Wailing Wall अर्थात रोहिरहेको पर्खाल या रुने पर्खाल
Wailing Wall अर्थात रोहिरहेको पर्खाल या रुने पर्खाल यो पर्खाल मुसलमानहरुको पहिलो किब्ला पनि हो र यहुदीहरुका अनुसार पहिले मन्दिरको कम्पाउंडको चार पर्खाल मध्येको एक हिस्सा जसलाई हज़रत दाऊद अलैहि सलामले निर्माण गर्न सुरु गर्नु भयको थियो।
अनि हज़रत सुलेमान अलैहि सलामले उक्त निर्माण कार्यलाई सम्पन्न गर्नु भयको थियो। यो बनि इसराइलहरु(उक्त समयका मुसलमान)को इबादत(पुजा) गर्ने ठाउँ थियो।
जब बनि इसराइलले नबिहरुको उपस्थितिमा पनि अल्लाह तआलाका आज्ञालाइ अवज्ञा गर्न थाले तब अल्लाह तआलाले यीनीहरुलाइ स-सानो अजाब (पिडा) मा दुःखकष्ट दिनु भयो।
जसको खुलासा हामीले अल्लाह तआलाको सुमधुर वाणी कुर-आन मजिद पनि हेर्न सक्छौ। साथै यसलाई ओल्ड टेस्टामेंटमा पनि हेर्न सक्छौ।
हज़रत सुलेमान अलैही सलाम पश्चात यहुदीहरुले आफुलाई दुइ गुटमा स्थापना गरे पहिले -यहूदा अनि दोस्रो- इजराइल अनि यसलाई दुइ राज्यमा विभाजित गरे।
यीनै दुइ गुटबाट स-साना १२ उप-गुट तय्यार हुन गयो। अनि यिनै १२ गुटलाई १२ कबिला(समुह) बनाइ यसलाई १२ राज्यमा विभाजित गरे। यति मात्र कहाँ हो र यी १२ स-साना गुट-उपगुट एक आपसमा लडाई झगडा गर्न थाले अनि एक अर्काका बिरुद्ध स्थानीय मुशरिक कबिला (समुह) संग सम्वयनन गर्न लागे जसले गर्दा अल्लाह तआलाले यीनी हरु माथि बुख्त नसर (इराकी क्रुर बादशाह) जस्तो क्रुर बादशाह लागू गरियो।
बुख्त नसरले यहुदीहरुलाई आक्रामक आक्रमण गर्यो। १२ लाख आवादी रहेको उक्त यहुदी राज्यहरुमा ६ लाख यहुदीहरुको हत्या गर्यो यानी आधा यहुदीको संख्यात्मक हिसाबले अन्त्य गर्यो। बाकि रहेका ६ लाख यहुदीलाई गिरफ्तार गरियो। र उनीहरुलाई बन्दि बनाइ बेबीलोन भन्ने ठाउमा राखियो। यति मात्र कहाँ हो र बुख्त नसरले यीनिहरुको पहिलो मन्दिरलाइ पनि विध्वंस बनायो।
बेबिलोनमा डेढ़ सय बर्षको गुलामी पश्चात यहुदी माझ पुन एक नबिको नेतृत्वमा बनि इसराइलले तौबा(पश्चाताप) गरे अनि अल्लाह तआलाले पुन यीनीहरुलाई क्षमागर्नु भयो।
हजरत जुलकरनैन ईरानी बादशाहले बेबिलोनमा हमला गरि बनि इसराइललाइ आजाद गराउनु भयो। अनि पुन फेरी फर्केर यीनीहरु यरुशलममा आवाद हुन् थाले।
यरुशलममा फर्के लगतै यहुदीहरुले विध्वंश भयको आफ्नो इबादत् (पुजा) गाहलाइ हजरत उजैर अलैही सलामको नेतृत्वमा पुन दोस्रो चोटी निर्माण गरि दोस्रो मन्दिर तयार गरे।
हजरत उजैर अलैही सलामको नेतृत्वमा पहिले भन्दा पनि बिशाल राज्यको संरचना भयो। यो राज्यले ३ सय बर्ष सम्म निकै भब्यता -सभ्यताका साथ राज्य गरि रह्यो।
बनि इसराइलले पुन अल्लाह तआलाका आज्ञा अनि शरियतको अवज्ञा गर्न थाले तर पनि वर्तमान नबिहरुको आज्ञा पालन गर्दा अल्लाह तआलाले उनीहरुलाई रोमी राज्य यहुदी प्रति शक्तिशाली बनाइ दियो।
अर्थात् शासन रोमनकै थियो बनि इसराइललाइ केवल आफ्ना पर्सनल लॉ (वेक्तिगत कानुन)मा मात्र आजादी रहेको थियो।
यहि समयमा अल्लाह तआलले हज़रत ईसा अलैहि सलामलाइ बनि इसराइलमा रसुल बनाइ पठाउनु भयो। वास्तवमा हज़रत ईसा अलैहि सलामलाइ बनि इसराइलमा रसुल बनाइ पठाउनु यहुदी प्रति कठिन तथा अन्तिम परीक्षण थियो।
यहुदी यो परीक्षणमा पूर्ण रुपमा असफल भय यहुदीहरुले न-केवल हज़रत ईसा अलैहि सलामको रिसालतको अस्वीकार गरे यीनीहरुले हज़रत ईसा अलैहि सलामलाइ वलदुज़्ज़िना (अबैध शारीरिक सम्बन्ध बाट जन्मने बालक) माज-अल्लाह शुम्म माज़-अल्लाह जस्तो पापमा दोषी बनाय। यति मात्र होइन आफ्नो शक्तिले भ्याय सम्म हज़रत ईसा अलैहि सलामलाइ सुली चढाई मारेको सोच राखे (जब कि अल्लाह तआलाले कुर-आन मा खुलस्त रुपमा भन्नु भयको छ कि हज़रत ईसा अलैहि सलामलाइ बचाई आकासमा उठाउनु भयको छ र वहाको ठाउमा अरु कुनै यहुदी सुली चढेको छ )
जे भए पनि ,,,,,, अल्लाह तआलाको गजब यहुदी माथि पर्यो। सन् सत्तरी (७०) मा टाइटस रोमी जनरलले यहुदी माथि आक्रमण गर्यो। एक लाख बिस हजार यहुदी एकै दिनमा मारिय। बचेका यहुदीहरू यरुशलमबाट भागेर कुनै मदिना (यसरीब ) पुग्य कुनै यूरोप तिर छिरे भने कुनै इन्डिया तिर लागे यहीबाट यहुदीहरूको डायसपोरा शुरु भयको थियो।
जुन लगभग दुइ हजार बर्ष सम्म लगातार चली रह्यो र सन्-१९४८ मा यसको अन्त्य भयको थियो।
टाइटस रोमीले पुन यहुदिहरुको दोस्रो मन्दिरलाइ विध्वंश पार्यो। सबै तहस-नहस बनायो केवल केहि बाकि थियो त् थोरै यहि Wailing Wall अर्थात रोहिरहेको पर्खाल या रुने पर्खाल यो पर्खाल आज लगभग ४ हजार बर्ष पश्चात केवल यहि हिस्सा मात्र असल रहेको छ बाकि जति पनि निर्माण कार्य गरीय रोमानी इसाईले गरे पछी हज़रत उमर फारूक रज़ियल्लाहू ताला अंहको खिलाफतमा मुसलमानले यरुशलमलाइ जिते जित पश्चात बर्तमान गुम्बद सखरालाइ खलीफा अब्दुल मलिक बिन मरवानले निर्माण गरे
यहुदी आस्था अनुसार जब सम्म उक्त ठाउमा तेस्रो मन्दिर निर्माण गरिन यीनी हरुको मसिह (दज्जाल) यीनीहरु माझ आउने छैन .
आज यो समुह मुसलमानलाइ गुमराहमा पारि तेस्रो मन्दिर निर्माण गर्ने प्रयत्न गर्दै छ (याद राख्नु पर्ने कुरा जब सम्म बैतुल मुकद्दसलाइ तोडिन् तेस्रो मन्दिर निर्माण हुन्न यीनी हरुको मान्यता ) तसर्थ आज यहुदी हरेक समय यहि धुनमा छन् कि कसरि यसलाई तोडने र तेस्रो मन्दिर निर्माण गर्ने
आजका मुसमानलाइ यो कुराको कुनै पत्तो छैन मुसलिम केवल (tiktak facbiook youtub ) मा मस्त छन् जुन यहुदीको सबै भन्दा खतरा योजना रहेको छ मुस्लिम समुदायलाई भुलाउन अनि आफ्नो योजना सार्थक पार्न
जागौ जागौ जागौ मुसलमान जागौ

No comments:
Post a Comment