💗💗बैतुल मुकद्दस💗💗 लेखक:असगर रजा अज्हरी (अल-अज्हर युनिभर्सिटी मिश्र )
#ऐतिहासिक_शब्दहरु_कृपया_ध्यानसंग_पढिदिन_अनुरोध_गर्दछु ।
मैले सुनेको , अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्प ले एरुशेलम लाई इज्राएल को राजधानी घोषणा गरे अरे । के तपाइँ ले पनि सुन्नु भयो ? पक्कै सुन्नु भयो होला । अनि मलाई जसरी तपाईं लाई पनि कुनै वास्ता लागेन होला । केही फरक परेन होला । कहाँ को डोनाल्ड ट्रम्प कहाँ को हामी ?? यो त राजनीतिक विषय हो , यस्तो झन्झट मा किन पर्ने ??? भनियो होला । किन थाहा छ ???
किनभने हामी लाई एरुशेलम को हैसियत नै थाहा छैन ।
किन प्यालेस्टाइनि मुसलमान हरु त्यस ठाउँ मा नमाज पढ्न का लागि आफ्नो ज्यान निछावर गर्न तत्पर रहन्छन् ?
हामिलाइ केइ अत्तोपत्तो नै छैन कि प्यालेस्टाइनि आमा हरु आफ्ना आँखा का तारा हरु लाई जन्मने बित्तिकै बैतुल मुकद्दस ( एरुशेलम ) को सुरक्षा का निम्ति दान गरिदिन्छिन ।
आउनुहोस् इतिहास का केही सुनौला पन्ना हरु लाई यस सोशल नेटवर्क द्वारा पल्टाऔँ । र आफू भित्र को मृत आत्मा लाई बिउझाऔँ ।
के तपाईं लाई थाहा छ ? इस्लाम को प्ररम्भिक युगमा हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैही वसल्लम र उहाँको सहाबा हरु यहि बैतुल मुकद्दस तर्फ अनुहार गरेर नमाज पढ्ने गर्दथे । त्यसकारण आज पनि बैतुल मुकद्दस लाई मुसलमान हरु को किब्ला ए अव्वल ( प्रथम किब्ला ) भनिन्छ ।
के तपाईं लाई थाहा छ ? हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैही वसल्लम जब मेअराज को पवित्र यात्रा गर्नु भएको थियो त्यस यात्रा गर्ने क्रममा मक्का बाट बुराक मा सवार भई यस ठाउँ सम्म जमिनी यात्रा गर्दै त्यहाँ पुगेर सम्पुर्ण नबि हरु बिच इमामत गरि २ रक्अत नमाज पढाउनु भएको थियो । र यसै मस्जिद बाट नै मेअराज को आकाशिय यात्रा को आरम्भ भएको थियो ।
के तपाईं लाई थाहा छ ? आफ्नो कार्यकाल को बाह्र वर्ष को लामो अवधि सम्म हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैही वसल्लम का दित्तिय उत्तराधिकारी हजरत उमर रदिअल्लाहु अन्ह अरब बाट कहिल्यै बाहिर निस्कनु भएन तर केवल १ पटक मात्र निस्कनु भयो किन र कहाँ थाहा छ ?? जब उहाले थाहा पाउनु भयो कि इस्लामी फौज का जवान हरु बैतुल मुकद्दस पुगि त्यतिखेर का धार्मिक नेता सँग मिलि बिना कुनै युद्ध बैतुल मुकद्दस लाई गैर इस्लामी फौज लाई सुम्पिन तयार छन । सैय्यदना उमर रदिअल्लाहु अन्ह मात्र एउटा ऊँट र एउटा गुलाम लाई साथ लिइ विक्षिप्त रूपमा लगातार यात्रा गर्दै बैतुल मुकद्दस को सुरक्षा का लागि प्यालेस्टाइन पुगि बैतुल मुकद्दस लाई मुसलमान को हात मा फिर्ता दिई फर्केका थिए । केही समय पश्चात् यक आपस मा पुनः युद्ध भैइ नतिजा स्वरुप गैर मुस्लिम ले बैतुल मुकद्दस लाई कब्जा गरेका थिए ।
आफ्नो सारा शक्ति लाई बैतुल मुकद्दस को स्वतन्त्रता का लागि दान गर्दै , रगत पसिना बगाउँदै , बैतुल मुकद्दस लाई गैर को हात बाट बचाउँदै इमामुद्दिन जङ्गी , त्यसपछि नुरुद्दिन जङ्गी जस्ता फौलाद हरु यस दुनिया बाट गए । त्यसपछि उहाँकै शिष्य तथा इस्लाम का महान योद्धा सुल्तान सलाहुद्दिन अय्युबी ले लगातार कयौं वर्ष सम्म युद्द गर्दै घोडा को ढाड मै बसि बसि बैतुल मुकद्दस लाई मुसलमान को झोली बाट खोसिन दिएका थिएनन । त्यसपछि पनि लगभग ५ वर्ष सम्म अत्यन्तै थोरै मात्रामा सिपाही का साथ र आफ्नो अटल हौसला का साथ इँग्लिस्तान , फ्रान्स , इटालि जस्ता कयौं रास्ट्र हरु सङ्ग लडि बैतुल मुकद्दस लाई गैर को हात मा पुग्न बाट रोकि रहनु भयो ।
हजुर यो त्यही बैतुल मुकद्दस हो जसलाई हरम शरीफ को पद प्राप्त छ । मक्का र मदीना पश्चात् सारा धर्ती मा सबैभन्दा पवित्र धर्ती भनेर यसै धर्ती लाई मानिन्छ ।
यो त्यही बैतुल मुकद्दस को पवित्र धर्ती हो जसलाई कब्जा गर्ने सपना कयौं वर्ष देखि यहुदी हरु देख्दै आएका छन । आज डोनल्ड ट्रम्प ले यरुशेलम लाई इजरायल को राजधानी घोषणा गरे , यो त्यही ठाउँ हो जहाँ अब इजरायलि डेमोक्रेसी नाच्नेछ । जहाँ साठी पैसठी वर्ष देखि प्यालेस्टाइनि मुसलमान हरु को बलि चढ्दै आएको थियो । कहिले इजरायलि युद्द को नाममा त कहिले इजरायलि कब्जा को नाम मा , कहिले हैकल सुलैमानी को नाममा त कहिले इजरायलि हरु को प्राथमिक अधिकार को नाममा । न मेरो मुटु मा कुनै धक्का लाग्यो न कसैलाई कुनै पीडा । लुटिइन प्यालेस्टाइनि आमा हरु , निर्मम मारिय प्यालेस्टाइन का निर्दोष बालक हरु , रगत को होलि खेले युवा हरुले । तर काम केही आएन ।
सायद कुनै इस्लामी राज्य त उनीहरुको काँध मा काँध मिलाएर उभियोस । सायद कसैले त सैय्यदना उमर रदिअल्लाहु अन्ह को जिवनी बाट शर्म को पाठ सिकोस । सायद कुनै सलाहुद्दिन अय्युबी को दिवाना बनेर आइपुगोस । सायद कसैले त उस्मानी राज बाट किब्ला ए अव्वल को सुरक्षा बारेको पाठ पढोस । मुस्लिम रास्ट्र हरु का प्रमुख नेता हरु आ आफ्नो हस्ती मै उल्झेर बसिरहेका छन । तर केही दिवाना हरु छन जसलाई पक्कै केही पिडा महसूस भयो । उनिहरु तड्पिए । सायद कसैले त कसम पनि खाए होलान । सायद कोहि त यस विरुद्ध कुनै रणनीति बनाउन तर्फ पनि लागे होलान । सायद कोहि अबाबिल को भुमिका निभाउन पनि खोज्दै होलान । अल्लाह ले उनीहरुको रक्षा गरून् ।
बाकी रहेका हामी हरु ? केवल कलम र कापी मा मात्र सिमित रह्यौँ । हामी आफ्नै समस्या बाट मुक्त हुन सकि रहेका छैनौं । तर अन्त्यमा आफुलाइ एउटा प्रश्न भने अवश्य गर्नु होला के यदि कसैले मक्का र मदीना लाई यस प्रकार को अस्वीकार्य घोषणा गर्ने हिम्मत गर्छ भने के त्यतिबेला पनि तपाई यस्तै शान्त मन ले बस्नु हुन्छ ? पक्कै पनि बस्नु हुँदैन होला नि । त्यसो भए याद राख्नुहोस , मक्का मदीना र बैतुल मुकद्दस यी तीन वटै ठाउँ ले इस्लाम मा हरम शरीफ को दर्जा राखेका छन । आफ्नो भावना लाई मृत हुन दिनु पुर्व बैतुल मुकद्दस को दर्जा लाई अवश्य याद गर्नु होला ।
वस्सलाम ।
त्रुटि लाई सच्याउन आग्रह गर्दै ।
#Razaa
#अल_अज्हर_शरीफ

No comments:
Post a Comment