मुस्लिम बैज्ञानिक
ज्ञानको महत्व कति छ मुसलमानलाइ भन्ने कुरा ,कुर-आन मजिदले आफ्नो पहिले आयातमा नै प्रष्ट पारेको छ }
यीनै आयातलाई बिगतमा प्रयोग गर्दै मुसलमानले बिज्ञानामा त्यो स्थान प्राप्त गर्यो जसको पहलमा आज यो आधुनिक बिज्ञानले अनेकौ अद्भुत खोज गर्यो जसले कल्पना गर्न नसकिने बस्तुको आविस्कार गर्यो
तर बिडम्बना आज यो संसार यस्ता महान मुस्लिम बैज्ञानिकहरुसंग अनभिग्य छन आज यस्ता महान खोजकर्ता नेपथ्यमा बिलिन हुन् पुग्य किनकि पश्चिम शक्तिले आफ्नो छबी उजागर गर्न यस्ता वेक्तीको इतिहासलाइ मेटाउन खोज्योमुसलमान ज्ञानको हरेक क्षेत्रमा अव्वलनै थिय चाहे धार्मिक ज्ञान होस् या आधुनिक ज्ञान नै किन नहोस
धार्मिक ज्ञानमा उनीहरु मुफक्किर ए इस्लाम र वलिउल्लाहको दर्जाले परिचित हुन् पुगे भने आधुनिक ज्ञानमा उनीहरुको गणना र तुलना संसारका ति ठुला ठुला बैज्ञानिकमा हुने गर्थ्यो यीनै कारण थियो कि अल्लाह पाकले मुसलमानलाइ धार्मिक तथा आधुनिक ज्ञानमा उच्च स्थानमा राखेको थियो
मुसलमानले बिज्ञानको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राखेको थियो र यसलाई संसार सामु सरलताले प्रस्तुत गरेको थियो
कुर-आन मजिदमा १००० आयात यस्ता छन् जसको सिधा सम्बन्ध बिज्ञान संग रहेको छ कुर-आन मजिद एउटा यस्तो अद्भुत पवित्र ग्रन्थ हो जसमा पुरै ब्रह्माण्डको उत्पति देखि यसको अन्त्य सम्मका कुरालाई र संसारका हरेक बस्तु जुन बौद्धिक,धार्मिक, या आधुनिक नै किन नहुन यसमा उल्लेख गरियको छ
बिज्ञानका कुनै तेस्ता शाखा छैनन जसमा मुसलमानको आफ्नो सहभागिता नरहेको होस चाहे खगोलीय बिषय होस् या गणित बिषय या केमिकल बिषयनै किन नहोस
समय अनुरुप कहिँ हाम्रो उपस्थिति नगण्य रह्यो होला तर हरेक विज्ञानमा ठुल-ठुला मुसलमान बैज्ञानिकहरुको योगदान र उपस्थिति रहेकै छ
जसलाई आजको आधुनिक पश्चिमी राष्ट्रहरुले यस्ता महान खोजकर्ताहरुलाई नेपथ्यमा गुमनाम राख्न खोजे तर सत्यले सदैव आफ्नो बाटो खोजे झै इतिहासकार हरुले पनि मुसलमानहरुको यो इतिहासलाइ जोगाइ राखे जसले आज हामि यो लेख लेख्न पुग्दै छौ
अझ अर्को बिडम्बना यो छकी जुन समुदायको योगदानले आज संसार को स्वरूप नै परिवर्तन भयको छ तेही समुदायका कथित शिक्षित वर्गलाई आफ्नो बिगत नै थाह छैन थाह होस् पनि कसरी हामि मुसलम समुदायले कहिले आफ्नो इतिहासलाइ फर्केर हेर्न नै भ्याएनौ हामि आफ्नो वास्तविकतालाई धरातलबाट जाने इक्ष्या नै गरेनौ वा भनौ गराउने प्रयेत्न नै गरेनौ
हामि केवल बिद्यालयका ति शिक्षालाइ नै अन्धाधुन्ध १००% ले सहि मान्दै पश्चिमी सभ्यतालाइ नै सरो-उपर गर्दै आफुलाई बौद्धिक र शिक्षित भन्दै नाक फुलाउन नै छोडेनौ यदि केहि समय खर्चेर हामीले आफ्नो इतिहासलाई नियाले को हुदो हो त् हामीले यो कुरा जाने थियौ कि जुन टेलिस्कोपका जनक ग्यालिलियोलाइ भनेर चिनाएका छन् वास्तवमा सत्य अर्कै थियो
टेलिस्कोपका जनक ग्यालिल्यो नभई यी एक मुस्लिम बिध्वान थिय भन्ने कुरा को ज्ञान हुने थियो तर हामीलाई यस्ता बिषयमा कुनै रुचिनै भएन किनकि यो बिषयमा न नाम थियो न त दाम तसर्थ मुस्लिम समुदाय आज अरु समुदायको आडमा आफ्नो पहिचान खोज्न बाध्य बनेका छन
जसले आफ्नो संस्कार अनि सभ्यतालाइ भुल्दछ त्यो समुदायले कालान्तरमा आफ्नो अस्तित्वलाइ स्वत भुल्ने छ
मुस्लिम इतिहासमा यस्ता यस्ता बैज्ञानिकहरुको उदय भएको छ जस कारण आज हाम्रो आधुनिक बिज्ञानको स्वरूप नै परिवर्तन गरिदिएको छ आउनुस आज यीनै यस्ता महान मुस्लिम बैज्ञानिकहरुको इतिहासलाई खोतल खाताल गरौ हेरौ मुस्लिम इतिहासमा यो सम्बन्धित कस्ता बैज्ञानिक रहेका थिए
उक्त लेखलाइ हामि भाग ,भागमा प्रकासित गर्ने छौ आशा गर्दछौ कि तपाइँहरुको साथ र सहयोग हामीलाई मिल्ने छ
इन्शाल्लाह ...........

No comments:
Post a Comment