आला हजरत(अलैही रहमा)को शंछिप्त जीवनी-लेखक:अहमद रजा कादरि(गोर्खा)
आला हजरतइस्लामका रक्षक , तफ्सिर , हदीस र
विधिशास्त्र ( फिक्ह) का इमाम , आफ्नो समय
का अतुलनीय हनफ़ि कानूनविद ,
धर्ममा फैलिएका गलत नवीन तत्व र धर्मका शत्रुहरु
का परास्त गर्ने वाला एक अविस्मरणीय
व्यक्तित्व ,इमानका रक्षक र
सुन्नी का इमाम ,कवि, शिक्षक, मुफ्ती, बैज्ञानिक, दार्शनिक
सत्यमार्गका मार्गदर्शक,चौधौं शताब्दीका मुजद्दिद, प्यारा हबिबसल्लल्लाहु अलैही वसल्लम का सच्चा आशिक
इमाम अहमद रजा खान हनफ़ि कादरी र.
भारतीय उपमहाद्वीपमा आलाहजरत
भनि चिनिने हाम्रा इमाम १०सवाल १२७२ हिज्रि ( सन्
१४ जुन,१८५६, शनिबारको दिनमा दिउँसो (जुहर)
को प्रार्थाना को समयमा भारतको उत्तर प्रदेश
को एक प्रमुख शहर बरेलीको जसोली भन्ने
ठाउंमा पिता मौलाना नकि अलि खान र. र माता अमन मिया र. को कोख बाट जन्मिएका थिए ।
वहाँ जन्मिनु भन्दा केही दिन अघी,
उनका पिता अल्लामा नकी अली खान र.
(आफ्नो समयका प्रसिध आलिम)ले एक सुन्दर
सपना देखेका थिए । जुन तुरुन्तै उनले
आफ्ना पिता अल्लामा मौलाना रजा अली खानलाई
( प्रधान मुफ्ती ) (र.) खुलाएका थिए । उनले
यसको अर्थ : " तिमीलाई एक गुणी सुपुत्र लाभ
हुँदैछ । जो निकै धर्मनिष्ठ हुनेछ र उ
ईस्लामको महान विद्वान जसको नामलाई पुर्व
देखी पश्चिम सम्म प्रतिष्ठा प्राप्त हुनेछ । "
भनी सुसमाचार सुनाएका थिए ।
यो तथ्यले हामीलाई निश्चय नै अवगत गराउछ
कि यो सपना " सर्बशक्तीमान अल्लाह
त'आला को खजानाको एक अमुल्य मोती ,
पवित्र प्राण भन्दा प्यारा पैगम्बर मुहम्मद
सल्लल्लाहु अलैही वसल्लमको सुगन्धित
बगैचाको मिठो सुगन्धित फुल आला हजरत (र.)
को यस संसारमा आगमनको ठुलो संकेत थियो ।
आफ्नो जन्म मिती आला हजरतले (र.) पवित्र
कुरआनको पन्क्ती देखी सान्ख्यिक विज्ञान
(इल्मे अब्जद ) प्रयोग गरी निकालेका थिए।
आला हजरत इमाम अहमद रजा खान को तारिखी नाम अल्मुख्तार थियो भने हजुरबुबा मौलाना रजा अलि खान ले अहमद रजा नाम राखिदिनुभयको थियो।उहाँको परिवार दुनियावी हिसाब ले पनि सु-सम्पन्न थियो।उहाँको पढाईको थालनी आफ्नै घर मा मौलाना नकि अलि खान मार्फत शुरु भएको थियो। ४ बर्षको एकदमै सानो उमेरमा उहाले पबित्र धर्मग्रन्थ कुरान शरिफ पाठ गरेका थिए। ६ बर्ष हुदा एउटा ठुलो इस्लामिक कार्यक्रममा करिब दुई घन्टासम्म सरकार सल्लल्लाहु अलैही वसल्लमको जन्मघटनाको ब्याख्या गर्नुभएको थियो।आठ बर्षको उमेरमा अरबिक भाषामा एउटा किताब लेखेर सबैलाई आषचर्यचकित बनाएका थिए। १४ शाबान १२८६हिज्रिमा मदर्सा बाट पाइने मौलाना को प्रमाणपत्र पाएका थिए अर्थात् १३ बर्ष १०महिना ४ दिनमा एक मुकम्मल धर्मगुरु(मौलाना)बन्नुभएको थियो।
उहालाई शिक्षण गर्ने प्रमुख धर्मगुरु पिता मौलाना नकि अलि खान र मौलाना मिर्जा कादिर बैग अल-बरेल्वी हुन।रमजान महिना भरिमा उहाले पबित्र धर्मग्रन्थ कुरान शरिफ कनठस्थ पार्नुभएको थियो।उहाले पहिलो पटक १२९५ हिज्रिमा तिर्थयात्रा(हज)गर्नुभएको थियो।त्यसबखत मक्काका वरिष्ठ धर्मगुरु हुसैन बिन सालेह र.ले उहाको निधार(पेशानि)मा अल्लाह तआला को नुर देखेको जिकिर गर्दै उहाँलाई जियाउद्दिन अहमद नामको पदावली समेत दिनुभएको थियो।१३२३हिज्रि मा गर्नुभएको आफ्नो दोस्रो एवम् अन्तिम तिर्थयात्रा(हज)को क्रममा करिब ८ घन्टा को अत्यन्त छोटो समय अन्तरालमा कुनै पनि किताब को सहायता बिनानै पैगम्बर सल्लल्लाहु अलैही वसल्लम सङग रहेको अदृश्य ज्ञान्(इल्मे गैब) को वारेमा अल-दौलह अल-मक्किया नामक किताब लेखेर सबैलाई चकित बनाउनुभएको थियो।।
२८ बर्ष २ महिना ५ दिन सम्म गुजार्नुभएको तेरौ शताब्दी को समय भने ५५बिषयक्षेत्र भन्दा बढी तथा ५५ भाषामा गरि १००० भन्दा धेरै किताब हरु लेखी इस्लाममा अमुल्य योगदान दिन ,धेरै कुरा हरुमा खोजी गरि आफ्नो पहिचान बिश्व सामु बनाउन ब्यतित गर्नुभएको थियो।१२ भागमा बिभाजित २१६५६ पेज भएको फत्वाको संग्रह फतावा रजविया पनि उहाले नै लेख्नुभएको थियो।चौधौं शताब्दी को ३९ बर्ष १ महिना २५ दिन को समय भने इस्लाम को झन्डा लहराउन ,इस्लाम फैलाउन , नया गलत सोच बिचार आस्था को सामना गर्दै सत्य को प्रचारप्रसार गर्दै सत्मार्ग मा आउन अनुरोध गर्दै , गलत आस्था राख्ने लाई सम्झाउन र उनिहरुको पर्दाफास गर्न ब्यतित गर्नुभयो।बिश्वब्यापी रुप मा मन पराइएको "मुस्तफा जाने रहमत पे लाखो सलाम" पंक्ति नमाज पछि सबै भन्दा बढी पढिन्छ जुन उहाँ आफैले लेख्नुभएको हो।
आला हजरत ले आफ्नो कलम बाट हाम्रा प्यारा उदार तथा दयालु पैगम्बर मुहम्मदुर रसुलुल्लाह सल्लल्लाहु अलैही वसल्लम को प्रशँसामा अनेकौं हृदयस्पर्शी नात(सर्बशक्तिमान अल्लाह मालिक बाट सम्मानित मुहम्मद सल्लल्लाहु अलैही वसल्लम को तारिफ मा पोखिने भावनात्मक कविता)हरु लेखेका छन।उर्दु साहित्यका अद्दित तारा मानिने उन्ले कुनै आम साहित्यिक विषयका बारेमा न लेखी आफ्नो कलम बाट लगातार ब्रह्माण्डका गौरब मुहम्मद सल्लल्लाहु अलैही वसल्लम को तारिफ, उच्च सम्मान र माया र लिप्त मनमोहक रचनाहरु कहिले कबिता को रुप मा,कहिले निबन्ध, कहिले जिवनी त कहिले ब्याखयात्मक अनुबाद आदि जस्ता भिन्नभिन्न रुपमा प्रस्तुत गरेर आफ्नो अद्दित्तिय योग्यता साबित गरि उर्दु साहित्यमा आफ्नो सिक्का जमाइ अरबिक भाषामा अबतरित पबित्र धर्मग्रन्थ कुरान शरिफ लाई उर्दु मा अनुबाद(तर्जुमा)गर्नुभएको कन्जुल इमान पढ्दा यस्तो लाग्छ कि स्वयम अल्लाह तआला ले उहालाइ ज्ञान दिनुभइ आफ्नो खास कृपा ले नवाज्नुभएको छ।
धर्मगुरुहरुका अनुसार ४६ भाषामा पोख्त भयपछि मात्र बुझ्न सकिने नात हरुको सङग्रह हदाइके बख्शिश पढ्दा यस्तो लाग्छ्की उनले मुहम्मद सल्लल्लाहु अलैही वसल्लम लाई प्रत्यक्ष देखेर बर्णन गरिराखेका छन।बास्तबमा आफ्नो र आउने पिढिलाई पापिहरुका माफिका सिफारिसकर्ता प्यारा मुहम्मद सल्लल्लाहु अलैही वसल्लम को मायामा डुबाउन र उन्को नजिक पुर्याउन सायदै उन्को समयमा र त्यसपस्चात उन्ले बाहेक कसैले यस्ता शब्दहरु लेखेका छैनन होला ६८ बर्षसम्म इस्लाम धर्मको बचाउ र प्रचारप्रसारमा अगाडी रहनुभएका आला हजरत का २ दाजुभाइ, २ दिदिबहिनी,२ छोरा र ५ छोरी छन।उहाले लेख्नुभएको किताब हरुको पृष्ठ लाई गणना गरेर उहाले बिताउनुभएको उमेर लाई तुलना गर्ने हो भने हरेक ५ घन्टामा १०० पृष्ठ भएको किताब उहाले लेख्नुभएको छ।उहालाइ चल्तिफिर्ती का इन्साइक्लोपेडिया भन्दा पनि फरक पर्दैन।आफ्नो वफात(मृत्यु) को तिथि भन्दा ४महिना २२ दिन पहिला नै अल्लाह को कृपाले कुरान शरिफ बाट साङखिक बिज्ञान(इल्मे अब्जद)प्रयोग गरि आफ्नो वफातको तिथि निकाल्नुभएको थियो।तेसैले २५ सफरको दिन उहाँ एकदमै खुसी हुनुहुन्थ्यो किनकी सो दिन उहाँ सबैका प्यारा मुहम्मद सल्लल्लाहु अलैही वसल्लम सङग शाक्षात्कार का लागि जादै हुनुहुन्थ्यो। २५ सफर १३४० हिज्रि(२८ अकटाेवर १९२१इस्वी) का दिन शुक्रबार जुम्माको नमाज(प्राथना)को बखत २:३८मिनेटमा उहा इन्तकाल(स्वर्गबास)हुनुभएको थियो।उहाको मजार शरिफ(कब्र)हाल बरेली शरिफ मा रहेको छ।हरेक बर्ष २४/२५ सफर को दिन उहाको सम्झनामा कुरानको पाठ तथा विभिन्न इस्लामिक कार्यक्रम गरि उहाको उर्श मनाउने गरिन्छ।
।।। दुवा कि गुजारिश।।।
अहमद रजा कादरि
अहमद रजा कादरि
![]() |
| लेखक:अहमद रजा कादरि(गोर्खा) |

No comments:
Post a Comment