नमाज का लागि समय को महत्व ।
कुरआन मजीद मा अल्लाह तआला भन्नू हुन्छ ,
إِنَّ الصَّلَاةَ كَانَتْ عَلَى الْمُؤْمِنِينَ كِتَابًا مَوْقُوتًا ﴿١٠٣﴾
अर्थात " बेशक नमाज सबै मोमिनहरु प्रती तोकिएको समय मा पढनु अनिवार्य रहेको छ "।
( सुरह निसा , आयत नं १०३ )
प्रत्येक नमाज पढ्न का लागि इस्लामी शरीअत ले तोकेको समय भित्र मात्र उक्त नमाज़ पढ्नु पर्दछ । त्यसको अगाडि वा पछाडि पढ्दा नमाज मान्य हुँदैन । उदाहरण का लागि आज को दिन को असर को नमाज़ पढ्नु छ भने असर को समय शुरू भए देखि लिएर घाम अस्ताउनु भन्दा २० मिनेट पहिला सम्म मात्र असर को नमाज़ पढ्न सकिन्छ ।
यहाँ हामी नमाज को समय बारे बिस्तृत जानकारी प्रदान गर्दै छौँ ।
1)फज्र नमाज को समय :मिर्मिरे उज्यालो देखि लियेर सुर्य उदाउनु भन्दा २० मिनेट पहिले सम्म ।
2)जोहर नमाज को समय: मध्यान्ह पछिबाट समय शुरु भएर तेस्बेला सम्म यो नमाजको समय रईरहन्छ जब सम्म कुनै पनि वस्तुको छायाँ आफ्नो वास्तविक छायाँ भन्दा दुई गुणा हुदैन।जस्तै एउटा लौरो १ फिट लामो छ भने जब सम्म त्यस् लौरोको छायाँको आकार २ फिट हुन्छ तब जोहरको नमाज को समय समाप्त हुन्छ ।तर छायाँ आफ्नो असली छायाँ भन्दा १ गुणा बढी भएसम्म जोहरको नमाज पढि सक्नु उत्तम हुन्छ ।
3)अस्र नमाज को समय : प्रत्येक वस्तुको आफ्नो असली छायाँ भन्दा दोब्बर छायाँ भैसके पछि अस्र नमाजको समय शुरु हुन्छ र सुर्य अस्ताउनु भन्दा २० मिनेट अघि सम्म बाकी रहन्छ ।तर सुर्य अस्ताउनु भन्दा पहिला सुर्यको किरण पहेँलो नहुदै अस्र को नमाज पढिसक्नु पर्दछ।यो नै राम्रो मानिएको छ ।सुर्यको किरण रातो देखिनु सुर्य अस्ताउने र सुर्य उदाउने कुराको चिन्ह हो।यस समय मा नमाज पढनु मकरुह रहेको छ।
4)मगरिब नमाजको समय: सुर्य अस्ताय देखि लिएरआकाशको किनारामा रातो रंगको ज्योति नहराय सम्म मगरिब को समय बाकी रहन्छ।तर मगरिब को समय शुरु हुने बित्तिकै नमाज पढ्नु उत्तम मानिन्छ।
5)इशाको नमाजको समय: आकाशको किनारामा देखियको प्रकाशमिय ज्योति हराए पछि इशा को समय शुरु हुन्छ र बिहान छिरबिरे उज्यालो नभएसम्म यसको समय रह्न्छ।तर इशाको नमाज आखिर समय मा पढ्नु उत्तम मनिन्छ।

No comments:
Post a Comment