रमदान करिम र कुरआन करिम
सादिस रजा बरकाती !
हरेक बर्ष रमदान करिम को पवित्र महिना हामिहरु माझ अत्याधिक मात्रा मा महत्त्व (फजिलत)रअभिवृद्धि (बर्कत) लिएर आउने गर्दछ।र यस पवित्र महिना को हज्जारौं विशेषता र महत्व मध्य एउटा विशेष महत्त्व यो पनि हो कि अल्लाह तआला ले आफ्नो महान वाणी पवित्र किताब कुरआन मजिद लाइ यसै महीना रमदान करिम मा अवतरण गर्नुभयो। रमदान करिम र कुरआन करिम मा एक विशेष सम्बन्ध रहेको छ यस मुबारक महिना(रमदान करिम)मा मुसल्मानहरु अत्याधिक मात्रा मा कुरआन करिम को तिलावत गर्ने गर्दछन र तराविह को नमाज मा कुरान करिम को पुरै पाठ खतम गर्ने गर्दछन त्यस कारण आज म तपाई हरु समछ्य कुरआन को विशेषता (फैजाने कुरान) र अज्मते कुरान को विषय मा केही जानकारी मूलक शब्दहरु बयान गर्न गैरहेको छु। अल्लाह तआला हामिहरु सबैलाइ कुरआन को आदेश लाई कार्यान्वयन गर्न र कुरान को आध्यात्मिकता(फैजान) बाट पुर्ण लाभ प्रदान गरोस ( आमिन बिजाहिन नाबिय्यिल मुर्सलीन )
👉️कुरआन सत्मार्ग,स्वास्थलाभ र रहमत हो मोमिनहरुको लागि👈️
=अल्लाह पाक कुरआन करिम मा बयान गर्नु हुन्छيا ايها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين
हे मानिसहरू तिम्रो रब को एक उपदेश(नसिहत)आएको छ दिल को स्वास्थ्यलाभ र सत्यमार्ग र कृपा इमानवाला हरुको लागि।
हाम्रो हुजुर नबि करिम सल्लल्लाहु अलैही व सल्लम जुन समय मा यस धर्ती मा आगमन गर्नु भयेको थियो त्यो समय लाई दौरे जाहिलियत भनिन्छ।अरब वाशी हरु लेखाइ र बोलाइ मा भाषा को शुद्धीकरण तथा विशाल व्याकरण ले भरिपूर्ण शब्द को चयन शैली को मैदान का बे ताज बादशाह मानिने गर्दथे।अल्लाह तआला ले हाम्रो नबि करिम सल्लल्लाहु अलैही व सल्लम लाई यस्तो पूर्रण उत्तम किताब प्रदान गर्नु भयो जुन किताब हर युग हर समुदायको लागि सबै आध्यात्मिक तथा शारीरिक बिमारी को लागिस्वास्थ्य लाभ को अनामोल खजाना रहेको छ।
कुरआन करिम लाई जब हाम्रो नबि करिम सल्लल्लाहु अलैही व सल्लम ले मनुष्य हरुलाइ सुनाय तसर्थ विशाल व्याकरण ले भरिपूर्ण शब्द को चयन शैली को मैदान का बे ताज बादशाह मानिनेहरु को पनि टाउको निहुरियो र तिनिहरु लाटा जस्तै भय। तसर्थ
आशिके मुस्तफा हुजुर सय्येदी सरकार आला हजरत इमाम अहमद रजा खान (रदि अल्लाहु अन्ह) ले भन्नू भयको छ ।
{तेरे आगे युं हैं दबे लचे फोसहा अरब के बडे बडे}
{कोइ जाने मुंह मे जबां नहिं,
नहिं बल्की जिस्म मे जां नहिं}
क्रमशः

No comments:
Post a Comment