[Latest News][6]

10

Translate

मदिना शरिफ निर्माणको इतिहास खण्ड दोस्रो

 छैटौ विस्तार

अल- साम्हूदी رَحْمَةُ الـلّٰـهِ عَلَيْهका भनाइ अनुसार खलिफा अल-महदि पश्चात उनको सम्बन्धित युगसम्म कसैले पनि मस्जिद विस्तार गरेनन |
तर एक कौल (अरु एक तर्क) अनुसार यो रहेको छ कि खलिफा ल-मा'मुन अल -रशीदले हिजरी सम्बत २०२मा विस्तार गरे |यस कुरालाई इब्न कुतैबा رَحْمَةُ الـلّٰـهِ عَلَيْهले अल-माआरिफमा उल्लेख गरेका छन |
दुवै दृष्टिकोण अनुरुप (खलिफा ल-मा'मुन र इब्न कुतैबा رَحْمَةُ الـلّٰـهِ عَلَيْه)अनुकूलता गर्न सकिन्छ दुई विचारहरू मिलाउन सकिन्छ किनकि यो सम्भव छ कि अल-मामुनले मस्जिदको जग बलियो बनाय र पूर्ण-स्तर विस्तारको सट्टा नवीकरण कार्यहरू गरे।

सातौ विस्तार
रमजान ६५४ हिजरीमा मस्जिदको गोदाममा अचानक आगलागी भई छतमा फैलिँदा ठूलो क्षति भएको थियो । यो खबर खलीफा मुतासिम बिल्लाहसम्म पुग्यो, जसले ६५५ हिजरीको हज सिजनमा पुनर्निर्माणको आदेश दिए। मस्जिदमा काम गर्न कारीगरहरू, शिल्पकारहरू र वास्तुकला विशेषज्ञहरूलाई नियुक्त गरिएको थियो। पूर्वी पर्खालबाट बाब जिब्रिलसम्म नयाँ छत स्थापना गरिएको थियो, जसले पैगम्बर صَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وَسَلَّمको पवित्र कक्षहरू र मस्जिदको किब्लातर्फ फर्केका
क्षेत्रहरू पनि ढाक्यो। पश्चिमी भागमा रियाद अल-जन्ना र धन्य पल्पिटमा नयाँ छत पनि बनाइएको थियो।

656 हिजरीमा बगदादमा तातर आक्रमणको कारण, काम अस्थायी रूपमा निलम्बित भयो र अर्को वर्ष पुनः सुरु भयो। यमनका गभर्नर मलिक अल-मुजफ्फरले आफ्ना सेवाहरू प्रदान गरे र बाब अल-सलामसम्मको काम पूरा गरे। इजिप्टका शासक सुल्तान रुकन अल-दिनले 658 हिजरीमा फलाम, धातु, काठ र अन्य निर्माण सामग्रीहरू थप कामको लागि पठाए। यससँगै बाब अल-निसा र बाब अल-रहमासम्मको बाँकी काम ५३ जना कारीगर नियुक्त गरी सम्पन्न भएको छ।

आठौ,नवौ र दसौ विस्तार
सुल्तान मुहम्मद बी. कलावुन अल- स अली हईले हिज्री सम्बत ७०५ देखि अर्को बर्षसम्म पुर्व र पश्चिम छानो(छत)लाइ नवीकरण गरे |हिज्री सम्बत ७२९मा उहाले किब्ला तर्फ छतमा दुइटा दलान जोड्नु भयो |
यी दलानहरुमा संरचनात्मक समस्याहरु उत्पन्न भए |जसलाई हिजरी सम्बत ८३१मा राजा अशरफ़ बार्सबेले सहि गराउनु भयो साथै उहाले छतलाइ सिरिया तर्फ पनि बढाउनु भयो |
हिजरी सम्बत ८५३मा सुल्तान सैफ़ अल-दीन जकमाकले धन्य कक्षहरू र मस्जिदको छत तर्फका सम्पूर्ण छतको पुनर्निर्माण गर्नु भयो |
एघारौं र बाह्रौं विस्तार
इजिप्टको सुल्तान अशरफ कैतबाको शासनकालमा, मस्जिदको छाना समायोजन आवश्यक थियो। ८७९ हिजरीमा काम सुरु भयो । पूर्वी तर्फका धेरैजसो छाना र स्तम्भहरू हटाएर पुनर्निर्माण गरियो। यो परियोजना 881 हिजरी मा पूरा भएको थियो।

886 हिजरीमा, चट्याङले लगभग सम्पूर्ण मस्जिदमा आगो लगाइदियो, जसका कारण धेरै जसो स्तम्भहरू ध्वस्त भए। सुल्तान कैतबाले बिस्तारै पुनर्निर्माण गर्न कुल 400 कारीगर र 372 भरि-भराउ जनावरहरू पठाए। उहाले जमिन र समुद्रबाट पनि सामग्री पठाएका थिए। एउटा गुम्बज र थप बरामदाहरू थपिएका थिए, र संगमरमर व्यापक रूपमा प्रयोग गरिएको थियो। तामाको जाली किब्लाको दिशामा राखिएको थियो। नयाँ संरचना, भण्डारण ठाउँ, मदरसा, यात्रुका लागि विश्राम गृह, नुहाउने सुविधा, भान्छाघर, मिल र पुस्तकालय थपिएको थियो । सम्पूर्ण छानाको काम ८८८ हिजरीमा सम्पन्न भएको थियो ।

तेह्रौं निर्माण र विस्तार
जब हिजरी सम्बत १२६५मा अटोमन साम्राज्य जसलाई खिलाफत ए उस्मनिया पनि भनिन्छ |
यो विस्तारमा एउटा यस्तो उल्लेखनीय र उच्च-स्तरको भाव अनि आदर,सम्मान देख्न सकिन्छ जुन सायद इतिहासका कुनै पन्नाहरुमा देख्न सकिन्न |
यो आस्था प्रतिको एक उच्चतम नमुना हो | जसलाई न शब्दमा बयान गर्न सकिन्छ न त ब्याख्यानै गर्न सकिन्छ | तुर्कीहरुको नबि ए करीम صَلَّى الـلّٰـهُ عَلَيْهِ وَاٰلِهٖ وَسَلَّم प्रतिको माया,स्नेह र सम्मान अतुलनीय छ |
सुल्तान अब्दुल मजीद प्रथमले मस्जिदलाई विस्तार गर्ने निर्णय गर्नु भयो |तब वहाले संसार भरिका दक्ष कारीगरहरूलाइ मस्जिए ए नवबीको विस्तारका निम्ति संदेश पठाउनु भयो | जब आसिक ए रसुल صَلَّى الـلّٰـهُ عَلَيْهِ وَاٰلِهٖ وَسَلَّمले यो कुरा सुने (दक्ष कारीगर) उनीहरुको खुसीको कुनै सिमानै रहेन लाग्थ्यो कुनै तिर्खाएकाले इनार भेटेको होस | जति पनि दक्ष कारीगरहरू थिए सबैले यो कार्यमा भाग लिन आउने भए | जसका निम्ति सुल्तान अब्दुल मजीद प्रथमले जति पनि उपस्थित दक्ष कारीगरहरू प्रवास गरी तुर्क आएका थिए | उनीहरु सबैलाई इस्तांबुल भन्दा बाहिर एउटा नया बस्ति बनाइ बसाइयो | जहा हरेक भौतिक साधन ,पाठशाला र आवश्यकताका हरेक सामाग्रीको व्यवस्था गरिएको थियो |
त्यहा उपस्थित संसार भरिका दक्ष कारीगरहरूलाई सुल्तान अब्दुल मजीद प्रथमले आफ्नो ज्ञान र सीपहरू आफ्ना बालबालिका वा विद्यार्थीहरूलाई हस्तान्तरण गर्न भनियो। साथ साथै यीनीहरुलाई आफ्ना बाल-बालिकाले कुर-आन मजिदको पाठ कण्ठस्थ गर्ने निर्देशन पनि प्रदान गर्नु भयो | यस्तो कार्य गर्नु तेती सहज थिएन यसका निम्ति लामो धैर्यता गर्नु भन्दा कुनै बिकल्प थिएन तर पनि खिलाफत ए उस्मनियाका सम्राटले २५ बर्ष यसका निम्ति धैर्य गर्दै एउटा नया बस्ति बनाइ त्यहा तेस्ता कारिगरहरुको समुह तयार गर्न लगाइयो जो हाफिज ए कुर-आनका साथै बा-अमल,मुत्तकी आलिम ए दीन थिए साथै निर्माण सम्बन्धित कार्यमा दक्ष पनि थिए |
अर्को तर्फ नया खानीहरूबाट ढुंगा निकाल्न लगाइयो | नया जंगलबाट नै नया रुखहरुको कटानी गरियो | साथै जुन राष्ट्रले यो सम्बन्धित विशेषज्ञता राख्थ्यो उक्त राष्ट्रबाट उत्कृष्ट गुणस्तर-युक्त निर्माण सामाग्रीहरु आयात गरियो |
सम्पूर्ण सामाग्रीको भण्डारणका निम्ति मस्जिद ए नवबी नजिकैको गाउमा २५ बर्ष देखि जम्मा गरिदै लगियो |
जब मस्जिद ए नवबीको निर्माण प्रारम्भ गरियो सबैलाई यो निर्देशन दिएयो कि
सर्वप्रथम कार्य सुरु गर्दा आफ्नो पवित्रताको निक्कै ख्याल राख्नु
कामको क्रममा नुहाउदै गर्नु
आफ्नो कार्यको समयमा कुर-आन मजिदको पाठ पढी रहनु |
नबि करीम صَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وَسَلَّمको आदरभाव,सम्मान अनि प्रेम यति सम्म थियो कि जब कुनै ढुंगालाइ कुनै पर्खाल या कहि लगाउदा ठुलो भयमा यसलाई मिलाउन (छिनाले काटी मिलाउन) परेमा उक्त ढुंगालाई त्यो स्थानबाट (जहा नबि ए करीम صَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وَسَلَّم आराम फर्माउनु भयको छ) धेरै टाढा (जहा यसको आवाज त्यहासम्म न पुगोस ) पुर्याई उक्त ढुंगालाई काट-छाट गरिन्थ्यो यो कार्य तेतिबेला सम्म गरिन्थ्यो जबसम्म उक्त ढुंगा त्यो स्थानमा ठिक हुनन थियो | यस दौरान उक्त ढुंगालाइ अनेकन पटक ल्याउनु लैजानु पर्थ्यो तर पनि उनीहरुलाई यो कुरामा एक रत्ति पनि दुख थिएन |उनीहरु चाहन्न थे कि नबि ए करीम صَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وَسَلَّمको रोजामा र हजुरको आराममा उक्त आवाजले कुनै पिडा र अशान्ति उत्पन्न गरोस | मस्जिद ए नवबीको पुन-निर्माणको काम गरिदा सम्बन्धित कामका दक्षले कामको समयमा कुर-आन मजिदको पाठ अनि प्यारा नबि ए कोनैन सलल्लाह ताअ'ला अलैही व सल्लम प्रति दुरुद शरिफको जप पनि प्रसस्तै गर्दथे |
अगमवक्ताको शासनकालमा मस्जिदका छानाहरू गुम्बजमा परिणत भएका थिए र तिनीहरूमा रोशनदानहरू जडान गरिएका थिए। केही पर्खालहरूमा ठूला, ढोका आकारका झ्यालहरू जडान गरिएका थिए। स्तम्भहरूको माथि र तल सुनले सजाइएको थियो। गुम्बजको भित्री भाग नक्काशी गर्दै सजाइएको थियो। अब्द अल्लाह जुहदी एफेन्दी एक सुलेखक थिए जसले गुम्बज, पर्खाल, स्तम्भ र मेहराबहरूमा अतुलनीय विशेषज्ञताका साथ काम गरे। उनले किब्लाबाट सबैभन्दा टाढाको पर्खालमा कुरानिक पदका तीन लाइनहरू लेखेका थिए, साथै अन्तिम पैगम्बर سَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وُسَلّمका २०० भन्दा बढी नाम र विशेषताहरू लेखेका थिए। चौथो दिन मस्जिद पश्चिममा १२९३ मिटर विस्तार गरिएको थियो। यस आयोजनामा ​​करिब ५०० कारीगर र कामदारको सहभागिता रहेको र कुल ७ लाख सुनको मजिदी सिक्का खर्च भएको थियो ।
मस्जिद ए नवबीको विस्तारितमा खिलाफत ए उस्मनियाका सम्राटहरुले रोज ए रसुल صَلّى الـلّٰهُ عَلِيْهِ وَاٰلِهٖ وَسَلَّم को आदर-सम्मान अनि मायाको यस्तो अतुलनीय उदाहरण प्रस्तुत गरे जसको कुनै दृष्टांत इतिहासमा भेटिन्न |

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search