रजबुल मुरज्ब महिनाको महत्व अनि यसका गुण भाग-१
रजबुल मुरज्जब इस्लामी बर्षको सातौ महिनामा पर्छ |अल्लाह सर्वशक्तिमानले वर्षको बाह्र महिनामा विभिन्न दिन र रातहरूको विशेष महत्त्व र पुण्य वर्णन गरेको छ र तिनीहरूको विशेष आशीर्वाद र विशेषताहरू वर्णन गरेको छ।
कुर-आन मजिदमा अल्लाह पाक भन्नु हुन्छ "आषय" भाषान्तर कन्जुल इमान " |"(सुरत अल-तौबा,पारा-१० ,आयात -३६)"بےشک مہینوں کی گنتی اللہ کے نزدیک بارہ مہینے ہیں (ف۸۰) اللہ کی کتاب میں (ف۸۱) جب سے اس نے آسمان و زمین بنائے ان میں سے
چار حرمت والے ہیں (ف۸۲) یہ سیدھا دین ہے تو ان مہینوں میں (ف۸۳) اپنی جان پر ظلم نہ کرو اور مشرکوں سے ہر وقت لڑو جیسا وہ تم سے ہر وقت لڑتے ہیں اور جان لو کہ اللہ پرہیزگاروں کے ساتھ ہے (ف۸۴)
उक्त आयात ए करीमा अन्तर्गत मौलाना नैमुद्दीन मुरादाबादी कन्जुल इरफानमा भन्नु हुन्छ "(चार सादर वाला महिनाहरुको अभिप्राय) तीन मतशल (अर्थात एक पछि अर्को ) जुल-काआदा ,जुल-हज्ज ,मोहर्र्म र एउटा रजबुल मुरज्जब हो |
अरबका बासिन्दा अज्ञानताको युगमा पनि उक्त महिनामा कुनै प्रकारको युद्ध,लडाई ,झगडा हत्या-हिँसालाइ हराम (अबैध ) नै मान्दथे | इस्लाममा उक्त महिनाहरुको सादर र गौरव अझै धेरै गरियो |
इमाम मुहम्मद गजाली अलेही रहमा "मुकाशफतल कुलुब " मा लेख्नु हुन्छ "रजब "वास्तवमा तर्जिबबाट निकालिएको हो अर्थात आदर गर्नु हो | यसको अर्थ सबैभन्दा छिटो प्रवाह अनुसार सम्मान गर्नु हो। यो पवित्र महिनामा पूजा-अर्चना गर्नेहरूमा दयाको प्रवाह तीव्र हुने भएकाले यस्तो भनिएको हो ।
यसलाई अल-अस्म अर्थात् राम्रो बहिरा पनि भनिन्छ किनभने यसमा युद्ध र द्वन्द्वको आवाज पटक्कै सुनिँदैन, यसलाई रजब पनि भनिन्छ।
हजरत अनास बिन मलिकرضي الله عنهबाट वर्णन गरिएको छ कि अल्लाहका पैगम्बरﷺ
ले भन्नुभयो, "जन्नतमा रजब नामक एक नदी छ जुन दूध भन्दा सेतो र मह भन्दा मीठो छ, त्यसैले जसले रजबमा रोजा(व्रत) राख्छ, अल्लाहले उसलाई यो नदीको पानीबाट तृप्त गरि दिनुहुनेछ।(सुयबुल इमान ,मुकासफतुल कुलुब ) अल्लामा शफुरी रहम्तुल्लाह अलेही भन्नु हुन्छ "रजबुल मुरज्जब बिउ रोप्ने ,शाअबान अल-मुअज्जम सिंचाई गर्ने ,रमदान मुबारक खेति काट्नेको महिना हो |त्यसैले जसले रजबको महिनामा इबादत (पुजा)को बिउ रोप्दैन ,शाअबान अल-मुअज्जमको महिनामा आसुले सिंचाई गर्दैन ,तेसले रमदान मुबारकको महिनामा कसरि कृपाको खेति काट्ने छ ?"
अझ भन्नु हुन्छ " रजबुल मुरज्जब शरीरलाई ,शाअबान अल-मुअज्जम हृदयलाई र रमदान मुबारक आत्मालाई पबित्र गर्दछ |
हज़रत अनस رضي الله عنه बाट वर्णन गरिएको छ कि नबि ए करीम ﷺ को मधुर कथन रहेको छ "जसले माह ए हराममा तीन दिन ,बिहिबार .शुक्रबार अनि शनिबारको रोजा (उपवास) राख्यो उसका निम्ति दुइ बर्षको इबादतको (पुजा) पुण्य लेखिने छ |"
नबि ए करीम ﷺ को कथन छ " रजबको सद्गुण अरु महिना भन्दा बडी यसरि छ जसरि मेरो सद्गुण अरु अम्बिया ए किराम भन्दा बडी रहेको छ "
नबि ए करीम ﷺ को कथन छ "अवश्य! रजबुल मुरज्जब भव्यतावाला महिना हो |यसमा असल कार्यको पुण्य दुइ-गुणा हुने छ |जुन वेक्तिले रजबुल मुरज्जबको एक दिनको रोजा (उपवास) राख्छ जस्तै कि उसले एक बर्ष भरिको रोजा (उपवास) राख्यो |"
क्रमश....................

No comments:
Post a Comment