[Latest News][6]

10

Translate

****यहुदीहरुको उदय अनि विस्तार -२ *****

****यहुदीहरुको उदय अनि विस्तार -२ *****





चाहे तिनीहरु(यहुदी) कुनै पनि भाषा बोलुन ,कुनै पनि देशका नागरिक हुन्। यीनीहरुलाई फ़िलस्तीनमा बस्ने र आवादी बढाउने अधिकार प्राप्त रहेको छ। 

तेस्पस्चात १९१९ इ.स मा पहिलो यहुदी  काफिला(बथान) लण्डन,पेरिस,बर्लिन र न्यु-योर्क जस्ता आधुनिक शहरमा आफ्ना अरबौ डलरको सम्पति अनि बेपार-व्यवसाय छोडी बहर ए तिब्रिया (तिबरिया नामक ताल)  (Sea of Galilee) लाइ पार गर्दै  Haifa र Tel Aviv जस्ता रेतिला रेगीस्तानमा आवाद हुनका निम्ति त्यहा पुगे र आज सम्म यीनीहरु यहा आवाद रहेका छन्।

यहाँ यीनीहरु कुनै भौतिक सुबिधा ,सुख-सयलको जीवन यापन गर्न , Science र Technology को प्रगति या Education (उच्च-शिक्षा ) प्राप्त गर्न आयका भने पक्कै होइनन।

सयौ बर्ष देखि एउटा ठुलो युद्ध लड्न का निम्ति आयका हुन् जुन लडाई मुसलमान सित लड्नु छ। अनि तेस्पछि यस्तो साम्राज्य कायम गर्नु छ जुन फरात नदि  (River of Euphrates)को किनारा सम्म रहने छ। जसमा जॉरडन, सीरिया, क़तर, बहरीन, कुवैत, यू ए ई, यमन र मदीना सम्म गाभिने छन्।

हरेक यहुदी यहि स्वप्न देख्द छन । अनि यसैका निम्ति यसैका निम्ति आफ्नो सुख-सम्पन्न घरायसी जीवनलाई त्यागि इज़राईल  आउद छ। र जुन यहा सामेल हुन् सक्दैन्न  उनीहरुले इज़राईलको प्रगति र विकासका लागि ठुलै धन-राशिबाट यहा आर्थिक सहयोग गर्द छन्।



१९४८ इ.स मा पश्चिमी शक्तिसंग सह-कार्य गर्दै फ़िलस्तीनको एउटा ठुलो भाग अरब राष्ट्रसंग खोसी त्यहा यहुदीको एउटा राज्य बनाइ बसायो। र इसराइलको सुरुवात हुदै सुरुका १९ बर्ष यहुदीहरुले लगातार आफ्ना छिमेकी अरब राष्ट्रसंग युद्ध गरिरहे।

१९६७ इ.समा येरूशलम (बैतुल मक़दिस) मा कब्जा गर्यो। तेस्पछि र आज सम्म  Middle East का मुस्लिम राष्ट्र माथि कुन प्रकारको शान्ति स्थापना हुन् दियका छैनन। यो सर्व-बेतित नै  छ।

यहुदीको उदयले चरम-गति तेती बेला प्राप्त गर्यो। जब यीनीहरुले एउटा निर्णय लिय।यीनीहरुले एक इश्वर। एक तौरात अनि एक शरियतको आधारमा एउटा समुह स्थापना गरे। यीनीहरु संसारका कुनै राष्ट्रमा रहुन चाहे जापान या नेपाल या अमेरिका या अरुकुनै राष्ट्रमा नै किन नरहून यीनीहरु सबै एउटै समुह र बथान रहने प्रावधान बनाए। जो जहा रहेता पनि उनीहरुले यो इमान र बिस्वाश बनाए कि एक दिन उनीहरुलाई आफ्नो मुकद्दस ठाउ येरूशलम फिर्ता हुनु नै छ। जहा उनीहरुको मसिह (मसिह दज्जाल) आउने छ। जसले हजरत दाऊद अलैहिस्सलाम र हज़रत सुलैमान अलैहिस्सलामले झैँ बिस्तारित तथा समृदिद राज्यको स्थापना गर्ने छ भने सोच राखेका छन्।
यीनीहरु यो कुराको पनि तय्यारी गर्दैछन कि एक दिन मुसलमान हरु संग ठुलो युद्ध लड्नु पर्ने छ। यो कुरा उनीहरुको मन-मुटुमा हाबी रहेको छ। तेसैले यसलाई आत्मा-साथ् गर्दै यसको निम्ति योजनाहरु बुन्दै छन्।
यसले गर्दा यीनिहरुको सुधारले द्रुत गति लिन थाल्यो र यीनीहरु हरेक क्षेत्रमा अग्र हुदै गय। जस्तै कि आज यीनिहरुको संलग्नता हरेक ठाउमा रहेको छ। चाहे त्यो आर्थिक होस् भौतिक होस् या फेरी यान्त्रिक या बैज्ञानिक क्षेत्रनै किन नहोस आज यीनिहरुकै बर्चस्व रहेको छ। आज हामि यीनिहरुको एकताको अनुमान तपाइँ हामीले स्वयम लगाउन सक्छौ।

तर के यो नै संसारको पहिलो एकता थियो जुन सफल रहन गयो ?

पक्कै होइन।
सबै भन्दा पहिलो यो एकता हाम्रा हृदयका प्रशन्न दाता,दुखिहरुका दुख हर्ता ,संसारका निम्ति करुणा-पात्र हजरत मुहम्मद (वहा माथि शान्ति होस् ) ले मदिना शरिफको जग राख्दा प्रस्तुत गर्नु भयको थियो कि "सम्पूर्ण मुसलाम एक-अर्काका दाजु-भाइ हुन् " इस्लामिक आधार अनि मान्यता अनुरुप सम्पूर्ण संसारका मुसलमान एउटा क़ौम (समुह) हो।
जसले गर्दा यो संसारले देख्यो कि त्यो समयको super power  क़ैसर (Rome) र किसरा (Iran) लाइ मात दियका थिय। सूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले अन्तिम खुत्बामा भन्नु भयको थियो "कुनै अरबी (स्थानीय)ले अजमी (बाहिरि) प्रति ,कुनै गोराले कुनै काला प्रति कुनै प्रकारको सद्गुण प्राप्त गर्ने छैन " यसै खुताबाको आधार र एकताको वर्चस्वले गर्दा आज संसारमा हरेक ठाउमा इस्लाम पुगेको देखन सक्छौ।







About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search