[Latest News][6]

10

Translate

📕📕कुर-आनका ९ चाखलाग्दो सत्यहरु 📗📗

-----------------------------------------

कुर-आन स्वयम् एक अलौकारिक अनि चमत्कारी पुस्तक हो। यसमा कुनै दुइ मत छैन। जब देखि मानिसले यो संसारमा आफ्नो अस्तित्व खोज्न थाले यो प्रयत्नमा हामीले धर्म,बिज्ञान पबित्र ग्रन्थहरुको सहयोग लियौ ।
आज भन्दा १४५० पुर्व अवतरित  भयको पवित्र कुर-आन मजिद जसमा साना देखि ठुला ठुला हरेक कुराको वर्णन गरियको छ। यस पबित्र ग्रन्थमा यस्ता यस्ता कुरा उल्लेख गरियको छ। जो आफैमा एउटा चमत्कार छ। यस्ता यस्ता ९ बिबिध कुरा कुर-आन मजिद(यस्ता कयौ कुरा छन् आज यहाँ केवल ९ कुरामात्र समाबेस गर्दै छौ ) तपाइँ सामु प्रस्तुत गर्ने जमर्को गर्दै छौ आउनुस सिकौ अनि सिकाउ

कुरा सुरु गर्नु पुर्व हजुरलाई यो भन्न चाहन्छु कि कुर-आन कुनै science को पुस्तक होइन तर कुर-आनमा कयौ यस्ता scientific तथा historical कुराको ब्याख्या गरियको छ जसलाई आजको आधुनिक बिज्ञानले पनि सत्य साबित गरेको छ। जसमध्य कुनै कुरालाई त् हामीले बुझ्न सकेउ तर केहि अरु तेस्ताकुरा छन् जसलाई अहिले को समयमा बुझ्न सकी रहेका छैनौ।

-origin of life (जीवन को उत्पति )
हामी सबैलाई थाहा भयकै कुरा हो कि पानि जीवनका निम्ति अति आवश्यक बस्तु हो। कुर-आन यसै तथ्यमा  ए उटा असाधारण दावा गर्दछ।
कुर-आन भन्द छ  कि जिन्दगि पानीबाट सुरु भयको हो। जिवको उत्पतिको मध्यम पानि हो। पानि नै पृथ्वीमा जीवनको उत्पतिको मुख्य तत्व मानिन्छ।
यसको पुर्ष्टि यो कुराबाट हुन्छन कि संसारमा बस्ने जति पनि प्राणी छ ति सबैको the cell या कोषिकाहरु पानीबाट बनेका छन्। उदाहरण का निम्ति कुनै पनि प्राणीको the cell या cytoplasm ८०% पानीबाट बनेको हुन्छ। तर यसको  पृष्टि microscope को आविष्कार पश्चात नै पत्ता लाग्यो तर कुर-आनले यो कुरा बर्षौ पहिले भनि सकेको छ।

- फलाम (iron )
फलाम पृथ्वीमा पाइने कुनै प्राकृतिक तत्व  होइन। यो पृथ्वीमा अन्तरिक्षबाट आयको हो।  यो आफैमा एउटा अचम्म पार्ने कुरा हो तर यो सत्य हो। बैज्ञानिकले यो खोजि सके कि अर्बौ वर्ष पहिले पृथ्वीको ठक्कर एउटा उल्का पिण्ड संग भयको थियो। अदुभूत कुरा त यो छ कि उक्त उल्का-पिण्ड फलामले भरियाको थियो। र पृथ्वीमा ठोक्कियर जबर्दस्त बिष्फोट भै उक्त पिण्ड चारै तिर फैलिन गयो।
कुर-आनमा फलामको उत्पति बारे यस्तो भनाइ रहेको छ

 ★ لَقَدْ اَرْسَلْنَا رُسُلَنَا بِالْبَیِّنٰتِ وَ اَنْزَلْنَا مَعَهُمُ الْكِتٰبَ وَ الْمِیْزَانَ لِیَقُوْمَ النَّاسُ بِالْقِسْطِۚ-وَ اَنْزَلْنَا الْحَدِیْدَ فِیْهِ بَاْسٌ شَدِیْدٌ وَّ مَنَافِعُ لِلنَّاسِ وَ لِیَعْلَمَ اللّٰهُ مَنْ یَّنْصُرُهٗ وَ رُسُلَهٗ بِالْغَیْبِؕ-اِنَّ اللّٰهَ قَوِیٌّ عَزِیْزٌ۠(۲۵)

☆ Kanzul Iman Translation:
◆ बेशक हमने अपने रसूलों को दलीलों के साथ भेजा और उनके साथ किताब (फ़78) और अदल की तराज़ू उतारी (फ़79) कि लोग इन्साफ़ पर क़ाईम हों (फ़80) और हमने लोहा उतारा (फ़81) उसमें सख़्त आंच (फ़82) और लोगों के फ़ाइदे (फ़83) और इसलिये कि अल्लाह देखे उसको जो बे-देखे उसकी (फ़84) और उसके रसूलों की मदद करता है बेशक अल्लाह क़ुव्वत वाला ग़ालिब है। (फ़85)

 अर्थात कुर-आन मजिद मा यो उल्लेख छ कि "आषय" " हामीले फलाम पठायौ ,मानव जातिको फाइदाका निम्ति " र ७औ शताब्दीका बैज्ञानिकहरुका निम्ति  यो कुराको पृष्टि गर्न असम्भव नै थियो तर आज बिज्ञानले उक्त कुराको पृष्टि गर्दछ कि फलाम हाम्रो धर्ति को प्राकृतिक खनिज नभई यो उल्का-पिण्ड (अल्लाह तआला ) कै देन हो भनि।

-sky is protection अर्थात आकाशले हाम्रो सुरक्षा गर्दछ

पृथ्वीलाइ सुर्यका हानिकारक किरणहरुबाट बचाउन आकाशले एउटा महत्व महत्व-पूर्ण भूमिका निभायको छ। यदि आकाश न हुन्थ्यो भने सुर्यका radiation किरणहरुले पृथ्वीका समस्त जीवनलाइ जलाई राख बनाउने थियो। आकाश पृथ्वीमा चारै तिर छरियर रहेको कुनै कम्बल सरह छ जसले अन्तरिक्षको चिसो अनि तातोलाइ जीवको अनुकुलता अनुसार मौसम प्रदान गर्द छ र यसबाट हुने हानीकारलाइ पनि रोक्दछ। आकाश माथिको तापक्रम लगभग माइनस 270c रहेको छ। आकाश पृथ्वीमा हरित गृह (green house ) जस्तै वातावरण बनाइ सम्पूर्ण जीवनलाई सुर्यको हानीकार किरण अनि अन्तरिक्षको जमाइदिने चिसो बाट हाम्रो रक्ष्या गर्द छ।
यसैलाई कुर-आन मजिदले हामीलाई सम्झाउन यो आयात प्रस्तुत गर्द छ।

★ وَ جَعَلْنَا السَّمَآءَ سَقْفًا مَّحْفُوْظًا ۚۖ-وَّ هُمْ عَنْ اٰیٰتِهَا مُعْرِضُوْنَ(۳۲)

☆ Kanzul Iman Translation:
◆ और हमने आसमान को छत बनाया निगाह रखी गई (फ़60) और वह (फ़61) उसकी निशानियों से रूगरदाँ हैं। (फ़62)

अर्थात् अल्लाह तआलाले  आकाशलाइ हाम्रो निम्ति छत बनाउनु भयो। जुन छतले हामीलाई यस्ता हानीकार किरण अनि अरु चिजबाट सुरक्षा प्रदान गर्द छ।
यसै कुरालाई आधुनिक बिज्ञानले २०औ शताब्दीमा आकाशले पृथ्वीलाइ सुरक्षा गर्द छ भनि प्रमाणित गरेका छन्।

- पहाड (the mountain)
कुर-आनमा अल्लाह तआलाले हामीलाई पहाडका बारेमा निक्कै ध्यनाकर्षित गराउनु भयको छ । जस्तै कुर-आन मजिद मा छ कि "के हामीले संसारलाई आराम गर्ने ठाउँ बनायनौ र पहाडलाई धर्तिको कोटा बनायनौ "आषय र कुर-आन भन्छ कि "पहाडको जरा धर्तीमा धेरै गहिरी सम्म रहेको छ "
 ★ اَلَمْ نَجْعَلِ الْاَرْضَ مِهٰدًاۙ(۶)

☆ Kanzul Iman Translation:
◆ क्या हमने ज़मीन को बिछौना न किया। (फ़7)

 ★ وَّ الْجِبَالَ اَوْتَادًاﭪ(۷)

☆ Kanzul Iman Translation:
◆ और पहाड़ों को मेख़ें। (फ़8)
र वास्तविक पनि यस्ता रहेको छ। पहाड धर्तीमा निकै गहिरो सम्म गडिएको छ। यसको प्रुष्टि geophysicist frank press द्वारा लिखित the earth  book लेखेका छन् कि पहाड वास्तबमा धर्तिको धेरै भित्र सम्म रहेको छ "
जस्तै हाम्रै सगरमाथा(mount everest)लाइ हेर्न सक्छौ जस्को बाहिरी लम्बाई धर्ति को सतह बाट लगभग ९ किलो मिटर रहेको छ भने यसको भित्रि गहराई  लगभग १२५ किलो मिटर रहेको छ।
र यसको मापन २० सताब्दीमा plate tectonic technique यन्द्र बाट गरियो।



क्रमश बाकि अर्को लेखमा







About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search