[Latest News][6]

10

Translate

आमा बुवाको सेवा को प्रतिफल (लेखक:खालिद सैफुल्लाह अज्हरी ) हाल अजहर

*हज़रत ओवैस करनी रहिमुललाह को जिवनको यस्तो क्षण जस्लाई पढेर शायद तपाईं आंखा बाट आंसू रोकन सक्नु हुन्न।*
*हज़रत ओवैस करनी नबी-ए करिम ﷺ को ज़ियारत गर्न सक्नु भएन तर मनमा भने चाहना धेरै थियो कि नबी-ए करिम ﷺ को जियारत गरौ तर हज़रत ओवैस करनी को घरमा बुढी आमा हुनु हुन्थ्यो उहाको सेवा ले हुज़ूर नबी-ए करिम ﷺ. को जियारत गर्न बाट बन्चित हुनु भयो उता *नबी-ए करिम ﷺ यमन तिर फर्केर भन्नु हुन्थ्यो मलाई यमन बाट मेरो प्रिय मित्रको खुशबु आउदैछ।
एक सहाबी रज़ियल्लाहु अन्हु ले प्रश्न गर्नु भयो य़ा रसुलल्लाह ﷺ तपाईं उहा संग यति धेरै माया गर्नु हुन्छ तर उहा आज सम्म तपाईं लाई भेटन आउनु भएको छैन? तब नबि-ए करिम ﷺ ले भन्नू भयो उहाको घरमा बुढी आमा हुनु हुनछ जस्को आंखामा रोशनी छैन ओवैस करनी उहाको एकमात्र सहाराहो जस्कारण ओवैस आफ्नी आमा लाई एकलै छोडेर आउन सक्दैन ।
प्यारे आका ﷺ ले हजरत उमर र हज़रत अली रज़ियल्लाहू अन्हुमा तिर मुखातिब हुदै भन्नु भयो तपाईं हरुको पालोमा एक ओवैस बिन आमिर कद दर्मियानी नामक व्यक्ति यहां आउने छ जो कालो रंगको शरिरमा एक सेतो दाग हुनेछ।
जब उहा आउनु हुन्छ तपाईंहरु उहा संग मेरो उम्मतका लागी दुआ गराउनु किन भने ओवैस करनीले आफ्नो आमाको सेवा यसरी गर्नु भएको छ कि जब जब उहा दुआको लागी हात उठाउनु हुनेछ अल्लाह عزوجل उहाको दुआ लाई रद गर्नु हुने छैन।

हजरत उमर रज़ियल्लाहु अन्हु दस वर्ष खलीफा रहनु भयो अर्थात दस वर्ष सम्म हुकुमत चलाउनु भयो हरेक वर्ष हज गर्नू भयो हरेक पटक ओवैस करनी लाई खोज्नु भयो तर उहा भेटिनु भएन तब एक पटक हजरत उमर रज़ियल्लाहु अन्हु ले सबै हाजिहरु लाई. मैदान अराफातमा जम्मा गरेर भन्नु भयो यमन बाट हज गर्न आउनु भएका हाजी हरु उभिनुस फेरी भन्नु भयो यमनको कर्न बस्ती बाट आउनु भएका हजि बहेक सबै जना बस्नुहोस भनी आग्रह गर्नु भयो तब एक जना मात्र उभिनु भएको थियो तब हज़रत उमर अल्लाह रज़िअल्लाहु तआला अन्हु ले सोध्नु भयो के तपाईं कर्न बाट आउनु भएको हो जवाब दिनु भयो जि म यमनको कर्न बस्ती बाट आएको हुं सोध्नु भयो ओवैस करनी लाई चिन्नु हुन्छ? हं म चिन्दछु उनी मेरो आफ्नै भतिजा हुन सोध्नु भयो ओवैस कहां हुनु हुन्छ? ओवैस यतै अराफातमा उट चराउन गएको छ।हजरत उमर ले हज़रत अली रज़ियल्लाहु अन्हु लाई साथमा लियर ओवैस गएको बटो जानु भयो केही अगाडी पुगे पछी देख्नु भयो कि एक रुखको छाया मुनि ओवैस करनी नमाज पढ्दै हुनु हुन्थ्यो।

दुबै जना ओवैस करनीको नमाज पुरा हुने प्रतिक्षा गरेर बस्नु भयो जब ओवैस करनी ले सलाम फेरे पछी हज़रत उमर रज़िअल्लाह तआला अन्हुले सोध्नु भयो के तपाईं को नाम ओवैस करनी हो?
  हज़रत ओवैस करनीले सोध्नु भयो तपाईंको परिचय?हज़रत अली रज़िअल्लाह तआला अन्हु ले भन्नु भयो उहां अमीरुल मोमेनीन उमर बिन खत्ताब र म अली बिन अबी तालिब।

हज़रत ओवैस यति सुन्नासा भन्नु भयो सरकार मलाई माफ गर्नु होला पहिला चिन्न सकिन म पहिलो पटक हजको लागी आएको हजरत उमर रज़ियल्लाहु अन्हु ले भन्नु भयो के हजुर को नाम ओवैस करनी हो? जी म ओवैस हूँ।

उमर रज़ियल्लाहु अन्हु ले भन्नु भयो आफ्नो हत उठाएर हामी सबै उम्मतका लागी दुआ गरिदिनु भनी अनुरूप गर्नु भयो तब ओवैस करनी ले आखा भरी आंसु बनाउदै भन्नु भयो तपाईं सरदार म तपाईं को नौकर मकसरि दुआ गर्न सक्छु तब हज़रत उमर रज़िअल्लाह तआला अन्हु ले भन्नु भयो कि हाँ हम्रो आका ﷺ को आदेश थियो कि हुक्म था कि ओवैस जब भी आए तो दुआ करवाना।

तब हज़रत ओवैस करनी ले ने दुआको लागी हात उठाउनु भयो र दुआ माग्नु भयो
सरकार ﷺ ले भन्नु भयो कि जब कयामत को दिन मानिसहरु जन्नत जानेछन तब ओवैस करनि पनि जन्नत जनेछन तर ओवैस ला जन्नतको ढोकामा रोकेर ओवैस संग भन्नु हुनेछ ओवैस एक पटक पछाडी फर्केर जहन्नम तिर हेर ति सबै जहन्नुमी हुन मलाई तिम्रो एक नेकी ले खुशी बनायो त्यसैने तिमी जन्नत जादै छौ
त्यो नेक काम हो तिमी ले आफ्नी आमा लाई गरेको सेवा
लेखक:खालिद सैफुल्लाह अज्हरी 

आफ्नो आमा बुबाको सधै सेवा गरौ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

अहले सुन्नत व-जमात-कास्की,नेपाल . Powered by Blogger.

Search This Blog

हामीलाई अनुसरण गर्नुहोस्

Start typing and press Enter to search