[Latest News][6]

10

Translate

ज़कात (धार्मिक कर/दान) गरिबकाे हक़ हाे !

विश्वमा इस्लाम धर्मावलम्बीहरू रमज़ान (इस्लामि पात्राे हिजरी सम्वत् काे नवाैं महिना)काे एक महिना राेजा (व्रत) बस्दैछन् । यसले आत्मशुद्धी गर्दछ । हरेक कुकर्मबाट बच्ने अभ्यास गराउँछ । आफू स्वयं निराहार/भाेकाे बसेर वास्तविक भाेकाहरूकाे पीड़ावाेध गर्न यसले अभिप्रेरित गर्दछ । यस महिनामा गरिने कर्महरू मध्ये एउटा महत्वपूर्ण कर्म, ज़कात दिने हाे । भनिन्छ तिमीले खानु भन्दा पहिले छिमेकिकाे घरमा चूल्हाे जल्याे कि जलने त्याे हेर । जलेकाे छैन भने तिमीसँग भएकाे बाँटेर खाउ, बाँटेर खान सकेनाैं भने व्रत बस्नुकाे कुनै औचित्य छैन । आजकाे विश्व परिवेषमा नाबालिग, अंग कमजाेर भएका, आर्थिक कमजाेर र, एकल महिलाहरूले समेत जीविकोपार्जनका निमित्त ठूलाे संघर्ष गर्नु पर्ने बाध्यता छ । छाेरीकाे विवाह गर्न नसकेर बाबुले आत्महत्या गर्ने घटनाहरू बढ्दै छन् । कुपाेषणले मृत्यु हुनेकाे संख्या विकराल छ । युद्धले घरवार विहीन बनाएकाहरू भाेकले प्रताड़ित छन् । विभिन्न समस्याका कारण शरणार्थी बन्नेकाे संख्याले शिखर चुम्दैछ । घरका समस्याले नाेकरी गर्न बाध्य हुने महिलाहरू घरेलू हिंसाका शिकार भएका छन् । जीविका चलाउँन कै निमित्त देहव्यापार गर्ने महिलाहरूकाे पीड़ा पनि कम छैन । घरकाे आर्थिक अवस्था कमजाेर भएकै कारण चाेरी ठगी गर्ने नाबालिगहरूकाे कथा पनि कम कारूणिक छैन । सड़कका छेउमा एक सराे कपड़ा नपाएर मर्नेकाे संख्याकाे पनि कुनै लेखाजाेखा छैन । काेराेना भाइरस जस्तै प्लेग अफ जस्टिनियम ३ देखि ५ कराेड, ब्ल्याक डेथ (वुवाेनिक प्लेग) २० कराेड, विफर (स्मलपक्स) ५ कराेड ६० लाख मृत्यु भएका जस्ता संक्रमण हुने राेगकाे माहामारी, भूकम्प, सुनामी, बाढ़ीपहिराे, खडेरी, जलवायु परिवर्तन जस्ता दैविक प्रकाेप, पहिलाे र, दाेस्राे विश्व युद्ध जस्ता युद्धले सृजना गर्ने भाेकमरी पनि हाम्राे आँकलन भन्दा बाहिर हुने गर्दछ । एकाइशाैं शताब्दीमा महिलाहरूले राेजगारीलाई अधिकार र, स्वतंत्रताकाे रूपमा व्याख्या गरेता पनि यस पछाड़ीका नकारात्मक पक्षले विश्वले धेरै ठूलाे समस्याकाे सामना गर्नु परेकाे सर्वविदित नै छ । सबैकाे राेजाइ नाेकरी नहुन सक्छ तर, नाेकरी गर्न वाध्य हुने नाेकरी पाउँन गर्नु पर्ने संघर्षलाई सामान्य रूपमा लिन सकिदैन । मध्यमवर्गीय परिवारका घरेलु काममा विदेश जाने महिलाहरूकाे पीड़ाले पनि मन विक्षिप्त बनाउँछ । दिल्लीका बजारमा बेचिन बाध्य महिलाहरू हुन वा नाबालिग सन्तान घरमा छाेडेर रत्नपार्कमा आफ्नाे माेलताेल गर्ने महिलाहरूकाे कहानी पक्कै पनि हृदय विदारक छन् । राज्यले गरिबी निवारणका निमित्त विभिन्न प्रयास गरे पनि त्याे प्रयास प्रयाप्त र, प्रभावकारी सावित भएका छैनन् । विभिन्न अन्तराष्ट्रिय संघसंस्थाले राम्रै भूमिका निर्वाह गरे पनि यस्ता समस्या निर्मूल पार्न भने सकिरहेका छैनन् । यस्ता समस्यालाई समाधान गर्ने उपाय के त भन्ने सवालकाे एउटै जवाफ हाे “ज़कात” । इस्लामले यसलाई गरिबकाे हक़ भनेकाे छ । रमज़ान महिनामा गरिने हरेक पुण्य कामलाई इस्लामले सत्तरी गुणाले बृद्धि हुन्छ भनिएकाे छ । यसैले यस महिनामा ज़कात निकाल्ने गरिन्छ । ज़कात हरेक बर्ष निकाल्नु पर्छ । तर, विडम्बना सबैले ज़कात निकाल्दैनन् । ज़कात निकाले पनि सम्वन्धित व्यक्ति-हक़दार सम्म पुग्दैन । यसमा पनि अनियमितता गर्नेकाे कमी छैन । अन्यथा सबैले ज़कात निकाल्ने र, निकालिएकाे ज़कात हकदार सम्म पुग्ने हाे भने । न कुनै बाबुले आत्महत्या गर्नु पर्थ्याे, न कुनै बालकले चाेरी गर्नु पर्थ्याे, न कुनै महिलाले देहव्यापार नै गर्नु पर्दथ्याे । अहिले हाम्राे देश लगायत विश्व काेराेनाले आक्रान्त छ । विश्वकाे अर्थतन्त्र डगमगाएकाे छ । कराेडाैंकाे राेजगारी गुमेकाे छ । यसकाे दुर्गामी असर कस्ताे हुने याे ठूलाे बहसकाे विषय बनेकाे छ । तर, तुरून्तै देखिएकाे असर भनेकाे दैनिक ज्यालादारी गरेर जीविका चलाउँने भाेकले तड्पिएका छन् । उक्त गरिबहरूलाई हामीले सकेसम्म मद्दत गर्नु पर्ने छ । धेरै ठाउँमा राहत वितरणमा मुस्लिम समुदायले अग्रसरता देखाएकाे छ । तथापी सम्पूर्ण मुस्लिम समुदाय वर्तमान समस्यालाई समाधान गर्न ज़कात निकालाैं र, भरपूर मद्दत गराैं । याे उत्तम समय छ । ज़कात कसले निकाल्ने ? ज़कात इस्लाम धर्मकाे पाँचाैं आधार स्तम्भ मध्य एक हाे । मुसलमान, आकिल (मानसिक सन्तुलन ठिक भएका), बालिग़, धनी अर्थात् सामर्थ्यवान जसकाे मापदंड साढ़े सात ताेला सुन वा ५२.५ ताेला चाँदी एक बर्षसम्म घरमा राख्न सक्ने वा साे बराबरकाे कमाइ (पैसा) बचत गर्न सक्ने हुन्छ वा ऋण कटाएर साे बराबरकाे बेच्ने सामान हुन्छ । आफू बस्ने घर, कमाएर खाने खेत/बारी/ज़मीन लगायत आफूलाई आवस्यक पर्ने प्रयाेजनका सामान बाहेक भाडामा लगाइएका घरकाे भाडा वा भाडाका गाडीहरूकाे कमाइ अर्थात् आफ्ना सम्पूर्ण आवस्यकता पुरा भए पछि ५२.५ ताेला चाँदीकाे रक़म बराबरकाे पैसा एक बर्षसम्म बच्याे भने ज़कात निकाल्नु पर्छ । ज़कात बचेकाे कमाइ (पैसा) र, व्यापारकाे सामान जाे मालमा वृद्धि हुने अधिक सम्भावना हुन्छ त्यसबाट २.५ प्रतिशत निकाल्न अनिवार्य गरेकाे छ । ज़कात बर्ष-बर्षमा निकाल्नु पर्ने हुन्छ । आउने बर्षकाे ज़कात निकाल्न चाहे पहिले नै निकाल्न पनि सक्छ । यसर्थ वर्तमान अवस्थामा आगामी बर्षकाे समेत ज़कात निकाल्न उपयुक्त देखिन्छ । ज़कात कसलाई दिने ? ज़कात जस्ताे फ़क़ीर, गरिव (उसकाे कमााइले खान नपुग्ने), मुसाफ़िर (धनी समेत), फिसबिलिल्लाह (अल्लाहकाे बाटाेमा हिंडेका) जस्ता ज़रूरतमंदहरूलाई जाे इस्लामले दिनका निमित्त जायज़ भनेकाे छ उनीहरूलाई दिने । नाजायज़ ठाउँमा दिए गुनाहगार हुन सकिन्छ । दिनु भन्दा पहिले एक पटक आलिम ए दिनहरूलाई अवश्य साेधाैं । हाम्रा अन्तिम संदेष्टा हज़रत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले रबकाे कसम खाएर भन्नु भएकाे छ: जसले कर/दान निकाल्छ उसकाे मास सम्पत्तिमा कुनै कमी हुँदैन बरू बृद्धी हुन्छ । पाँच समयकाे नमाज़, शुक्रवार पढिने नमाज “जुम्मा”, तराबिह् (रमज़ान महिनामा पढिने विशेष नमाज) घरमा नै पढाैं । इफ़्तार (व्रत खाेल्ने) समयमा पनि पाहुना वा साथीहरूलाई नबाेलाउँ । सरकारकाे निर्देशन पालन गरेर राज्यलाई यस लड़ाईमा भरपुर साथ दिउँ । काेभिड-१९ लाई हराउँ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search