[Latest News][6]

10

Translate

रजबुल मुरज्ब महिनाको महत्व अनि यसका गुण अन्तिम

सत्ताइस रजबुल मुरज्जबको रोजा (उपवास)को निक्कै सद्गुण रहेको छ |
हज़रत सुलेमान फारसी رضي الله عنه बाट वर्णन गरिएको छ मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ को सु-मधुर कथन रहेको छ "रजबमा एक दिन र एक रात छ जसले यो दिनको रोजा (उपवास) राख्यो अनि रातमा नवाफिल नमाज पढ्दै बितायो उसका निम्ति सय (१०० ) बर्ष रोजा (उपवास)बराबर हुने छ | र यो सत्ताइस रजबुल मुरज्जब हो "
हजरत अबु हुरैरह رضي الله عنه बाट वर्णन गरिएको छ हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ को सु-मधुर कथन रहेको छ "जसले सत्ताइस रजबको रोजा (उपवास) राख्छ अल्लाह पाकले उसका निम्ति साठी (६०) महिनाको रोजा (उपवास)को पुण्य लेखिदिने छ |"
यसको सद्गुणको कारण यो रहेको छ कि उक्त दिन हज़रत जिबराइल अलेहि सलाम कुर-आन मजिदको पहिलो श्लोक (वहि) लिएर नबि ए करीम ,रौउफ ओ रहिम ﷺ को सेवामा प्रस्तुत हुनुभएको थियो |
यहि महिनामा हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ लाइ सफर ए मेराज (मेराजको यात्रा ) जस्तो अलौकिक,अद्‌भुत अनि पबित्र यात्रा गराइयो |
हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ भन्नु हुन्छ "रजब अल्लाह पाकको महिना हो ,जसले रजबको एक रोजा (उपवास) राख्यो ,उसले आफ्नो निम्ति अल्लाह पाकको रजा (अनुमति) वाजिब गर्यो "(मुकाशफतल कुलुब)



नबि ए करीम ,रौउफ ओ रहिम ﷺ को मधुर कथन रहेको छ "रजबुल मुरज्जब एउटा महानतम महिना हो | यो महिनामा अल्लाह पाक कुनै पनि नेकी(पुण्य)का कार्यलाई दुइ-गुणा गर्ने छ |जसले रजबुल मुरज्जबको एक दिनको रोजा (उपवास) राख्यो जस्तै कि उसले एक बर्षको रोजा (उपवास) राख्यो | र जसले रजबुल मुरज्जबको सात दिनको रोजा (उपवास) राख्यो उसका निम्ति दोजख(नर्ग) का सात ढोका बन्द गरिने छन | जसले आठ दिन रोजा (उपवास) राख्यो उसका निम्ति जन्नत (स्वर्ग)का आठ ढोका खोलिने छ |
जसले रजबुल मुरज्जबको दसौ (१०)को रोजा (उपवास)को राख्यो उसले अल्लाह पाकसंग जुन चिज माग्ने छ उक्त चिज उसलाई प्रदान गरिने छ |
जसले रजबुल मुरज्जबको पन्द्रह (१५) रोजा (उपवास) राख्यो उसका निम्ति आकासबाट भनिने छ कि "तेरा बितेका दिनहरु(भुतकाल)का गुनाह (पाप)हरुलाइ क्षमा गरियो र अब नयाबाट सुरुवात गर र जसले यो भन्दा धेरै रोजा (उपवास) राख्ने छ यसलाई अल्लाह त्आला अझै धेरै प्रदान गर्नु हुने छ "
हजरत अनस बिन मलिकرضي الله عنهबाट वर्णन गरिएको छ कि अल्लाहका पैगम्बरﷺ
ले भन्नुभयो "रजबको सत्ताइसौ रातमा इबादत (पुजा) गर्नेहरुको निम्ति सय (१००) बर्षको इबादत (पुजा)को पुण्य प्रदान गरिने छ |
जुन वेक्तीले सत्ताइसौ रजबुल मुरज्जबको राति बार्ह (१२) रकआत नमाज यसरि पढछ कि हरेक रकआतमा सुराह फातिहा पश्चात कुर-आन मजिदका कुनै एक अर्को सुराह पढ्यो र दुइ रकआतमा तशहुद ( अत्ताही यात) अन्तिमसम्म पढी सलाम फेर्नु र बार्ह (१२) रकआत पूर्ण गरे पश्चात सय (१००) पल्ट यो तश्बीह पढौ "
سُبْحَانَ اللَّهِ وَالْحَمْدُ لِلَّهِ وَلاَ إِلَهَ إِلاَّ اللَّهُ وَاللَّهُ أَكْبَرُ "subhan alllah walhamd lillah wala 'iilah 'iila alllah walllah 'akbar" यस पश्चात सय(१००) पल्ट अस्तग़फ़िरुल्लाह (استغفر الله) र सय (१००) पल्ट दरुद शरिफ पढ़यौ भने संसार र आखिरत (अंतिम न्याय के दिन) भलाइका निम्ति कुनै प्रकारको दु'वा माग्न मागौ र बिहानमा रोजा (उपवास) राख्दा ,बिश्वाष अल्लाह पाक प्रति छ कि उसले यसका सम्पूर्ण दु'वाहरु स्वीकार गर्ने छ | तर ...दु'वा यस्तो नहोस कि त्यो गुनाह(पाप) संग सम्बन्धित रहेको होस किनकि यस्ता दु'वा स्वीकार्य हुने छैनन | (शोय्बुल इमान )

क्रमस ..................

हज़रत अब्दुल्लाह बिन अबास رضي الله عنه को बानि थियो कि रजब महिनको सत्ताइसौ रातमा एतिकाफ (नितान्त एक्लो भै अल्लाहपाकको इबादतमा बिताउनु ) को हालतमा बिहान हुन्थ्यो र जोहरको समय सम्म नमाज पढ्नु हुन्थ्यो र जोहर पढे पश्चात केहि समयसम्म नाफिल नमाज पढ्नु हुन्थ्यो यस पश्चात चार रकआत नमाज पढ्नु हुन्थ्यो र हरेक रकआतमा एक चोटी अल्हम्दु शरिफ र एक चोटी माउज्ज्तिन्न र तीन चोटी शुरे कदर र पचास चोटी सुरतुल इखलास पढ्नु हुन्थ्यो र भन्नु हुन्थ्यो कि नबि ए करीम ﷺ को यहि गर्नु हुन्थ्यो |
बैतुल मुकद्दस एक जना आइमाई दिनमा चार हजार चोटी शुरे इखलास पढथिन | उ रजबको महिनामा सामान्य कपडा लगाउथिन | उ बिमारी भइन तब उनले आफ्नो छोरालाई वसीयत (मृत्यु पश्चात उसका इक्ष्या पुरा गर्नु ) गरिन कि मसंगै मेरो त्यो सामान्य कपडा पनि दफन (गाड्नु) गरिदिनु |
जब उसको मृत्यु भयो छोराले निक्कै राम्रो कफनबाट दफन (गाड्नु) गरिदियो |
यस पछि यसले(छोराले) आफ्नो सपनामा देख्छ कि आफ्नो आमाले भनिरहेकी छिन कि "तसंग धेरै रुष्ट छु किनकी तैले मेरो वसीयत अनुसार कार्य गरिनस "
छोरालाई आमाको बोलिको याद आयो कि आमाले त् आफ्नो मरण पश्चात त्यो सामान्य कपडा पनि साथै दफन गर्नु भनेर जब यो कुरा याद आयो उ त्यो कपडा बोकी आफ्नो आमाको कबरमा पुग्यो |
अनि उसले आमाको कबर खोल्यो उ अचम्म पर्यो किनकि त्यहा आफ्नो आमाको लास थियन |उसले केहि आवाज सुन्यो "जसले रजबको महिनामा मेरो इबादत (पुजा) गर्यो उसलाई कहिले एक्लै छोडिने छैन "
سبحان الله
अल्लाह पाकसंग दु'वा गर्दछु कि हामि सम्पूर्ण आस्थावानलाइ "सिरत ए मुस्तकिम "सिधा बाटोमा हिडने तौफिक प्रदान गरुन |
यो पबित्र महिना (रजबुल मुरज्जब ) मा धेरै भन्दा धेरै इबादत(पुजा) गर्ने अल्लाह पाकका सम्पूर्ण आज्ञालाई पुरा गर्ने अनि अल्लाह पाकका अन्तिम पैगम्बर मुहम्मद मुस्तफा ﷺ को सुन्नतमा रही वहाका आज्ञालाई पनि पुरा गर्ने तौफिक प्रदान गरुन |
अल्लाह पाक हाम्रो देश , हाम्रा ज्यान-माल ,हाम्रो आल-औलाद अनि हाम्रो इमानको रक्षा गरुन .....
आमिन
पुनश्च : रजबको महिना मा यो दु'वा धेरै भन्दा धेरै पढने गरौ (दु'वा तल दिइएको छ )


ومن تقليد قراءة هذا الدعاء في رجب المرجب.

فإذا جاء شهر رجب كان النبي صلى الله عليه وسلم يدعو بهذا الدعاء.


اللَّهُمَّ بَارِكْ لَنَا فِي رَجَبٍ وَشَعْبَانَ وَبَلِّغْنَارَ مَضَانَ

يعني يا الله! فبارك لنا في رجب وشعبان وبلغنا رمضان.

(المعجم الاوسط للطبراني جي صية حديث

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search