कि जुन दर्जा उसलाई आजका कुनैपनि कानुनले दिन सकिरहेको छैन । प्राचीनकालमा छोरीलाई जब जिउदै गाडिन्थ्यो तब कुरआनले ती आमाबुवाहरुलाई हकार्याे जो छोरीको जन्ममा अप्रसन्नता व्यक्त गर्दछन “र जब बच्चीलाई जिउदै गाडिन्छ ( के अपराधको कारणले उसलाई मारियो भनेर प्रश्न गरिने छ्र“ (कुरआन) कुरआनले यसरी त्यस्ता आमाबुवाको आलोचना गरेको छ जसले आफ्नो छोरीलाई इन्कार गर्दछन ।
ईस्लामले यो अनुरोध पनि गर्दछ की उनलाई नम्र व्यवहार गरियोस्र ईब्ने हन्वल हदिसमा पनि छ की यदी जो कोहीलाई छोरी हुन्छ र जिउदै गाडिदैन, दुख दिइदैन र छोरालाई छोरीमाथी महत्त्व दिइदैन उसलाई अल्लाहले स्वर्गमा प्रवेश गराउने छ्र जसले छोरी या बहिनीलाई हुर्काउछ बढाउछ पढाउछ र विवाह गरिदिन्छ उसको लागी स्वर्ग (जननत) छ भनेर हदिसले वयान गरÞेको छ्र
स्त्रीलाई छोरीको रुपमा बुवाको सम्पत्ती र स्त्रीको रुपमा आफ्नो श्रीमानको सम्पत्तीको हिस्सेदार बनाइएको छ्र एक श्रीमतीको रुपमा स्त्रीलाई हेर्ने भने कुनै पुरुष कति असल छ त्यसको मापदण्ड ईस्लामले उसको श्रीमतीलाई बनाएको छ अर्थात मानिस असल हुनुको मापदण्ड उसको जीवनसाथी हो । पैगम्बर मुहम्मद (स.अ.) भन्नुहुन्छ, “तिमीहरु मध्ये सर्वश्रेष्ठ मानिस त्यो हो जो आफ्नो श्रीमतीको लागी उत्तम छ्र“ (तिरमिजी) दुलहीलाई अल्लाहको प्रशन्नता पाउनका लागी जुन कुनै खर्च गरिन्छ त्यसमा पनि पुण्य छ यहा सम्म की जो आफ्नो श्रीमतीलाई खुवाउछ पिलाउछ्र हदिसले महिला लाई घरको रानी पनि भनेको छ साथै उसलाई आफ्नो आवश्यकताको लागी बाहिर जान मनाही पनि छैन र कुरआनले यो पनि भनेको छ की निश्पक्षताको आधारमा महिला र पुरुष दुबैका अधिकार बराबर रहेका छन ।
जब कुनै स्त्री एक आमा बन्दछे तब स्वर्ग (जन्नत) उनको पैतला मुनि रहेको हुन्छ ्रर हदिसमा यो पनि छ की, “यदि तिम्रो आमाबुवा तिमिलाई एकैपटक बोलाउछन भने पहिला आमाको बोलीको जवाफ देउ्र“
त्यसकारणस स्त्रीलाई सम्मान गरौ, न्याय गरौ, राम्रो व्यवहार गरौ, उनीहरुको अधिकारको सुनिश्चित गरौ, उसको क्षमता र योग्यताको कदर गरौ, कुनैपनि काम जिम्मेवारी र इच्छाबाट बन्चित नगरौ महिलाको स्टाटस कुरआन र हदिसबाट बुझ्ने कोसिस गरौ
लेखिका : जाहिदा बानु
x

लेखिका : जाहिदा बानु


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search