[Latest News][6]

10

Translate

के तपाइँलाइ यी सात प्रश्नका उत्तर थाहा छ ?

 के तपाइँलाइ यी सात प्रश्नका उत्तर थाहा छ ?


१-जन्नत (स्वर्ग) कहा अवस्थित रहेको छ ?

जन्नत (स्वर्ग) सातौ आकाशमा अरु बाकि छ (६) आकाशसँग छुट्टिएर रहेको छ किनकि कयामत(महा-प्रलय) का दिन यी छ (६) आकाशहरु नष्ठ हुनेछन तर सातौ आकाश जसमा जन्नत(स्वर्ग) रहने छ यो सदैव रही रहने छ र यहि सातौ आकाशमा जन्नत(स्वर्ग) रहेको छ। 


२-जहन्नम(नर्ग) कहा रहेको छ ?

जहन्नम (नर्ग) सातौ जमिन मुनि रहेको छ धेरैलाई यो लाग्द छ कि जहन्नम जन्नतको आडैमा रहेको होला तर यो गलत हो यो हामि रहने जमिन भन्दा सातौ जमिन मुनि रहेको छ। हामि बस्ने जमिन पहिलो जमिन हो। यो भन्दा अलगै पनि छ वोटा (६) जमिन रहेका छ जुन नितान्त अलगै र भिन्न्नै छ। 


३-सिदरतल मुंतहा के हो?

सिदरतल शब्द अरबी हो जसको अर्थ बयर या बयरको रुख भन्ने जनाउद छ 'अलमुन्तही जसको अर्थ अन्तिम ठाउ यहि बयरको रुख नै मख्लुक (प्राणी) का निम्ति अन्तिम गन्तब्य रहेको छ। यो भन्दा अगाडी हजरत जिब्राइल अलेही सलाम पनि जान सक्नु हुन्न। यो त्यो भब्य अनि विशालकाय अलौकिक वृक्ष हो जसको हाँगा  छैठौ आकाससम्म रहेको छ भने यसको उचाइले सातौ आकाशलाई छोएको छ। यसका पात हातीका कान जत्रा छन् भने यसको फल कुनै ठुलो घैटो जत्रै रहेको छ यसमा सुनौला पुतलीहरु घुम्ने गर्द छन्। 

यो वृक्ष जन्नत (स्वर्ग) भन्दा बाहिर रहेको छ। रसूल अल्लाह सल्लल्लाहु अलैही व सल्लमले  जिब्राइल अलैहीसलामलाइ यो वृक्षको अगाडी उनको असली अनुहारमा दुइ(२) चोटी देख्नु भएको थियो। तेस्तै रसूल अल्लाह सल्लल्लाहु अलैही व सल्लमले  जिब्राइल अलैहीसलामलाइ पहिलो पटक उनको असली अनुहारमा मक्का मुकर्रमाको मकाम ए अजीद भन्ने ठाउमा देख्नु भएको थियो। 


४-हुरे ईन को हुन्?

हुरे ईन जन्नत(स्वर्ग)मा मोमिनहरुका श्रीमती हुने छन्। यीनीहरु न मानव हुन् न जिन हुन् नत फरिस्ता हरुनै 

अल्लाह पाकले यीनीहरुलाई अलगै बनाउनु भयको छ। यीनीहरु यति सुन्दर हुने छन् कि यदि कुनै एक हुरे ईनले एक झलक मात्र पनि यो धर्तीमा हेर्ने हो भने पुर्व देखि पश्चिम सम्म पुरै  उज्यालो हुने छ। 

हुर अरबी शब्द हो र हूर इन हुर शब्दको बहुवचन हो। यसको अर्थ ठुला ठुला आखा भएका हुन् आउछ। 


५-विलदान मुख़लदून को हुन् ?

विलदान मुख़लदून जन्नत (स्वर्ग) बासिका निम्ति एक खादीम (सेवक) हुन् यीनी न त् कुनै मानव हुन् न त् कुनै जिन न कुनै फरिस्ता नै हुन् 

यीनलाई अल्लाह पाकले जन्नत(स्वर्ग) वासीको सेवाका निम्ति अलगै बनाउनु भयको हो। यी सदैव एकै उमेरमा रही रहने छन् अर्थात सदैव बच्चानै रही रहने छन् तेसैले नै यीनलाई विलदान मुख़लदून भनिएको हो। सबै भन्दा तल्लो श्रेणीका जन्नत्तिलाइ १०(दस) हजार विलदान मुख़लदून प्राप्त हुने छ। 


६-अरफ़ा के हो ?

अरफ़ा जन्नतको बाहिर रहेको त्यो खुल्ला चौडाई भयको ठाउँलाइ भनिन्छ। जहा असल चरित्र भयका ति वेक्ती तथा खराब आचरणका ति वेक्ती दुवै रहने छन। धेरै समयसम्म यीनीहरु यहा रहने छन र अल्लाह पाकको कृपाको प्रतीक्षा गर्ने छन् कि एक चोटी अवस्य अल्लाह पाकले जन्नत (स्वर्ग) प्रवेस गराउने छन् भनि 

यहाँ पनि यीनीहरुलाई खान-पिउन दिइने छ र अल्लाह पाकको कृपाले यीनीहरु जन्नत (स्वर्ग) जाने छन। 


७-कयामत (महा-प्रलय) का दिनहरु कतिका लामा र कतिका चौडा हुने छन्?

कयामतका दिन हरु हाम्रा यस धर्तिका पचास हजार बर्ष बराबर एक दिन हुने छ। 

जस्तै कि कुर-आन मजिदमा अल्लाह पाकले भन्नु हुन्छ। 

'' और बेशक तुम्हारे रबके यहाँ एक दिन येसा है जैसे तुम लोगो के गिन्तिमे हजार दिन ' 

surah al hajj 22 47 kanzul iman

हज़रत इब्ने अब्बास رضي الله عنه बाट वर्णन गरियको छ कि 'कयामतका ५० खण्ड छन् र हरेक खण्ड एक हजार बर्षको हुने छ। हज़रत आयशा رضی اللہ عنھاले रसुल अल्लाह صلى الله عليه وسلم संग सोध्नु भयो 'या रसुल अल्लाह صلى الله عليه وسلم  यो भूमि र आकाश परिवर्तन भएपछि हामी कहाँ हुनेछौं"?

तपाइँ صلى الله عليه وسلم ले भन्नु भयो 

"तब हामी पुल सिरातमा हुनेछौं, त्यहाँ केवल तीन स्थानहरू हुनेछ जब पूल पार हुन्छ

१-.जह्नम

२. -स्वर्ग

३-पुल सिरात”

रसुलअल्लाह صلى الله عليه وسلم ले वर्णन गर्नु हुन्छ :सबै भन्दा पहिले म अनि मेरा उम्मतिहरु पुल-सिरातलाइ पार गर्ने छन् :

पुल-सिरातको वर्णन 

 कयामत (महा-प्रलय)का दिन जब विद्यमान आकाश र भूमि परिवर्तन हुनेछ र पुल-सिरात को माध्यम बाट पार गर्न को लागी, त्यहाँ केवल दुई ठाउँ हुने छन् जन्नत (स्वर्ग) र जह्न्नम (नर्ग) 

जन्नत (स्वर्ग)मा पुग्नका निम्ति अनिवार्य जहन्नमको माथिबाट हिड्नु पर्ने हुन्छ। जहन्नमको माथि एउटा पुल निर्माण गरिने छ जुन पुललाई अलसिरात ' भनिने छ। जब यो पुललाई पार गरिने छ तब मात्र जन्नत(स्वर्ग) को ढोकामा पुगिने छ। जहाँ नबि ए करीम صلى الله عليه وسلم अहले जन्नतलाइ स्वागत गर्ने छन। 

पुल-सिरातका गुणहरु 

१-कपाल भन्दा पातलो हुने छ 

२-तलवार भन्दा धारिलो हुने छ 

३-निक्कै अँध्यारोमा हुने छ 

जसको तल गहिराइमा  जहन्नम(नर्ग) पनि घनघोर अँधेरोमा रहेको हुने छ।जुन धेरै रापिलो अनि निक्कै भयानक हुने छ। 

४-गुनाह्गार (पापी)हरु को पाप यो पुलबाट हिडने बेला उसका ढाडमा राखिने छ यदि उसका पाप धेरै छ भने यो पुलबाट हिडने रफ्तार ढिलो हुने छ। 

'अल्लाह पाक हामीलाई हाम्रो गुनाह बाट हल्का बनाउन जसले गर्दा पुल-सिरातमा हिडन हलुको होस  आमिन 

५-गुनेहगार (पापी)हरु को खराब आचरण अनि बेमानिका कारणले यीनीहरु यो पुल पार गर्न असमर्थ हुने छ जब यीनीहरु पुलमा आफ्नो खुट्टा राख्ने छन् पुलबाट यसरि काटीने छन् मानौ यी मानव नभई कुनै आलु-मुला हुन् जब यी त्यो भयानक अँध्यारोमा पुग्ने छन् त्यहा एकदम कोलाहल,चिच्याहट र एक प्रकारको रोधन जसलाई सुनी बाकिका अहले महसरको आत्मा सम्म डरले काप्ने छ कि कतै मेरो पनि यहि अवस्था (हसर) न होस् भनि। 

 रसूल अल्लाह صلى الله عليه وسلم पुल-सिरातको पारि जन्नत(स्वर्ग)को बाहिर ढोकामा हामी गुनेहगारको निम्ति अल्लाह पाकसंग अनुरोध गर्नु हुन्छ  “या रब्बी सल्लिम, या रब्बि सल्लिम” 

हामी पनि वहा प्रति सलाम पढौ “अल्लाहुम्मा सल्ली व सल्लिम अलल हबीब मुहम्मद”

अहले मेहसर आफ्ना आखाले ति दृश्य देखि रहेका हुने छन् जसमा पापी काटिएर जहन्नममा जाने छन असल आचरणका सिरात पार गरि जन्नत भित्र छिरेका यहाँ कुनै नाता-रिस्ताको महत्व हुने छैन सबलाई केवल आफ्नो आमाल (आचरण) र हिसाबको ख्याल हुने छ न-आमाले छोरालाई चिन्ने छिन न-छोराले आमा चिन्ने छ। 

रिवायातमा उल्लेख गरियको छ कि हज़रत आएशा रज़िले कयामतलाइ सम्झिदै रुन लाग्नु भयो जब हजुर पुर् नूर صلى الله عليه وسلم ले वहालाई यो अवस्थामा देख्नु भयो र सोध्नु भयो :ए आइशा के भयो ?:

 हज़रत आएशा रज़ि भन्नु हुन्छ' या रसुल अल्लाह صلى الله عليه وسلم मलाइ कयामत याद आयो के त्यहा हामि आफ्ना आमा-बुबालाई याद गर्ने छौ ?

के हामि त्यहा आफ्ना प्रिय-जनहरुलाई याद गर्ने छौ ?'

रसुल अल्लाह صلى الله عليه وسلمले भन्नु भयो 'हो सम्झिने छौ तर तीन येस्ता ठाउ छन् जहा हामि कसैलाई सम्झिने छैनौ '

१-जब कसैको आमाल(आचरण) जोखिने छ 

२-जब आ-आफ्नो नाम ए आमाल लाइ दिइने छ 

३-जब पुल-सिरातमा हुने छन् 


प्रिय इस्लामिक दाजु-भाइहरु यो दुनिया एउटा फितनाको जड हो यहाँ हरेक दिन केहि न केहि नया फितना फर्शाद जन्मिनै रहेका छन् जब सम्म हामि यो फानी(ध्वस्त)संसारमा छौ हरेक दिन समस्या अनि दुख भोगिने रहेका छौ हामि यहा केवल केहि समयका मात्र पाहुना हौ जसलाई अल्लाह पाकले निश्चित समयका निम्ति यो संसारमा परिक्षा दिन पठाएको हो अब उक्त परिक्षामा आफ्नो  असल आचरण बनाइ पूर्ण-अंक ल्याई जन्नत को सबै भन्दा श्रेष्ठ ठाउमा जाने कि खराब आचरण अनि अल्लाह पाकको नाफर्मानी गरि जीरो-अंक ल्याई जहन्नमको त्यो भयावह अनि कहाली लाग्दो अँधेरो ठाउमा आफ्नो गन्तब्य बनाउने त्यो तपाइँको आफ्नै हातमा रहेको छ। . 

मेरो दुवा सम्पूर्ण इस्लामिक दाजु-भाइ लगायत दिदि-बहिनि यो फानी संसारको मोह-माया बाट टाडा राख्दै सबैलाई अल्लाह पाकle 
भित्रि-हृदयबाट नै असल कार्य। धेरै इबादत र राम्रो आचरण भयको बनाउन आमिन 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search