रजबुल मुरज्ब महिनाको महत्व अनि यसका गुण भाग-२
सत्ताइस रजबुल मुरज्जबको रोजा (उपवास)को निक्कै सद्गुण रहेको छ |
हज़रत सुलेमान फारसी رضي الله عنه बाट वर्णन गरिएको छ मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ को सु-मधुर कथन रहेको छ "रजबमा एक दिन र एक रात छ जसले यो दिनको रोजा (उपवास) राख्यो अनि रातमा नवाफिल नमाज पढ्दै बितायो उसका निम्ति सय (१०० ) बर्ष रोजा (उपवास)बराबर हुने छ | र यो सत्ताइस रजबुल मुरज्जब हो "हजरत अबु हुरैरह رضي الله عنه बाट वर्णन गरिएको छ हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ को सु-मधुर कथन रहेको छ "जसले सत्ताइस रजबको रोजा (उपवास) राख्छ अल्लाह पाकले उसका निम्ति साठी (६०) महिनाको रोजा (उपवास)को पुण्य लेखिदिने छ |"
यसको सद्गुणको कारण यो रहेको छ कि उक्त दिन हज़रत जिबराइल अलेहि सलाम कुर-आन मजिदको पहिलो श्लोक (वहि) लिएर नबि ए करीम ,रौउफ ओ रहिम ﷺ को सेवामा प्रस्तुत हुनुभएको थियो |
यहि महिनामा हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ लाइ सफर ए मेराज (मेराजको यात्रा ) जस्तो अलौकिक,अद्भुत अनि पबित्र यात्रा गराइयो |
हाम्रा मन-मस्तिष्कका प्रशन्न-दाता ,ब्रह्माण्डका कृपा-पात्र हज़रत मुहमद मुस्तफा ﷺ भन्नु हुन्छ "रजब अल्लाह पाकको महिना हो ,जसले रजबको एक रोजा (उपवास) राख्यो ,उसले आफ्नो निम्ति अल्लाह पाकको रजा (अनुमति) वाजिब गर्यो "(मुकाशफतल कुलुब)
नबि ए करीम ,रौउफ ओ रहिम ﷺ को मधुर कथन रहेको छ "रजबुल मुरज्जब एउटा महानतम महिना हो | यो महिनामा अल्लाह पाक कुनै पनि नेकी(पुण्य)का कार्यलाई दुइ-गुणा गर्ने छ |जसले रजबुल मुरज्जबको एक दिनको रोजा (उपवास) राख्यो जस्तै कि उसले एक बर्षको रोजा (उपवास) राख्यो | र जसले रजबुल मुरज्जबको सात दिनको रोजा (उपवास) राख्यो उसका निम्ति दोजख(नर्ग) का सात ढोका बन्द गरिने छन | जसले आठ दिन रोजा (उपवास) राख्यो उसका निम्ति जन्नत (स्वर्ग)का आठ ढोका खोलिने छ |
जसले रजबुल मुरज्जबको दसौ (१०)को रोजा (उपवास)को राख्यो उसले अल्लाह पाकसंग जुन चिज माग्ने छ उक्त चिज उसलाई प्रदान गरिने छ |
जसले रजबुल मुरज्जबको पन्द्रह (१५) रोजा (उपवास) राख्यो उसका निम्ति आकासबाट भनिने छ कि "तेरा बितेका दिनहरु(भुतकाल)का गुनाह (पाप)हरुलाइ क्षमा गरियो र अब नयाबाट सुरुवात गर र जसले यो भन्दा धेरै रोजा (उपवास) राख्ने छ यसलाई अल्लाह त्आला अझै धेरै प्रदान गर्नु हुने छ "
हजरत अनस बिन मलिकرضي الله عنهबाट वर्णन गरिएको छ कि अल्लाहका पैगम्बरﷺ
ले भन्नुभयो "रजबको सत्ताइसौ रातमा इबादत (पुजा) गर्नेहरुको निम्ति सय (१००) बर्षको इबादत (पुजा)को पुण्य प्रदान गरिने छ |
जुन वेक्तीले सत्ताइसौ रजबुल मुरज्जबको राति बार्ह (१२) रकआत नमाज यसरि पढछ कि हरेक रकआतमा सुराह फातिहा पश्चात कुर-आन मजिदका कुनै एक अर्को सुराह पढ्यो र दुइ रकआतमा तशहुद ( अत्ताही यात) अन्तिमसम्म पढी सलाम फेर्नु र बार्ह (१२) रकआत पूर्ण गरे पश्चात सय (१००) पल्ट यो तश्बीह पढौ "
سُبْحَانَ اللَّهِ وَالْحَمْدُ لِلَّهِ وَلاَ إِلَهَ إِلاَّ اللَّهُ وَاللَّهُ أَكْبَرُ "subhan alllah walhamd lillah wala 'iilah 'iila alllah walllah 'akbar" यस पश्चात सय(१००) पल्ट अस्तग़फ़िरुल्लाह (استغفر الله) र सय (१००) पल्ट दरुद शरिफ पढ़यौ भने संसार र आखिरत (अंतिम न्याय के दिन) भलाइका निम्ति कुनै प्रकारको दु'वा माग्न मागौ र बिहानमा रोजा (उपवास) राख्दा ,बिश्वाष अल्लाह पाक प्रति छ कि उसले यसका सम्पूर्ण दु'वाहरु स्वीकार गर्ने छ | तर ...दु'वा यस्तो नहोस कि त्यो गुनाह(पाप) संग सम्बन्धित रहेको होस किनकि यस्ता दु'वा स्वीकार्य हुने छैनन | (शोय्बुल इमान )
क्रमस ..................

No comments:
Post a Comment