कादियानी के हो ?
अस्सलाम व-अलैकुम रहम्तुल्लाही व-बरकातुह
प्यारा प्यारा इस्लामिक दाजु-भाइ लगाएत दिदि-बहिनी अल्लाह सर्वशक्तिमानको हामि माथि धेरै कृपा छ । अल्लाह पाक जसलाई चाहन्छ हिदायत गर्नु हुन्छ । अल्लाह पाकको लाखौ लाख कृपा छ जसले हामि (अहले सुन्नत व-जमात ) लाइ हिदायत प्रदान गर्दै एक अल्लाहको इबादत अनि हजुर पुर्-नूर ﷺ प्रति धेरै भन्दा धेरै माया तथा आदर-भाव गर्ने बनायो जसको अधीनस्थ हामीलाई साचो अनि सहि धर्म मिलेको छ ।
आज हाम्रो समाजमा इस्लामको खोल ओढेका कैयौ फिर्का (समुह) हरु रग-रगाई रहेका छन् । जस अन्तर्गत कादियानी एउटा तेस्तो फिर्का (समुह) हो जसलाई इस्लाम भित्रकै अरु सबै फिर्का (समुह) ले मुसलमान भनि स्वीकार गर्दैन्न सबै समुहको एकै फतवा (उर्दी) र एकै बोल रहेको छ त्यो हो कादियानी मुसलिम नभई त्यो समुह काफिर हो (केवल आफैले आफैलाई मात्र मुसलिम ठान्दछन यो समुह ) भनि यसको सबै भन्दा ठुलो कारण यो रहेको छ कि कुर-आन जो एउटा पबित्र अनि सच्चा ग्रन्थ जसमा कुनै प्रकारको झुट उल्लेख गरियको छैन ।
जुन सम्पूर्ण जगतका कल्याणका निम्ति अवतरित भएको छ । जसमा झुटको एक अक्षर पनि रहेको छैन यहि कुर-आनमा अल्लाह पाकले हजुर ﷺ लाइ अन्तिम संदेष्ठ भनि सम्बोधन गर्नु भएको छ ।
مَا كَانَ مُحَمَّدٌ أَبَا أَحَدٍ مِنْ رِجَالِكُمْ وَلَٰكِنْ رَسُولَ اللَّهِ وَخَاتَمَ النَّبِيِّينَ ۗ وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمًا
(al ahzab 33:40)
तर कादियानी उक्त आयातको ठाडो उलंघन गर्दै हजुर ﷺ लाइ अन्तिम नबि ﷺ नभई आफ्ना संस्थाका संस्थापक,संचालक (कादियानी) गुलाम मिर्जा कादियानीलाइ आफ्नो अन्तिम र नबि नौजो-बिल्लाह मिन जालिक मान्दछन ।
यीनिहरुको आफ्नै कलमा रहेको छ "लाइलाह इल्लाह अह्मदुर रसुलल्लाह" 👇👇👇
को हो मिर्जा गुलाम कादियानी ?
मिर्जा गुलाम अहमद मुगल बार्लासको टर्क मंगोल जनजातिका थिए। हजुरबुबा मिर्जा हादी बेग आफ्नो परिवारसँग १५३० ईस्वीमा समरकन्दबाट भारत गएर पञ्जाबको क्षेत्रमा बसोबास गरेका थिय जसलाई अहिले कादियान भनिन्छ। त्यतिबेला भारतमा मुगल राजा जहीरुद्दीन बाबरको शासन थियो । मिर्जा हादी बेगलाई क्षेत्रका सयौं गाउँहरू मिलेर एउटा जगिर दिइएको थियो। मिर्जा गुलाम अहमदले 23 मार्च, 1889 मा लुधियानामा हाकिम अहमद जानको घरमा अहमदियाको स्थापना गरे।
मिर्जा गुलाम कादियानी कादियानी समुहको संस्थापक सदस्य तथा रचिएता हो यसको जन्म कादियान जिल्ला गुरुदासपुरमा सन् १८३९-४० मा भयको थियो (जसलाई अह्मदिया भनेर पनि चिनिन्छ )
मिर्जा गुलाम अहमद (फेब्रुअरी 13, 1835 - मे 26, 1908) भारतका एक धार्मिक नेता र अहमदियाका संस्थापक थियो । मिर्जा गुलाम अहमदले आफूलाई प्रतिज्ञा गरिएको मसीह र अन्तिम समयको महदी भएको दाबी गरे र आफूलाई पैगम्बर पनि भएको दाबी गरे। जसलाई कादियानियत र मिर्जैयत पनि भनिन्छ।
पहिलो नोकरी १८६४ मा सियालकोटमा क्लर्कको गरेको थियो तस्पस्चात २-३ बर्ष पछि बैतको सिलसिला सुरु गर्यो र १९०१ मा आफु नबि भयको खुलम-खुल्ला दावा गर्यो ।
पहिला ख्तमे नबुवतको अकिदा राख्द थियो तर पछि आफै नबि भएको घोषना गरि काफिरमा परिणत भयो
कुरा यहि सिमित छैन मिर्जा गुलाम कादियानीले कहिले खुदाईकोदवा गर्योकहिले मसिहको त कहिले हजरत इमाम मह्दी भएको झुटो दावा सम्म गरेको थियो जुन इस्लाममा अपाच्य ,असत्य र झुट भन्दा अरु केहि होइन ।
कुर-आन मजिदमा खुलस्त गरियको छ कि हजरत मुहम्मद ﷺ पछी अब कुनै नबि संसारमा आउनु हुने छैन र हजरत इशा अलेही सलामलाइ कुर-आनले मसिह भनेर सम्बोधन गरेको छ ।
اِذۡ قَالَتِ الۡمَلٰٓـئِكَةُ يٰمَرۡيَمُ اِنَّ اللّٰهَ يُبَشِّرُكِ بِكَلِمَةٍ مِّنۡهُ ۖ اسۡمُهُ الۡمَسِيۡحُ عِيۡسَى ابۡنُ مَرۡيَمَ وَجِيۡهًا فِى الدُّنۡيَا وَالۡاٰخِرَةِ وَمِنَ الۡمُقَرَّبِيۡنَۙ ﴿3:45﴾
उक्त आयातमा अल्लाह पाकले खुलस्त भन्नु भएको छ कि "वहा मसिह हुनुहुन्छ ,वहा मरियमका छोरा " अब हामीले कुर-आनका इ आयातलाइ मान्ने कि पथभ्रष्ट भएको ति कादियानी हरुका कुरालाई जुन सरासर झुट र असत्य छन ।
इमामूल अंबिया खात्मुल मुरसलीन जनाबे मुहम्मद रसूलल्लाह (ﷺ) आखिरी नबी हुनुहुन्छ अब हजुर पछी अल्लाह पाकले नबुवतको ढोका बन्द गरिदिनु भयको छ अब कयामत (महा-प्रलयको दिन ) सम्म कुनै नबि आउनु हुने छैन यदि कसैले सम्भव हुन् सक्छ कि ? भन्दै सोच पनि राख्छ भने उक्त वेक्ती दाएरा-ए -इस्लाम (इस्लाम बाट बाहिरिने )छ
नबी-ए-पाक (ﷺ) आफैले भन्नुभयो कि म अन्तिम पैगम्बर हुँ। म पछि कुनै अगमवक्ता आउनेछैन।उक्त कुरा खुद कुर-आनले प्रमाणित गरेको छ
यहि आस्था (अकिदा) कारून औला देखि आज सम्मका मुसलमानमा रहेको छ र कयामत (महा-प्रलयको दिन ) दिन सम्म रहने छ अब यदी कोइ नबि (ﷺ) का कलमा पढनेहरु आफैले आफैलाई नबि भन्छन यी भन्दा ठुलो झुट्टो ,मक्कार अनि गद्दार कोहि हुने छैन्न ।
संसार भरि जति पनि इस्लाम मान्नेवाला छन् चाहे ति बरेली हुन् वहाबी हुन् या अरु कुनै समुहका दौरे नबुवत देखिने हजुर (ﷺ) लाइ अल्लाह पाकको आदेश अनुरुप अन्तिम नबि मान्दै आएका छौ र त कयामत सम्म माने छौ
तर यो एउटा यस्तो दज्जाल हो जसले नबुवतमा मात्र दावा गरेन खुदाई ,मसिह आदि इत्यादि सम्मको दावा गर्यो कारण यसलाई यहुदी नसरा लगाएत अरु बातिल धर्मका अनुवाईलाइ आफ्नो अधिनमा ल्याउन थियो जसले गर्दा कहिले हजरत मुसा अलेही सलाम हु भन्ने गर्थ्यो भने कहिले इशा मशिह अलेही सलाम हु भन्थ्यो जसले गर्दा यसले यहुदी र नसारालाइ आफ्नो अधिनमा लिन चाहन्थ्यो यसले कयौ बाद-बिबाद पनि गर्यो जसमा यसले कुनै ठाउमा जित पनि हसिल गर्यो तर यो जितले यसलाई अझ अह्म्कारी र पथभ्रष्ट बनायो । संसार भर यसका मान्ने वालाहरु २०लाख् छन् जसमध्य सबै भन्दा धेरै पाकिस्तानमा छन्
झुटा कज्जाब ,दज्जाल ए सानीको (मिर्जा गुलाम कादियानी) शारीरिक खुलस्त उसैका पुस्तकबाट
मिर्जा सहाब प्राय जसो गर्मका कपडा जसमा ओवरकोट समिल हुने गर्दथ्यो गर्मीमा पनि पायजामा र छाति छोपिने जाकेट लाउनु हुन्थ्यो । टाउकोमा इमामा बाधनु हुन्थ्यो र यी सबै बिमारीका कारण हुन्थ्यो ।
खल्तीमा ढेला सदैब साथमा राख्नु हुन्थ्यो किनकि वहालाई शुगर जस्तोबिमारी पनि थियो जस कारण पटक पटक पिसाब गर्नु हुन्थ्यो
मिर्ज़ा साहब के हालात, , परिशिष्ट बराहीने अहमदिया, भाग-1, पृ. 87
शारीरिक बनावट
बच्चाकालमा चोट लाग्नुका कारण वहाको दाहिना हात कम्जोर थियो . वहा गास मुख सम्म त लानु हुन्थ्यो तर पानिका भाडा मुख सम्म लान सक्नु हुन्थेन ।नमाज़मा पनि आफ्नो दाहिना हातलाइ बाया हाथले सम्हानु पर्थ्यो
हयातुल मेहदी, पृ. 198
मिर्जा साहबका आखा
मिर्जा साहबका आखा आधा खुल्ला रही रहन्थ्यो र एउटा आखा अर्को आखाको अनुपातमा सानो थियो ।एक चोटी मिरज़ा सहाब आफ्ना केहि नोकरहरु संग फोटो खिचन गए अनि फोटोग्राफरले मिर्जा साहब संग भयो "कृपया आखा खोलेर राख्नु होला नत्र फोटो राम्रो आउने छैन " मिरज़ा साहबले यो सुनेर आफ्नो आखालाई कष्ट पुर्वक खोल्नु भयो तर केहि सेकेन्डलाइ मात्र
-सीरतुल मेहदी, पृ. 77, भाग-2, रिवायत 403-404,
मिरज़ा सहाबको स्मरणशक्ति
"मेरो स्मरण-शक्ति निक्कै क्षीण छ , यदी कसैसंग धेरै चोटी भेट भयो भने पनि उसलाई म सम्झिन सक्दिन ।सम्झाउनु नै उत्तम तरिका हो स्मरणशक्ति यति क्षीण छ कि जसको वर्णन गर्न सक्दिन ।
मक्तूबाते अहमदिया, भाग-5, पृ. 21, अंक 2
मिर्जा सहाबलाइ एक चोटी एउटा वेक्तिले जुत्ता उपहार दियो मिरज़ा सहाबले तेसलाई स्वीकार पनि गर्नु भयो तर उक्त जुत्ताको दायाबाया साइट छुट्याउन सक्नु भएन >दाया तर्फ कोजुत्ता बायामा अनि बाया तर्फको जुत्ता बाया तर्फ लाउनु भयो उक्त समस्या बाट बच्न आखिर जुतामा निसान नै लाउनु पर्यो
सीरतुल मेहदी, भाग-1, पृ. 67
"मलाइ दिनमा कहिले काही त १०० चोटी भन्दा बडी पिसाब आउथ्यो "
सीरतुल मेहदी, भाग-2
अफिम
"एक चोटी मलाइ मेरो साथीले यो सल्लाह दिनु भयो कि मधुमेहका निम्ति अफिम निक्कै लाभदायक हुन्छ अन्त दवाईका निम्ति प्रयोग गर्नु केहि हरज हुन्न " मैले जवाब दिए यो तपाइले ठुलो कृतज्ञाता गर्नु भयो मा प्रति "
अखबार अल-फ़ज़ल, भाग.17, अंग-6, प्र. 2, तारीख 19 जुलाई, सन् 1929 ई.
ब्रान्डी
ब्रान्डी जुन प्रसिद्ध रक्सि थियो ,मिर्जा सहाब आफ्ना साथिहरुका निम्ति मगाई दिने गर्थे एक चोटी वहाको खास नोकर मेहदी हसनलेभान्नु भयो "दुदी बोतल ब्रान्डी पिर मन्जुर मुहम्मदका निम्ति लियर आउनु जब सम्म ब्रान्डी लिदैनौ लाहोरबाट प्रस्थान नगर्नु "
मैले सम्झिय कि योलियर जानु अति आवसेक छ मैले प्ल्यूमर कोदुकान बाट दुइ बोतल किने अनि ल्याएर दिय "
अखबार अल-हकम क़ादियान, भाग.39, अंक-25, तारीख 7 नवम्बर,सन् 1936 ई.
टाँक वाइन
टाँक वाइन जुन रक्सीको उच्चतम कोटीहो जुन बिदेशी रक्सि हो मिर्जा सहाबले आफ्ना खाने समानका साथ मिया यार महमुद सहाबको जरियाबाट लाहोरबाट मगाउनु भयो "
अखबार अल-हकम, क़ादियान, भाग-39ए अंक-25, तारीख 7 नवम्बर, सन 1936 ई.
खुतुत बनामे गुलाम, पृ. 5, संग्रह: मक्तूबात मिर्ज़ा गुलाम अहमद क़ादियानी साहब, बनामे हकीम मुहम्मद हुसैन कुरैशी साहब क़ादियानी ….. रफ़ीकुस्सेहत, लाहौर।
टाँक वाइन का फ़तवा
अन्त ; यदि यो अवस्थामा मसिह मौऊद ब्रान्डी र रमको प्रयोग आफु स्वयम र बिमारिहरुलाई पनि प्रयोग गराउनु हुन्छ भने त्यो शरिएतको बिरुद्ध हुने छैन ,
डॉक्टर बशारत अहमद क़ादियानी फ़रीक़ लाहौरी, प्रकाशितः अखबारे पैग़ामे सुलह, भाग-23, पृ. 15, तारीख 4 मार्च, सन् 1935 ई.
पढ्ने साथीहरु माथिका लेखलाई हेर्नु होला र सोच बिचार गर्नु होला रक्सीका बारे कि कादियानी हरुको सोचाई के रहेछ यो प्रति यहाँ सम्म कि इस्लाम का अह्काम
हज़रत मुहम्मद ﷺ कोमधुर कथन रहेको छ " हरेक नशा हुने चिज हरु खम्र (रक्सि) हुन् र हरेक खम्र (रक्सि) हराम हो " मुस्लिम शरिफ
अल्लाह का आखिरी नबी हज़रत मुहम्मद ﷺ बाट वर्णन गरिएको छ "शराब (रक्सि ) औषधि होइन ,बिमारी हो " अल्लाह का आखिरी नबी हज़रत मुहम्मद ﷺले यसै बिषयमा (रक्सि) १०जना लाइ लानत दिनु भयको छ १-रक्सि निचारने २-रक्सि निचार्न लगाउने ३-पिउने हरु ४- उठाउने हरु५-जसका निम्ति उठायर लादै छन् ६-पिलाउने हरु ७-बेचने हरी ८- तेसको कमाइ खाने हरु ९-किन्ने हरु १०- जसका निम्ति किनेको हो उसका निम्ति
अब तपाइँ आफै फैसला गर्नुस कि के कुनै नबि यस्तो खुराफाती सोच अनि बेव्हार भयको वेक्ती हुन् सक्छ जो आफै माजुर (बिमार ) छ जसलाई के बोल्ने के नबोल्ने केहि हेक्का छैन जसलाई यो सम्म याद छैन कसलाई भेट्यो कसलाई भेटेन जसलाई जुत्ताको पेरोन सम्मको पत्तो छैन जसलाई दिनमा १००-१०० पटक सम्म पिसाब आउछ यस्ता पाजिले कसरि पवित्रता हासिल गर्दै दैनिकी नमाज अदा गर्यो होला ....
प्यारा प्यारा इस्लामीक दाजु-भाइ जसले इस्लाम अनि यसको अह्कामको विरुद्ध खुल्लम-खुल्ला अबैध कार्य गर्दछ जो आफै लाचार र बिचरो छ जसलाई हलाल हराम छुट्याउने बुद्धि सम्म छैन जसको मृत्यु शौचालयमा भयको थियो तेस्ता झुटा कज्जब कहिले नबि हुन् सक्छ ?
माथि उल्लेखि कुरा संछिप्तमात्र हुन् यस्ता कति कुरा छन् जसलाई हामीले यहा समेटन सकेनौ आज हाम्रो समाज भित्र यस्ता पथभर्ष्ट समुहहरु मुसा झैँ लुकी लुकी छिर्न खोजिरहेका छन् जसले तपाइँ हामीलाई पनि आफु सरह पथभ्रष्ट बनाउने तिगडम गर्दै छन् यो समुह हरेक झुक्ति लगाई हामीलाई बहलाई फुसलाई हाम्रो इमानको मुल्य तिर्न सम्म चुक्दैनन तसर्थ हामीले यस्ता झुटा कज्जाबहरुको पहिचान गरि हाम्रो गाउ हाम्रो समाज अनि हाम्रो देशबाट निकाल्नु पर्दछ यस्तालाई हाम्रो घर-दैलोमा छिर्न दिनुहुदैन यस्ता पथभ्रष्टहरुको बोलीमा लागि हाम्रो इमान दाउमा कतापी राख्नु हुदैन इमान त्यो अमुल्य प्रकाश जुन निभे पछी पुन बाल्न निकै कठिन हुने गर्द छ
हामी ति नबि ﷺका उम्मति हौ जसले आफ्नो दुवामा केवल हाम्रो भलो रोज्नु भयो जसले बरगाहे रबमा एकै बोल बोल्नु भयो"रब्बे हब्ली उम्मति " जसले पेटमा ढुंगा राखी हाम्रो रोजी-रोटीको प्राथना गर्नु भयो रात रात भर रोइ रोइ अल्लाह पाक संग हाम्रै इमानको शुरक्षा माग्नु भयो जसको जरियाबाट हामीलाई अल्लाह पाकको श्रेष्ठता थाह पायौ जुन सम्पूर्ण जगतका निम्ति करुनापात्र बनि आउनु भयो
जसको कलमा हामि पढ्दै छौ जसको उम्मति हुन् हजरत इशा अलेही सलामपनि लालायीत हुनु भयो सम्पूर्ण अम्बियाहरुको उम्मतिमा हामीलाई(उम्मत ए मुहमदिया ) श्रेष्ठता प्रदान गर्नु भयो
कसरि ........कसरि हामि यस्ता नबि ए करीम ﷺ प्रति गद्दारी गर्न सक्छौ के हाम्रो आत्माले कलमा ए शहादत لَا إِلٰهَ إِلَّا الله مُحَمَّدٌ رَسُولُ الله को सट्टा "लाइलाह इल्लाह अह्मदुर रसुलल्लाह" पढन सक्छौ
अवस्य यो कुराको अनुमति हामीलाई हाम्रो अन्तर-आत्माले दिदैन किनकि हामी हाम्रा प्यारा आका मदानी मुस्तफा ﷺ लाइ अन्तिम नबि मान्दछौ जुन कुरा कुर-आन मजिद अनि आहदिसबाट प्रस्ट भयको छ
अन्तेमा हामि अहले इल्म वाला इस्लामिक दाजु-भाइ हरु संग एउटा अनुरोध गर्दछौ कि कादियानी समुह(फिर्का) सम्बन्धमा आफ्ना नजिक रहेका छर-छिमेकलाइ यीनिहरुको प्रोपगण्डा , धुर्त्याई छल-कपट बारे बृस्तितमा सम्झाई हाम्रा सोझा-साझा मुसलमान दाजु-भाइ लगाएत दिदि-बहिनिका इमानलाइ शुरक्षित बने दिनु होला अल्लाह पाक सर्व-शक्तिमान छ यसको जजा हजुरलाई यहा नभए रोजे मह्षरमा अवस्य प्रदान गर्ने छ ।
पुनश्च : लेख लेख्दा कहिँ कतै कुनै त्रुटी हुन गएमा मलाइ सम्झी दिनु होला
No comments:
Post a Comment