[Latest News][6]

10

Translate

🐪🐪कुर्बानीको महत्व🐄🐄

कुर्बानी धन खर्चेर गरिने एउटा पुण्य (इबादत्) हो जो मालिके निशाब(त्यो वेक्ती जो संग शरियेतले भने बमोजिम धन पुगेको होस् ) प्रति कुर्बानी गर्नु वाजिब(अनिवार्य) हुन्छ
बिशेष पशुलाई बिशेष दिन(जिल्हिज्जा को १०.११.१२ का दिनहरु )मा अल्लाह अज्ज़वज़लको रिजा(मन्जुरी)साथै पुण्य प्राप्तिका लागि गरिने जब्ह(वध) नै कुर्बानी हो   
   कुरबानी हज़रत ए इब्राहीम علیہ السلام को सुन्नत हो जसलाई हाम्रा (उम्मत ए मुहम्मद) का निम्ति बाकि राखियो 
कुर्बानी क-कस प्रति वाजिब(अनिवार्य) छ ?
कुर्बानी हरेक आकिल(समझदार दिमागी हालत दुरुस्त भएको )
बालिग(शरियेत को अनुसार इबादत गर्ने उमेर पुगेका वेक्ती )
मुकिम (रैथाने,आफ्नै ठाउमा रहेका)
मुसलमान लोग्नेमान्छे आइमाई जो मालिके निसाब छन् उनिहरु प्रति कुर्बानी गर्नु वाजिब(अनिवार्य ) छ
याद राखौ हरेक मालिके निसाब यानी जो संग ५२.५ तोला चादी या ७.५ तोला सुन या यी मध्य कुनै १ बस्तुको तुलनामा रकम मौजुद छ भने हरेक आइमाई या लोग्नेमान्छे प्रति कुर्बानी गर्नु वाजिब छ
कुर्बानी गरिने पशु हरुको उमेर कति हुनुपर्छ ?
कुर्बानी गरिने पशु हरुको उमेरहरु जस्तै :
उठ -५ बर्ष पुगेका
गाइ ,भैसी राँगा- २ बर्ष पुगेका
खसी बोका बाख्रा- १ बर्ष पुगेका
यदी यो उमेर भन्दाका कम उमेरका पशु लाइ कुर्बानी गरियो भने जायेज(वैध) मानिने छैन तर यो उमेर भन्दा केहि बढी छन् भने अफजल(उत्तम) हुने छन्
यी पशुहरुको कुर्बानी मान्य हुने छैन्न
१-एक या दुइ कान नभएका
२-काना(आखा नदेख्ने )भएका
३-यस्ता लंगडो(अपांग) जुन आफ्ना खुट्टाले हिडेर कुर्बानी गाह(वध गरिने ठाउँ ) सम्म पुग्न सक्दैन
४-यस्ता बिमारी जुन बाहिरबाटै देखिन्छ
५-सिङ्ग जरै देखि भाचिएको(तर जन्म जात नपालाएको चाहि होइन)
६-यस्ता पागल पशु जुन चरण गर्न सक्दैन् यति कमजोर छ कि उसका हड्डी हरु देखिदैछन जसले गर्दा पशु उठन सम्म सक्दैन
७-जंगली जनवार हरु जस्तै नीलगाय जंगली बाख्रो आदि
८-खुन्सा(आइमाई लोग्नेमान्छे दुबैको निशानी भएको )
९-कान पुच्छरहरु एक तिहाइ भन्दा बढी काटिएको
१०-नाक काटिएको या दांत नभएका(दांत झरेका)
११-थन काटिएका या सुकेका(बाख्रामा एउटा थन सुकेको अनि भैसिमा दुइटा थन सुकेको )आदि पशुहरुमा कुर्बानी गर्न मनाही गरिएको छ
हाम्रो समाज अनि गाउ घरमा एउटा अनौठो चलन छ कि घर बाट घर-मुलीले एउटा कुर्बानी गर्यो भने समस्त घरका जहान हरुको कुर्बानी हुनेछ भनि तर यो गलत हो शरियेत यो भन्छ कि घरमा जति साहिबे निशाब(यसको खुलस्त माथि उल्लख गरिएको छ )सबैले आ-आफ्नो जिम्मा को कुर्बानी गर्नु वाजिब(अनिवार्य) छ
मात्र कुर्बानी को गोस्त(मासु) खाने नियेतले(मनसाय) कसैले कुर्बानी गर्छ भने उसले आफु लगाएत अरुको पनि कुर्बानी लाइ खराब गराउछ
जसले बद-मजहब संग साझेदारी गरि कुर्बानी गर्छ उसले पनि सबै सदस्यको कुर्बानीलाइ खराब या बर्बाद गर्दछ
अक्सर बिबाहित महिला प्रति कुर्बानी वाजिब हुन्छ किनकी उनीहरु संग भएका गर-गहना हरुले उनीहरुलाई मालिके निसाब बनाउद छ तर यो सोच उनीहरुले राख्दैनन्
जसले कुर्बानी गर्न सक्दैन (गरिबहरु) तिनीहरुले जिल्हिज्जाको चन्द्र(चांद) देखिदा इद ए कुर्बानी सम्म आफ्नो कपाल नंग नकाटी बस्दा इन्शाल्लाह उसले कुर्बानी को सवाब पाउने छ (मिरातुल मिनहज २-३७०)
एउटा जरुरि कुरा
यदी कुनै इस्लामिक भाइहरुले अरु कसैको हातबाट(आलिम या कुनै जानकार इस्लामिक भाइहरु) पशु जब्ह गराउ छन भने कुर्बानी गराउने भाइ हरुले पनि छुरिमा हात राखी बिस्मिल्लाह पढ्नु वाजिब हुने छ अन्येथा कुर्बानी हुने छैन
समस्त इस्लामिक भाइ हरु आउनुस रिजा ए इलाही को लागि यो कुरा सम्पूर्ण इस्मामिक दाजु -भाइहरुमाझ साझा गरौ

(कृपया कुनै पनि बिधुतिय संजालमा कुर्बानी गरिन लागियको या गरि रहेको अथवा गरेपछि को तस्बिर हरु शाझा न-गरौ न गर्ने सल्लाह दिउ )

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search