प्रीति-भोजको(वलिमा) वर्णन
प्रीति-भोज (वलिमा) गर्नु सुन्नत ए मुअक्किदा (अर्थात जसलाई यो कुराको ज्ञान हुदा हुदै पनि यसलाई गर्दैन गुनाह(पाप)को भागेदारी हुने छ।
📕 *_[कीमीया-ए-सआ़दत, सफा नं 261]_*
📕 *_[कानूने शरीअ़त, जिल्द नं 2, सफा नं 185,]_*
_हदीस :-_* _हज़रत अब्दुर्रहमान बिन औफ़ [रदिअल्लाहु तआला अन्हु]को वर्णन रहेको छ 'मलाइ नबी-ए-करीम ﷺ ले भन्नु भयो प्रीति-भोज (वलिमा) गर चाहे एउटा बाख्रोले मात्र किन नहोस '
[बुखारी शरीफ, जिल्द नं 3, सफा नं 85, मोता शरीफ, जिल्द नं 2, सफा नं 434,]*
यदि क्षमता छ भने एउटा बाख्राले(या यो भन्दा पनि बढी सकिन्छ भने अझ उत्तम) प्रीति-भोज (वलिमा) गर किन कि यो कार्य नबी-ए-करीम ﷺ लाइ निक्कै मन पराउनु भयको थियो तर यसको अर्थ यो पक्कै होइन कि क्षमता छैनभने कतैबाट ब्याजमा(ब्याज लिनु दिनु दुवै हराम कार्य हुन्) ऋण खोजि खोजि पुरा गर्नु यसलाई आफ्नो क्षमता अनुरुप जे जसरिसकिन्छ तेसरी नै गरौ चाहे कुनै प्रकारको खाना किन नहोस।
[हदीस :-]_* _हज़रत सफ़िया बिन्त शैबा [रदि अल्लाहु तआला अन्हा] वर्णन गर्नु हुन्छ कि नबी-ए-करीम ﷺ ले आफ्ना केहि अज़वाजे मुतहरात (श्रीमती) को प्रीति-भोजको(वलिमा) केवल केहि जौका साथ गर्नु भएको थियो।
[बुखारी शरीफ, जिल्द नं 3, सफा नं 87,]_
सैय्यदना इमाम मुहम्मद ग़ज़ाली [रदि अल्लाहु तआला अन्हु] *"कीमीया-ए-सआ़दत"मा वर्णन गर्नु हुन्छ 'प्रीति-भोजको(वलिमा)मा ढिलो गर्नु सहि छैन यदि कुनै श़रअई कारण छैन भने यदि कुनै कारणबस ढिलो भएमा एक हफ्ता भित्र वलीमा गर्नु पर्छ यो भन्दा बढी दिन नकाटियोस।
[कीमीया-ए-सआ़दत, सफा नं 261]
हदीस :-_* _हज़रत इब्ने मसऊद [रदि अल्लाहु तआला अन्हु] बाट रिवाएत गरियको छ कि 'नबी-ए-करीम ﷺ को मधुर कथन छ कि ' पहिलो दिनको भोज (खाना) अर्थात् शब ए जुफाफ (सुहागरात) को भोलि पल्ट भोज गर्नु वाजिब (अनिवार्य) तेसको भोलि पल्ट(पर्सि) भोज गर्नु सुन्नत अनि तेस्रो दिन भोज गर्नु केवल देखाउनु र ख्याति कमाउनु मात्र हो र जसले केवल देखाउनु र ख्याति कमाउनु मात्र यो कार्य गर्ने छ अल्लाह पाक तेसलाई तेही अनुरुप बदला प्रदान गर्नु हुने छ।
तिर्मिज़ी शरीफ, जिल्द नं 1, बाब नं 746, हदीस नं 1089, सफा नं 559,]
हदिस_* _हजरत सईद बिन मुसैय्यीब रदि अल्लाहु तआला अन्हु लाइ वलीमाको पहिलो दिनमा आमन्त्रित गरियो वहा तेस वालीमामा सहभागी हुनु भयो पुन दोस्रो दिनका निम्ति आमन्त्रित गरियो वहाले स्वीकार गर्नु भयो र सहभागिता जनाउनु भयो अनि पुर् तेस्रो दिन पनि आमन्त्रित गरियो तर उक्त दिन वहाले उक्त निमन्त्रणा अस्वीकार गर्दै भन्नु भयो 'यीनी हरु केवल देखावा गर्ने अनि ख्याति कमाउने मात्र हुन् '
अबु दाऊद शरीफ, जिल्द नं 3, बाब नं 131, हदीस नं 349, सफा नं 132
आज हाम्रो समाज भित्र निकाह सुन्नत भन्दा पनि ताम झाम र देखावाका निम्ति मात्र हुदै छ यदि यस्तै परम्परा रहदै गयो भने अब आउने पिढी ( प्राय गरिब परिवारका युवा युवतीक परिवारले आफ्ना सन्तानलाइ निकाह गर्नु पनि फलामको चिउरा चबाउनु सरह हुने छ जसले गर्दा समाजमा जिना जस्तो घृणित कार्यले गति लिने पक्का छ ) हामी ति नबि ﷺ का उम्मति (अनुयाई) हौ जसका मोक्षका निम्ति वहा रात रात भरि रुनु भयको थियो हाम्रा निम्ति नै वहाले कयौ फाका गर्नु भयको थियो यदि हाम्री माया हुदैन थियो भने हजुरलाई के नपुग्दो थियो र यदि अल्लाह पाक संग केवल इशारा मात्र गर्नु हुन्थ्यो भने सुनका पहाड स्वयम् हिडेर हजुर सम्म आइ पुग्थ्यो तर उम्मतिको माया कति हजुरलाई सुनका पहाड भन्दा उम्मतिको मोक्षको चिन्ता बडी भयो तर हामि उम्मति उनै नबिका कार्यलाई (सुन्नत) आफ्नो जीवनमा अंगाल्न लाज मान्छौ। हजुरका हरेक कार्यलाई गर्न एकचोटी सोचमा पर्छु तर कुनै गैर-सुन्नत काम जुन पश्चिमी सभ्यताले सिकायो भने आखा चिम्लेर गर्छौ। हाम्रो आमाल सरियत बाट हट्दै पश्चिमी सभ्यताबाट सुरु हुदै छ याद राखौ जसले जो बाट माया नै आफ्नो सुरुवात गर्यो उ महसरका दिन उक्त वेक्ती ,सभ्यता र पहिचान बाट नै उठने छ अब बिचार हाम्रो कि हामि जन्नती मुसलमान अनि नबि ﷺ को उम्मति भै उठने या ति दोजखी मुनाफिक मुस्रिकको साथमा उठने

No comments:
Post a Comment