हजरत मुहम्मद (صلی اللہ تعالی علیہ سلم) काे जन्माेत्सव लेखिका: जाहिदा बानू , अर्घाखाॅची
ईस्लाम एउटा यस्ताे समाज बन्न चाहान्छ जहॉ मायॉ प्रेम, मानवता र भाइचाराकाे भावना होउस। सुख, शान्ति र स्वतन्त्रता हाेउस। आपसी सद्वभाव, समझ्दारी र न्याय होउस। मानिस एक अर्कालाई इज्जत गरुन। जीवनका हरेक माेडमा एक अर्काकाे सुख दु:खमा बराबर साझेदार बनुन। यस्ता कुराहरुलाई पूरा गर्नका निमित्त अल्लाह तआलाले यस धर्तीमा मार्गदर्शनका लागि समय समयमा कुनै व्यक्ती विशेषलाई आफ्नाे दूत बनाएर पठाउनु भयाे। ती दूतहरुमध्ये सर्वस्रेष्ठ सबैभन्दा महान दूत अर्थात अन्तिम सन्देष्टा(पैगम्बर) मुहम्मद(صلی اللہ تعالی علیہ سلم) हुनुहुन्छ जसकाे जीवन र चरित्रलाई अल्लाह पाकले महाप्रलय सम्मका मानिसका लागि एक नमूना बनाएर पठाउनु भयाे र साेही अनुसार उहॉले मानिसहरुका बीच एक उदाहरणीय जीवन बिताउनु भयाे। सार्वभाैमिक भाइचाराकाे नियम र मानव समानताकाे सिद्धान्तकाे बयान गरेर जुन सामाजिक उत्थान उहॉले गर्नुभयाे त्याे महान सहयाेगकाे परिचायक हाे त्यसैले मुहम्मद(صلی اللہ تعالی علیہ سلم) अरबका सपूतहरुमा महाप्रग्य र सबैभन्दा उच्च प्रवृत्तिकाे व्यक्ती हुनुहुन्छ। उदाहरण स्वरुप यदी महानता यसमा निर्भर रहन्छ की कुनै यस्ताे जातिकाे सुधार गरियाेस जाे सभ्यतामा ग्रसित भएकाे छ र नैतिक दृष्टीमा अत्यन्त अन्धकारमा डुबेकाे छ भने ती सक्तिशाली व्यक्ती हजरत मुहम्मद (صلی اللہ تعالی علیہ سلم) हुनुहुन्छ जसले अत्यन्त अन्धकारमा डुबेकाे काैम(समुदाय) लाई माथी उठाउनु भयाे र उसलाई सभ्यताले सजाएर संसारमा ग्यान र सभ्यताकाे प्रकाश गर्नुभयाे। यसरी मुहम्मद(صلی اللہ تعالی علیہ سلم) महान हुनु सम्पूर्ण रुपबाट सिद्द हुन्छ। यदि महानता यसमा छ की कुनै समाजकाे परस्परी विराेधी र खलवलिएकाे तत्वलाई भाइचारा र दयाभावकाे सुत्रमा बॉधियाे भने मरुस्थलमा जन्मनु भएका पैगम्बर निस्संदेह याे विशिष्टता र प्रतिष्ठाका पात्र हुनुहुन्छ। यदी महानता ती मानिसकाे सुधार गर्नुमा छ जाे अन्धविस्वास र यसप्रकारका हानीकारक प्रभाव र आचरणमा ग्रसित छन भने पैगम्वरे-ईस्लामले लाखाैं मानिसलाई त्यस्ता अन्धविस्वास र बिना अर्थका त्रासबाट मुक्त गराउनु भएकाे छ। यदि महानता उच्च आचरणमा छ भने शत्रु र मित्र दुबैले मुहम्मद(صلی اللہ تعالی علیہ سلم) लाई "अल-अमीन" र "अल-सादीक" विस्वसनीय र सत्यवादी स्विकार गरेका छन। मुहमद (صلی اللہ تعالی علیہ سلم) एक यस्ताे व्यक्ती हुनुहुन्छ जसले अनाथ,असहाय र साधारण जीवन बिताउनु भयाे र मानवताकाे चीरस्थायी महत्व उच्चतम वास्तविकताबीच परिचित गराउनु भयाे। मुहम्मद(صلی اللہ تعالی علیہ سلم) यसरी आफ्नाे हैसियतका साथ हामी सामु प्रकट हुनुभयाे जस्तै:मुहम्मद-
सन्देसवाहक, जनरल, व्यापारी, उपदेसक, दार्शनिक, समाजसुधारक, वक्ता, यतिमका पालनकर्ता, नाेकरका रक्छक, स्त्री वर्गका उद्दारकर्ता,न्याय गर्नेवाला, सन्त, राजनीतिग्य।
ईस्लामकाे पवित्र धर्मग्रन्थ कुरआन ईस्लामकाे नींव हाे यसलाई अल्लाह तआलाले फरिश्ता(ईश्वरीय दूत) मार्फत हजरत मुहम्मद (صلی اللہ تعالی علیہ سلم) लाई सुनाउनु भयाे। कुरआनकाे सुरह अहजबमा मुहम्मद (صلی اللہ تعالی علیہ سلم) लाई अन्तिम नबी या अन्तिम प्रवक्ता काे नामबाट संवाेधित गरिएकाे छ। पश्चिमी विचारक इच.जी का अनुसार,"यस धर्तीमा प्रवचन त धेरै गरिए तर ती प्रवचनका आधारमा एक समाजकाे रचना पहिलाे पटक हजरत मुहम्मद (صلی اللہ تعالی علیہ سلم)
ले गरेर देखाउनु भयाे।"
मुहम्मद (صلی اللہ تعالی علیہ سلم) सम्पूर्ण सृष्टीका लागि एक कृपा बनेर विक्रम संवत ६२८ अर्थात ईस्लामिक क्यालेन्डरका अनुसार तेस्राे महिना रबी'अल-अव्वल को १२ तारिख(गते) साेमबारका दिन सूर्योदय हुनु भन्दा पहिला बुवा हजरत अबदुल्लाह रदिअल्लाहु अन्हु र आमा हजरत आमिना रदिअल्लाहु अन्हाको पूत्रका रुपमा यस संसारमा आगमन भयाे। उहाॅ(صلی اللہ تعالی علیہ سلم)को जन्म हुनु पूर्व नै पिता अब्दुल्लाह रदिअल्लाहु अन्हुको इन्तेकाल(स्वर्गवास) भएको थियो। धाईमा हजरत हलिमा साअदिया रदिअल्लाहु अन्हाले उहाॅको रेखदेख गर्नुभयो। पछि आफ्ना हजुरबुवा हजरत अब्दुल मुत्तलिब रदिअल्लाहु अन्हुलाई समेत गुमाएपछि आफ्ना काका हजरत अबु तालिबले अभिभावकका रुपमा पालनपोषण गर्नुभएको थियो। २५ वर्षको उमेरमा ४०वर्षकी एक विधवा स्त्री हजरत खदिजा रदिअल्लाहु अन्हासंग निकाह(विवाह) गर्नुभयो। मुहम्मद(उहाॅमाथी शान्ति होउस) का तीन छोरा हजरत कासिम, अब्दुल्लाह र ईब्राहिम(रदिअल्लाहु अन्हुम) र छोरी हजरत रुकैय्या, उम्मे कुल्सुम र फातिमा रदिअल्लाहु अन्हुमा) हुन।
बाह्र रबि-अल औव्वलका दिन सम्पूर्ण मुसल्मानहरु मुहम्मद(उहाॅमाथी शान्ति होउस)को आगमनको खुशियाली मनाउछन जसलाई मिलादुन्नबी भनिन्छ।
![]() |
| लेखिका: जाहिदा बानू , अर्घाखाॅची |


No comments:
Post a Comment