[Latest News][6]

10

Translate

आमा बुबा प्रती सन्तान को दायित्व ।


अल्लाह सुबहानह व तआला ले कुरआन मजीद मा हामीलाई आदेश दिनु भयेको छ ,

وَقَضَي رَبُّكَ ألّاَ تَعْبُدُوْ إلّاَ إيّاَه........إليٰ اَخِر الاية
नेपाली अनुवाद :
" र तिम्रो पालनकर्ता ले तिमीहरूलाई आदेश दिनुभएको छ कि तिमीहरू उस को बाहेक अरु कसैको इबादत न गर र आफ्ना आमाबाबु संग असल व्यबहार गर । यदी तिम्रो अगाडि तिनीहरु दुबैजना वा कुनै एक बृद्वावस्था मा पुगे भने उनीहरुलाई नराम्रो शब्द "उफ्फ" सम्म पनि नभन ,उनीहरुलाई कहिल्यै न हपकाउ र उनीहरुसंग आदर र सत्कार का साथ कुरा गर ।
( अल कुरआन , सुरह बनी इसराईल आयत नं 23 )

यसै गरि आमा बुबा को अदब र उहाँको मर्तबा लाई बताउंदै हजरत अबि हुरैरह रदिअल्लाहु अन्ह नबि ए करीम सल्लल्लाहु अलैह वसल्लम बाट एउटा हदीस यसरी बर्णन गर्नु हुन्छ ।
عَن أبي هُرَيْرةَ رضي الله عنه قَالَ . جَا رَجُل
إليٰ رَسُوْلِ اللَّه صلي الله عليه و سلم .فَقَالَ . يَا رَسُوْل اللّٰه ،مَنْ أحَقُّ النَّاسِ بِحُسْنِ صَحَابَتي ؟؟ .قَالَ (( أمُّكَ ))قَالَ :ثُمَّ مَن ؟ْ قَالَ : (( ثُمَّ أمُّكَ ))قَالَ :ثُمَّ مَنْ ؟ قَالَ : (( ثُمَّ أمُّكَ ))قَالَ :ثُمَّ مَن؟ قَال : (( ثُمَّ ابُوْكَ .))
नेपाली अनुवाद  :
" हजरत अबु हुरैरह रदिअल्लाहु अन्ह भन्नू हुन्छ कि एक पटक नबि ए करीम सल्लल्लाहु अलैह वसल्लम सामु एउटा व्यक्ति आयो र सोध्यो या रसूल अल्लाह , सारा मान्छे हरु मध्य मेरो राम्रो व्यबहार को सबै भन्दा धेरै हकदार को हो ? जवाब दिनु भयो, " तिम्रो आमा " । फेरि सोध्यो , त्यसपछि को ? जवाब दिनु भयो, " तिम्रो आमा " । फेरि सोध्यो , त्यसपछि  को ?जवाब दिनु भयो, " तिम्रो आमा " । फेरि सोध्यो त्यसपछी  को ? जवाब दिनु भयो "तिम्रो बुबा " ।

अल्लाहु अकबर ,
यो हो हाम्रो दीन ए मुबीन, यो हो हाम्रो कुरआन को आदेश , यो हो हाम्रो बुबाआमा प्रती अदब , तह्जीब , आदर र सत्कार ,
हामी लाई हाम्रो कुर आन र हाम्रो हदीस ले आमा बुबा प्रती गर्नु पर्ने अदब सिकाउछं ,
हामी लाई हाम्रो आमा बुबा को पद र महानता दर्साउँछ , हामी लाई आमा बुबा को हक सिकाउंदै छ ,
नबि ए करीम ले राम्रो व्यबहार को हकदार भनेर आमा लाई 3 पटक किन भन्नू भयो ??
किनकि बच्चा लाई पेट मा मानवीय स्वरुप देखि लिएर 9 महिना सम्म पेट मा बोकेर , जन्म देखि लिएर दूध खुवाउने उस लाई हुर्काउने बढाउने सारा भार आमा ले मात्रै उठाएको हुन्छ ।
एक सहाबी ले नबिए करीम संग सोध्नुभयो , या रसूल अल्लाह मैंले मेरो आमा लाई आफ्नो कांध मा बोकेर एस्तो बाटो बाट पैदल हिडेर कि एदि तेसमा काचो गोश्त राखिदिने हो भने पाक्ने थियो होला तेस्तो बाटो मा नाङ्गो खुट्टा हिडेर मेरो आमा लाई 7 पटक हज्ज गरांये , के मैले मेरो आमा को हक पूरा गरें ???
नबि ए करीम ले जवाब दिनु भयो कसम उस रब्बे जुल जलाल को जसको कब्जा मा मेरो आत्मा छ ,। तिमी लाई पेट मा राख्दा तिम्रो आमा लाई 9 महिना सम्म कति पिडा भयो तेस्को 1 दिन को पनि हक अदा भयेको छैन ।
अल्लाह अल्लाह ,
यो हो हाम्रो इस्लाम ले हाम्रो आमा लाई दियेको स्थान , आमा लाई दियेको मकाम ,
र इस्लाम ले छोराछोरी लाई के दियेको छ त भन्दा नबि ए करीम ले भन्नू भयेको छ कि यदि कसैले आफ्नो आमा बुबा लाई जम्मा एक पटक जम्मा एक पटक माया को हेराइ ले हेर्छ भने उसलाइ अल्लाह त आला ले एक मकबूल हज को सवाब दिनु हुन्छ , यो सुने पछि सहाबा ले सोध्नु भयो , या रसूल अल्लाह यदि कसैले दिन मा 100 चोटि आमा बुबा लाई माया को हेराइ ले हेर्यो भने ???? ।
जवाब दिनु भयो अल्लाह को रहमत मा कुनै कमि छैन ।
अल्लाहु अक्बर ,
इसलाम ले आमा को दिन भनेर कुनै एक दिन लाई खास गरेको छैन , बरु ईस्लाम ले त हर हर सेकेन्ड ,हर हर मिनेट , हर हर दिन लाई आमा को भन्ने सबक दियेको छ ,
बर्स मा एक खास दिन लाई इस्लाम ले आमा को दिन भनेर तोकेको छैन ,
इस्लाम ले त भनेको छ तिमी हरु आफ्नो आमा बुबा लाई एक पटक माया ले हेर मात्र , म तिमी हरु लाई एक पटक मकबूल हज्ज को सवाब दिने छु ,
अल्लाह हामी सबै लाई आमा बुबा को आग्याकारी बनाउन , साथै उनिहरुु लाई जन्नत नसिब गरुन
आमिन या रब्बल आलमीन ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search