[Latest News][6]

10

Translate

हरेक प्राणीलाई मृत्युको स्वाद चाख्नु छ





- كُلُّ نَفْسٍ ذَآئِقَةُ الْمَوْت. हरेक प्राणीलाई मृत्युको स्वाद चाख्नु छ 


जब सास(प्राण ) निस्कन्छ मान्छेको मुख खुल्ला हुन्छ ओठ हरु एक-आपसमा जोडिएका हुदैनन........... सास(प्राण) खुट्टाको औलाहरुबाट निकालिएर माथि सर्दै सर्दै जाने छ (अल्लाहू अकबर) जब मुटु अनि फोक्शोसम्म सास खिचिने छ तस्पस्चात मानिसको सासको गति बाहिरी तर्फमात्र चल्ने छ यो त्यो समय हुने छ जसमा एक पलको लागि मान्छेले सैतान अनि फरिस्ताको संसारलाइ आफ्नो आखा अगाढी देख्ने छ सैतान एक ठाउँबाट त्यो मान्छेको कानमा केहि गलत सुझाब दिने छ भने अर्को ठाउँबाट उसको जिब्रोले (उसले गरेको असल कार्यहरुको अनुसार ) कुनै शब्द बोल्ने प्रयेत्न गर्दछ
यदी मानिस नेक(असल) चरित्रको छ भने उसको दिमागले उसको जिब्रोलाइ कल्मा ए शहादत पढने निर्देशन दिने छ यदी मान्छे काफिर मुस्रिक छ भने उसको दिमाग सुन्न हुने छ केहि सोच्ने सम्झने सक्ने छैन एउटा अत्यासमय पूर्ण वातावरण हुने छ जसको नतिजा यो निस्कन्छ कि त्यो वेक्ती सजिलै संग सैतान को कुरामा लाग्ने छ (अल्लाहू अकबर) यो क्रिया यती चाडो हुने छ कि दिमागले दुनिया का अरु कुनै पनि फाल्तु कुरा सम्झने फुर्सत पाउदैन
मानिसको सास(प्राण)निस्कदा निक्कै दुख र गार्हो हुने छ तर उ तडपिएर आफ्नो सरिरका कुनै अंगलाइ हल्लाउन सक्ने छैन उसका मस्तिष्क बाहेक शरीरका पुरै सास (प्रण) उसको घाटीमा जम्मा हुनेछ र सरिर केवल मासुको एउटा ढिक्को मात्र हुनेछ जसमा कुनै किसिम को हलचल हुनेछैन अन्त्यमा मस्तिष्कबाट पनि सास(प्रण) निकालिने छ आखाले सास(प्राण) लिएर गएको हेर्ने छ यसले गर्दा नै आखाका नानिहरु माथि तिर भएको देखिने छ या जुन दिशाबाट फरिस्ताहरुले सास(प्राण) लिएर गएका देखने छन् तेही दिशामा आखा का नानि फर्केका हुने छन् यसपछि मृतकको त्यो यात्रा सुरुहुने छ जसमा सासले(प्राण) अप्ठ्यारोको बन्द कोठा देखि आरामको ठुला ठुला महल को महसुस गर्ने छ जस्तै कि उसलाई प्रतिज्ञा गरिएको थियो .....जो यो संसारबाट गयो उ कहिले फर्की आउने छैन मात्र यसको लागि कि उसको सास(प्राण) आलम ए बर्ज़खमा (मृत्यु पछी कबर भित्र कयामत सम्म वेतित या बिताउने समय ) त्यो समय सम्मको को प्रतीक्षा गरिरहेको हुने छ जसमा उसको असली ठेगाना दीइने छैन यो दुनियामा लामो लाग्ने समय ति रूह (आत्मा) हरुको लागि केवल केहि सेकेन्ड को मात्र हुने छ चाहे कुनै करोडौं बर्ष पहिले नै किन न मरेको होस्
मोमिन(असल मुसलमान हरु) को सास(प्राण) येसरी निकालिने छ मानौ कि रोटि बनाउन मुछेको मैदाबाट कपाल को रौ निकेले जस्तै र गुनाह्गार (पापी) हरु को सास(प्राण) येसरी निकालिने छ जस्तै काँडा भएको झाड़ीबाट कुनै सुतीको कपडालाइ तानी तानी निकाल्नु
यो संसारमा जति पनि प्राणी रहेका छन् हरेकको एक दिन मृत्यु निश्चित रहेको छ कुनै हामी भन्दा अगाडी गए भने कोहि हामी भन्दा पछाडी जाने छन संसार केवल हाम्रो निम्ति एउटा परिक्षा केन्द भन्दा बढी केहि होइन हामी यहा अल्लाह पाकको ति आज्ञालाइ पालना गर्न आएका हौ जसलाई अल्लाह पाकले कुर-आन मजिद्मा हाम्रा असल चरित्रका निम्ति वर्णन गर्नु भएको छ संसारिक भौतिक बस्तु केवल यही सम्म रहने छन् चाहे तिमि अरबौ या खरबौ जम्मा गर तर जब तिम्रो अन्तेष्टी गरिने छ तिम्रो शरीरमा केवल एउटा कात्रो(कफन) भन्दा बढी केहि हुने छैन खै कहा गए ति अरबौ र खरबौका तिम्रा सम्पति अनि कहाँ गए ति तिम्रा हितैषी मित्र जसले तिम्रा हरेक पाइलामा साथ् दिने गर्थे जब जीवनको अन्ते हुनेछ नितान्त एक्लै कालो कबरमा आफ्नो हिसाब किताब भन्दा बाहेक केहि हुने छैन यदि संसारमा तिमीले अल्लाह पाकको आज्ञालाई मानेका छौ भने तेसले नै त्यो अँध्यारो कबरमा तिमीलाई उज्यालो प्रदान गर्दै तिम्रा हरेक दुखलाई छेक्ने छ यदि संसारमा भुली अल्लाह पाकका आज्ञालाई भुलेउ भने कबरमा पनि सबै चिजले तिमीलाई भुली पिडा दुख अनि सजाय भन्दा बढी केहि रहने छैन अल्लाह त् आला हामि सबैलाई मृत्युको समय मा कल्मा ए शहादत पढने मौका प्रदान गरुन सजिलो संग हाम्रो सास(प्राण) निकालून नबे ए करीम (सल्लाहू अलेही वोसल्लम) को दिदार गराउन आमिन सुम्मा आमिन

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search