सलह (तिड्डी) खान हराम(अबैध) या हलाल( बैध) ?
सलह (तिड्डी) अल्लाह तआलाका लश्कर
=============================
सलह - यसलाई अरबीमा अल-जराद (الجراد) ,उर्दूमा तिड्डी (ٹڈی) र अंग्रेजीमा लोकस्ट (Locust) भनिन्छ। यसका दुइ प्रकार हुन्छन। पहिले जलचर दोस्रो थलचर ,अल्लाह तआला कुर-आन मजिदमा भन्नु हुन्छ।
अनुवाद कन्जुल इमान हिन्दि "निची आखे किये हुए कब्रो से निकलेंगे गोया वो तिड्डी है फैली हुइ" महफ़ुम अर्थात् कयामत (महा-प्रलयका दिन) जब मानव आफ्ना कब्र (चिहान-गाह) बाट बाहिर निस्कने छन् र जमिनमा फैलिने छन् तब यस्तो लाग्ने छ कुनै सलह(तिड्डी) को फौज होस।
📕 पारा 27,सूरह क़मर,आयत 7
सलह (तिड्डी) अल्लाह तआलाका लस्कर हुन्
حَدَّثَنَا مُحَمَّدُ بْنُ الْفَرَجِ الْبَغْدَادِيُّ، حَدَّثَنَا ابْنُ الزِّبْرِقَانِ، حَدَّثَنَا سُلَيْمَانُ التَّيْمِيُّ، عَنْ أَبِي عُثْمَانَ النَّهْدِيِّ، عَنْسَلْمَانَ، قَالَ: سُئِلَ النَّبِيُّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ عَنِ الْجَرَادِ ؟، فَقَالَ: أَكْثَرُ جُنُودِ اللَّهِ، لَا آكُلُهُ، وَلَا أُحَرِّمُهُ
आषय हदिस मुबारक -
हजरत सलमान رضی اللہ عنہ भन्नु हुन्छ "नबि ए अकरम صلی اللہ علیہ وسلم लाइ सलह (तिड्डी )संग सम्बन्धित प्रश्न गरियो। नबि ए अकरम صلی اللہ علیہ وسلم ले वर्णन गर्नु भयो अल्लाह तआलाका धेरै लश्कर छन् ,न म यसलाई खान्छु न त् हराम (अबैध) नै गर्दछु "
SUNAN ABU DAWOOD HADITH NO. 3813
सलह (तिड्डी) अल्लाह तआलाका लश्कर हुन। यीनिहरुको छातीमा यो इबारत लेखियको हुन्छ "नहनू जुंदल्लाहिल आज़म" अर्थात् हामि अल्लाह तआलाका एक अज़िम लश्कर हौ।
एक पटक एउटा सलह(तिड्डी) हुजुर صلی اللہ علیہ وسلم को बरगाहमा उपस्थित भै भन्छ "हामी हरुले ९९ अण्डा पर्दछौ यदि १०० हुन्थ्यो भने सम्पूर्ण संसारलाइ खान्थेउ अल्लाह तआलाका नबि صلی اللہ علیہ وسلم आफ्ना साहाबा अलेहीम रिदवानसंग फर्माउनु हुन्छ यीनीहरु अल्लाहका लश्कर हुन् तसर्थ यसलाई न-मार अर्थात यीनीहरुलाई तेतिबेला सम्म न-मार जब सम्म यीनीहरुले दुख दिन्न"
हजरत मौला अलि رضی اللہ عنہ बाट मरवी छ कि हुजुर صلی اللہ علیہ وسلم ले वर्णन गर्नु भयो "अल्लाह जब कुनै समुदायको परीक्षण लिन खोज्दछ तेतिबेला सलह (तिड्डी) को लश्करलाइ पठाउदा छ।
जब एक चोटी हज़रते उमर फारूक़ रज़ियल्लाहु तआला अन्हुको पालामा सलह (तिड्डी) हरु अचानक गायब (संसारमा सबै भन्दा बढी सलह अरब मुलुकमै पाइन्छ ) भय अनि हज़रते उमर फारूक़ रज़ियल्लाहु तआला अन्हु निकै चिन्तित हुनुभयो।
यसको खोजीका निम्ति आफ्ना सैनिक लगाउनु भयो। धेरै मेहनत पश्चात कुनै ठाउमा भेटियो जब हज़रते उमर फारूक़ रज़ियल्लाहु तआला अन्हुले उनीहरुलाई देखे निकै शान्त हुनु भयो।
जब यो बिषयमा सोधियो कि "आखिर तपाइँ सलह हराउदा चिन्तित पाउदा शान्त हुनु भयो यसको अर्थ के या उम्मुल मोमिनिन ?"
"अल्लाहले १००० मख्लुक जन्माउनु भयको छ। जसमा ६०० जलथर छन् भने ४०० थलचर छन। र जब अल्लाह तआला आफ्ना कुनै मख्लुकलाइ फना गर्न चाहन्छ भने पहिला यसलाई फना गर्ने छ। अनि तेस पश्चात अरु मख्लुक लाइ फना गर्ने छ म यीनीहरुलाई नदेख्दा चिन्तित यसै कारणले थिय कतै अल्लाह ले यसलाई फना त् गर्नु भयन"
जब यो प्रजनन हुन्छन तेतिबेला कडा अनि बन्जर जमिन खोज्दछन जहा कुनै मानिसको बस्ति नहोस। जमिनमा प्वाल बनाइ त्यहा आफ्ना अण्डा दिन्छन। अण्डा त्यहा रही जमिनको तातोपनाले बच्चा निस्कन छन्। यी बच्चालाई अरबीमा "अलदबी " भनिन्छ। जब केहि ठुला हुन्छन र आफ्नो पखेटा निस्कन सुरु हुन्छ तेसलाई "गोगात "भानिन्छ। पूर्ण रुपमा बिकसित हुन्छन। नर खैरो रंग अनि मादा कालो रंगको हुन्छन यसलाई "अलजराद " भानिन्छ।
यसका ६ वोटा खुट्टा हुन्छन २ वोटा अगाडी २ वोटा बिचमा २ वोटा पछाडी यसको अंगमा १० वोटा जनावरको मिश्रण पाइञ्छ यसको अनुहार घोडाकोझैँ ,आखा हाथिकाझैँ ,गर्दन साढेकोझैँ ,बार्हशिङ्घेको सिङ्गझैँ ,बाघको छातीझैँ ,बिच्चूको पेट झैँ ,गिद्ध को खुट्टा झैँ,उटको तिघ्रा झैँ,शुतुर्मुर्ग झैँ टांग ,अनि सर्प झैँ पुच्छर यीनीहरु सदैव लश्करमा उड्दछन् यीनिहरुको अगाडी यीनिहरुको मुखिया रहने गर्दछ यदि मुखिया उड्यो भने यीनीहरु पनि उड़दछन यदि मुखिया बस्यो भने बस्दछन यीनिहरुको थुक हरियालीका निम्ति जहर समान हुन्छ। यदि यीनिहरुको झुण्ड कुनै खेत बारीमा पस्यो भने त्यो पूर्ण रुपमा बर्बाद हुन्छ।
📕 हयातुल हैवान,जिल्द 1,सफह 477-485
यो पाक (पबित्र ) र हलाल हुन
अब्दुल्लाह बिन उमर رضی اللہ عنہما भन्नु हुन्छ कि नबि अकरम صلی اللہ علیہ وسلم बाट वर्णित गरियको छ "तिम्रा निम्ति दुइ मुर्दार र दुइटा रगत हलाल(बैध) गरियको छ
दुइ मुर्दार हलालमा १-माछा २-सलह (तिड्डी)
अनि दुइ रगत बन्नाले कलेजोको अनि तिल्लीको रगत "
(SUNAN IBN MAJAH HADITH NO. 3314)
के यो खान सकिन्छ ?
حَدَّثَنَا حَفْصُ بْنُ عُمَرَ النَّمَرِيُّ، حَدَّثَنَا شُعْبَةُ، عَنْ أَبِي يَعْفُورٍ، قَالَ: سَمِعْتُ ابْنَ أَبِي أَوْفَى، وَسَأَلْتُهُ عَنِ الْجَرَادِ ؟، فَقَالَ: غَزَوْتُ مَعَ رَسُولِ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ سِتَّ أَوْ سَبْعَ غَزَوَاتٍ، فَكُنَّا نَأْكُلُهُ مَعَهُ .
आषय हदिस मुबारक -
अबु याअफूर भन्नु हुन्छ मैले इब्न अबि औफी رضی اللہ عنہ बाट सुने र मैले वहालाई सलह (तिड्डी) सम्बन्धित सोधे वहाले भन्नु भयो "मैले नबि ए अकरम اللہ صلی اللہ علیہ وسلم का साथ छ (६) या सात(७) युद्ध लडे हामि यसलाई हुजुरका साथ खाने गर्द थियौ। "
SUNAN ABU DAWOOD HADITH NO. 3812
यसलाई खान हलाल छ र धेरै जसो ठाउमा खाइन्छ (अरब ,पाकिस्तान,अफगानिस्तान ) लगायत अरुपनि इस्लामिक राष्ट्रमा खाइन्छ जहाँ यो पर-पुर्ब काल देखि खाने चल्न चल्ती रहेको छ तर नेपाल लगायत बर्रे सगिरमा(केहि ठाउमा ) यो प्रजाति खान चलन नरहेको हुदा यहा यो प्रजाति खान घिन मान्दछन तसर्थ यहा यो प्रजातिलाइ खाइनन यसको अर्थ यो पक्कै होइन कि यो खानै हुन्न भन्ने चाहि पक्कै होइन
धेरै जसो आइम्माका अगाडी यसलाई जिबह गर्नु पर्दैन यानी यसलाई बिना जबीह खान सकिन्छ केवल इमाम मालिक का अगाडी
इमाम मालिकले यसलाई जबीह गरेर मात्र खाने भन्नु भयको छ यसलाइ जबीह गर्ने तरिका बिस्मिल्ला अल्लाहू अकबर भन्दै यसको टाउकोलाइ शरीरबाट टुक्र्याउने अनि जब यो मृत हुन्छ यसलाई खान सकिन्छ
इमाम शाफई
इमाम शाफई भन्नु हुन्छ कि यसलाई जिउदो मारेर खानु मक्रुह छ जब यो मर्छ यसको पेट बाट केहि ननिकाली यहि अवस्थामा यसलाई पकाउनु या भुट्नु
इमाम अहमद बिन हम्म्बल
वहाको अगाडी यसलाई जिउदै पकाउन पनि सकिन छ र भुट्न पनि सकिन्छ यसो गर्दा अजाब हुदैन
यानी सम्पूर्ण आइम्माका अगाडी यो खान हलाल रहेको छ

No comments:
Post a Comment